विद्युतीय सामग्री व्यवसायी संघको स्थापना दिवसमा रक्तदान


असार ७, २०८२, शनिबार | राति ०७:२६ बजे | 45


विद्युतीय सामग्री व्यवसायी संघको स्थापना दिवसमा रक्तदान

मध्यपुर थिमि । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १६ औं स्थापना दिवसको अवसरमा शनिबार मध्यपुर थिमिमा खुला रक्तदान कार्यक्रमको आयोजना भएको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रम भएको हो । कार्यक्रममा झण्डै दुई दर्जन जनाले रक्तदान गरेका थिए । उनीहरुलाई प्रमाणपत्र पति वितरण गरेको थियो । 

Comments