बोटल आर्ट तालिम सम्पन्न
असार ६, २०८२, शुक्रबार | राति ०७:४५ बजे | 95
भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा मध्यपुर थिमि नगरपालिका वडा नं ५ को लागत साझेदारीमा संचालन भएको १५ दिने आधारभुत बोटल आर्ट तालिम मध्यपुर थिमि नगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन भयो । सो अवसरमा प्रमुख अतिथि श्रेषठले मध्यपुर थिमि नगरपालिकाले जनताबाट उठाएको कर जनताकै लागि सदुपयोग गर्ने निति लिई काम गरीरहेको बताउनु हुन्दै आफै वडामा यो नौलो प्रकारको तालिम संचालन गर्न पाएकोमा खुशि व्यक्त गर्दै आयोजक भक्तपुर घरेलु तथा साना उद्योग संघप्रति आभार व्यक्त गर्नुभयो । साथै यो तालिम अरु तालिम भन्दा भिन्न भएको र यसले खेर गईरहेको विभिन्न शिशाका बोटलहरुमा आफ्नो सीप कला भरी आय आर्जन गर्न सक्ने भएकोले यो १५ दिने तालिम अपुग भएको देखिएकोले अर्को आर्थिक बर्षमा यो तालिमको एडभान्स तालिमको लागि बजेट विनियोजत गर्न सक्दो प्रयास गर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा प्रशिक्षक उमेश नकर्मीले आफु सफ्टवेयर ईन्जिनियर भएको र आफुसँग कम्प्युटर मर्मत तथा ई कमर्श जस्ता विषयमा लामो समय काम गरेको तथा विदेश समेत गई काम गरिसकेको अनुभव सुनाउँदै यो बोटल आर्ट प्रति आफुलाई लगाव भएको कारण अन्य पेशालाई छोडेर यो पेशामा लागेको बताउँदै यस्तो प्रकारको तालिम सम्भवतःनेपालमा शुरुवात गर्ने आफु पहिलो व्यक्ति हुने पर्ने धारणा व्यक्त गर्नुभयो ।शुरुमा आफुले गर्दै आईरहेको ईन्जिनियर क्षेत्र छोडेर यो पेशामा आउन लाग्दा धेरै साथीहरुले नगर्न सुझाव दिएपनि आफु यसैमा दिलोज्यान दिएर लागेको कारण अहिले धेरै ठाउँहरुमा उपहार तथा सजावतका लागि यस्ता सामानहरुको माग बढ्दा आफुले दिन नसकेको बताउनु हुन्दै थप केहि सिक्न चाहे आफुले सकेको सीप दिने बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष एव बोटल आर्ट तालिम समापन समितिका सभापति श्यामसुन्दर श्रेष्ठले विगतमा पनि मध्यपुर थिमि नगरपलिकासँगको समन्वयमा विभिन्न तालिम संचालन गरिसकेको र मध्यपुर थिमि नगरपालिकासँगको समन्वयमा मेला महोत्सव पनि गरेको अनुभव सुनाउनु हुन्दै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई थप एडभान्स तालिमको आवश्यक भए सघमा सम्पर्क राख्न अनुरोध गर्नुभयो । साथै यो तालिमले खेर गईरहेका तथा बातावरण रुपमा असर गर्ने विभिन्न कम्पनीका शिशिहरुको उचित व्यवस्थापन हुने र यो कला सीप अरुले नक्कल गर्न नसकिने थोरै लगानीमा फर्सदको समयमा विद्यार्थी गृहणी तथा अन्य रोजगार भएका व्यक्तिहरुले फुर्सदको समय सदुपयोग गरी थप आय आर्जन गर्न सकिने राम्रो व्यवशाय हुने सक्ने भएकोले तालिमबाट सिकेका सीपलाई राम्रो सँग सदुपयोग गर्न र फुर्सदको समयमा घरैमा बसेर पनि अभ्यास गरिरहन अनुरोध गर्नुका साथै उद्यमी वन्न ईच्छुक प्रशिक्षार्थीहरुलाई उद्योग दर्ता गर्न आवश्यक परामर्श संघले प्रदान गरिने बताउनु भयो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि बालकृष्ण श्रेष्ठले प्रमाण पत्र वितरण गर्नु भएको थियो भने संघका उपाध्यक्ष हरिगोपाल त्वायना र सचिव श्रीजना कक्षपतिले तालिमको औचित्य संघका विविध गतिविधि र संघले सदस्य प्रदान गरिने सेवा सुविधाबारे जानकारी गराउनु भयो ।