स्थापना दिवसमा २४ जनाले गरे रक्तदान
असार ८, २०८२, आइतबार | राति ०७:२४ बजे | 40
सागर गुरागाईं
मध्यपुर थिमि । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । संघको १६ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा २० पुरुष र ४ महिला सहित २४ जनाले रक्तदान गरेको संघका अध्यक्ष रामप्रसाद खर्बुजाले जानकारी दिनुभयो । संघको सामाजिक दायित्व अन्तर्गत विगत वर्षहरुमा झैं यसवर्ष पनि मध्यपुर थिमि नगरपालिकाको बालकुमारी मन्दिर परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष खर्बुजाले बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको प्राविधिक सहयोग र ठिमी जेसीज्, युनिभर्सल ग्रुप, मनकामना ग्रुप, पलिस्था पुचः, मध्यपुर योग साधना केन्द्र, मध्यपुर थिमि नपा ४ युवा क्लब, फ्रेस ब्लड सर्कलको सहयोगका साथै स्थानीय स्काउट कार्यालय मध्यपुर थिमिले स्वयम् सेवकको रुपमा उक्त रक्तदानमा सहयोग गरेको आयोजकले जानकारी दिएको छ । १८ वर्ष पुरा भएका प्रत्येक स्वस्थ व्यक्तिले तीन=तीन महिनामा रक्तदान गर्न सकिने जनचेतनामुलक सन्देश सहित रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका संस्थापक अध्यक्ष एवं समाजसेवी न्हुछेरत्न मानन्धर, संघका पूर्व अध्यक्षहरु दिनेश चुल्याद्यो लगायतको उपस्थितिमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । एक प्रिन्ट रगतको अभावमा कुनैपनि विरामीको शल्यक्रिया रोकिने र बिरामीको मृत्यु हुने खतराबाट बच्न पनि समयसमयमा खुल्ला रक्तदान गर्नुपर्ने आवश्यकताबारे प्रष्ट पार्दै आयोजक संस्था भक्तपुरका अध्यक्ष राम प्रसाद खर्बुजाले प्रत्येक ३ महिनापछि हाम्रो शरीरमा पुराना रक्तकोषहरु नष्ट भएर फेरि नयाँ रक्तकोषहरु उत्पादन हुने तथ्य समेत जानकारी दिनुभयो ।