अन्तरक्रिया कार्यक्रम सम्पन्न


असार ७, २०८२, शनिबार | साँझ ०५:२७ बजे | 65


अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर । उद्योग तथा बाणिज्य कार्यालयको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत स्थानीय निकायहरुसँग उद्योग तथा व्यवशाय सम्वन्धि प्रशासनको नियमन सम्बन्धमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री गोपाल प्रसाद अर्यालज्यूको प्रमुख आतिथ्यतामा सम्पन भयो । 
सो कार्यक्रममा आयोजक उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले उद्योग तथा बाणिज्य कार्यालयले यो आर्थिक बर्ष भित्र गरेका विभिन्न क्रियाकलापहरु तथा उद्योग दर्ता नविकरण खारेजी सम्वन्धि जानकारी गराउँदै उद्योग दर्ता गर्न आउँदा सेवा ग्राहीले ब्यक्त गरेका गुनासाहरुबारे जानकरी गराउँदै सो गुनासाहरु सम्पुर्ण पालिका र कार्यालय बसि समाधान गर्न पहल गर्नुपर्ने बताउनु भयो ।
सो अन्तरक्रिया कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्री श्यामसुन्दर श्रेष्ठले साना उद्यमी व्यवशायीहरुलाई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गर्न नविकरण गर्न तथा स्थानीय निकायहरुको राजश्व परामर्श समितिमा रही रचनात्मक सुझाव दिन्दै आईरहेको जानकारी गराउँदै बजार अनुगमन पनि सहभागी भई उद्यमी व्यवशायीहरुलाई सचेतना गराई रहेको बताउनु भयो । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष मनोज थापाले उद्योग तथा बाणिज्यको बजेट उत्पादन सँग जोड्नु पर्ने सनचाँदीका सामाग्री बनाउने स्थानीय जनतालाई तालिम दिई दक्ष कालिगढ तयार गर्नुपर्ने अनुगमन नाममा उद्यमी व्यवशायीलाई हत्तोसाहित नगरी सचेतनामूलक कार्यक्रम गरी बजार अनुगमन गर्नुपर्ने साथै यो बर्ष अधिक बर्षा भई प्राकृतिक प्रकोप हुन सक्नेन प्रक्ष्यपण गरेको कारण प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तत्कालै चारैवटा पालिकाहरुसँग बैठक गरी क्षति न्युनिकरणको लागि प्रयास गर्नुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारले भक्तपुरमा करिव १७८ जना भन्दा बढी पत्रकारहरु क्रियाशिल भएको र सन्चार क्षेत्रलाई पनि प्रदेश औद्योगिक व्यवशाय ऐनले उद्योग सरह मान्यता प्रदान गरेको कारण पत्रकारहरुलाई पनि समय समयमा अभिमुखिकरण क्षमता अभिबृद्धिको तालिम दिनुका साथै उद्योग तथा बाणिज्य कार्यालयका दर्ता भएका संचार उद्योगलाई निःशुल्क रुपमा दर्ता नविकरण गर्ने प्रावधान गर्नुपर्ने बताउनु हुन्दै विभिन्न पालिकाकाहरुले गरिने बजार अनुगमनमा पनि पत्रकार महासंघ सदैव साथ र सहयोग गर्दै आईरहेको जानकारी गराउनु भयो ।किराना तथा खाद्य व्यवशायी संघ भक्तपुरका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद चवालले अनुगमनको नाममा एउटै उद्योग तथा व्यवशायमा तीनै तहबाट अनुगमन गरिदिन्दा उद्यमी व्यवशायी पलायन हुन सक्ने नापतौलको डोर स्थानीय निकायले नै व्यवस्था गर्नुपर्ने खाद्य अनुज्ञा पत्र स्थानीय निकायबाटै दिने व्यवस्था गर्नुपर्ने उद्योग दर्ता एकद्धार प्रणालिबाटमात्र हुनु पर्ने सम्पुर्ण पालिकामा करको दरमा एकरुपता ल्याउनु पर्ने व्यवशायले तिरेको करको केही प्रतिसत रकम सम्बन्धित उद्योग तथा व्यवशाय प्रसर्द्धनमा लगानी गर्नपर्ने बताउनु भयो ।
कार्यक्रममा सुयविनायक नगरपलिकाका प्रतिनिधि लोकनाथ बरालले प्रादेशिक औद्योगित ऐनले व्यवस्था गरेका उद्योगहरुलाई स्थानीय निकायलाई नै हस्तान्तरण गर्नुपर्ने रुण्ग उद्योग पहिचान गरी पुनः संचालन गर्न बजेटको व्यवस्था गर्नुपर्ने र साना उद्यमीहरुलाई सरल कर्जाको व्यवस्था हुनुपर्ने एक स्थानीय निकाए एक औद्योगिक ग्रामको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । 
भक्तपुर नगरपालिकाका कर अधिकृत प्रभाव चालिसेले भक्तपुर नगरपालिकाले करको दर निर्धारण गर्दा अन्य पालिकाको कर सम्बन्धि अध्ययन गरी मितव्ययता अनुसारमात्र कर लगाए पनि साना उद्यमी व्यवशायीलाई करको दोहोरो मार परेको हुन्दा यस्को लागि प्रदेश सरकारले नै नितिगत रुपमा निर्णय गर्नु पर्ने बताउनु भयो ।त्यसैगरी चाँगुनारायण नगरपालिकाका प्रतिनिधि गोकुल थापाले रु १० लाखसम्मको पुजीँ भएको उद्योग व्यवशायको दर्ता वडामा नै गर्ने व्यवस्था गरेको र चाँगुमा नियमित बजार अनुगमन हुन नसकेको बताउनु भयो । त्यसैगरी भक्तपुर नगरपालिकाका स्यानेटेशन शाखाका प्रमुख एव बजार अनुगमन समितिका सदस्य दिलिप सुवालले भक्तपुर नगरपालिकाले प्रत्येक महिनाको ४ दिन बजार अनुगमन गरिरहेको र कहिले काही आकस्मिक रुपमा पनि बजार अनुगमन गरी रहेको बताउनु हुन्दै बजार अनुगमन गर्दा सचेतना दिने उद्देश्यले नै गरेको र पटक पटक कैफियत भएमामात्र कानुमी कारवाही गरेको बताउनु हुन्दै बजार अनुगमन जाँदा अखाद्य बस्तु मिसाएको पटक पटक प्रयोग गरेको तेल प्रयोग गरेको र फलफुलमा विषादी प्रयोग गरेको भएतापनि नगरपालिका सँग ती कुराको परिक्षण गर्ने उपकरण एव प्राविधिक नहुन्दा चाहेरपनि त्यस्ता उद्यमी व्यवशायीलाई कारवाही गर्न नसकेको बताउनु भयो ।साथै उद्यमी व्यवशायीहरुको सहुलियतको लागि भक्तपुर नगरपालिकाले समय समयमा नापतौलको डोर भक्तपुरमा  संचालन गरेको बताउनु भयो।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका पुर्व अध्यक्ष एव गो लोकल कार्यक्रमका संयोजक विरेन्द्र जतिले हालै सार्वजनिक गरेको बागमति प्रदेशको कुल ग्राहस्थ उत्पादनमा उद्योग तर्फको योगदान ११ प्रतिशत रहेकोमा ११ प्रतिशत भित्र साना उद्योगको योगदान ९० प्रतिशत भएतापनि यो बर्षको बजेटमा साना उद्यमीलाई उत्थान गर्ने खालको कार्यक्रमहरु नसमेट्नु रैथाने कच्चा पदार्थ उत्पादनमा जोड नदिनु जु जु धौको गुणस्तर मापदण्द नबनाउँदा उद्योग दर्ता हुन नसक्नु उद्योगलाई पुस्तान्तरण गर्न ठोस निति नल्याउनु सार्वजनिक निकायमा स्वदेशी बस्तु उपयोगिता ऐन आएपनि कार्यान्वयन हुन नसक्नु स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ भनेपनि सो अनुसारको नितिहरु नल्याउनु र आत्मानिर्भताको कुरा गरेपनि सो अनुसार ऐनहरु नवन्दा युवापुस्ताहरु विदेशीन वाध्य भएको बताउनु भयो ।
त्यसैगरी प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याले उद्योग तथा बाणिज्य कार्यालय तथा स्थानीय निकायहरुले उद्योग व्यवशायको अवस्थाबारे दस्तावेज बनाई सम्बन्धित निकायमा पेश गरेको खण्डमा निति तथा कार्यक्रममा समेट्न सहयोग पुग्ने देशको मेरुदण्दको रुपमा रहेको घरेलु तथा साना उद्योगको अवस्था समस्या र समाधान सम्बन्धि बिषेश समेति प्रतिवेदन तयार गर्नुपर्ने साना उद्योगलाई परेको नापतौलको समाधानका लागि कार्यतालिका व्यवस्था गरी नापतौलको जिल्लामा व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले सहयोग गर्ने उद्यमीहरुलाई परेको समस्याहरु कार्यालय प्रमुखहरुको बैठकमा पनि जानकारी गराउनु पर्ने तथा जु जु धौ को गुणस्तर बनाउनु पहल गरिदिने र जिल्लामा घरेलु तथा साना उद्योगहरुबाट उत्पादन हुने बस्तुहरुको तथ्थाङ्ग राख्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा ८ महिनाको भक्तपुर बसाई पछि अर्धखाँची जिल्लामा सरुवा हुनु भएकोमा आयोजक उद्योग तथा बाणिज्य कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी श्री अर्याललाई भक्तपुरको मौलिक उत्पादन जु जु धौ मायाको चिनोबाट विदाई तथा नयाँ कार्यक्षेत्रको शुभकामना दिनुका साथै भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ तथा पुर्व अध्यक्ष विरेन्द्र जतिले पनि मायाको चिनो प्रदान गरी विदाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर उद्योग तथा बाणिज्य संघका कोषाध्यक्ष विश्वराम दुवाल सदस्य गौतम सुजखु मध्यपुर थिमीबाट सावित्रि भट्टराई भक्तपुर घरेलु तथा साना उद्योग संघ मध्यपुर थिमि नगरपालिकाका संयोजक सोम तामाङ्ग लगायतले उद्योग दर्ता नविकरण र बजार अनुगमन सम्वन्धि चर्चा गर्नुभएको थियो ।

 

Comments