यी हुन् भक्तपुर नगरपालिकाको नीति तथा कायक्रमको १२२ बुँदा
असार ६, २०८२, शुक्रबार | दिउँसो ०२:२८ बजे | 40
(आ.व. २०८२÷८३) को नीति तथा कार्यक्रम)
नगर सभासद्हरू,
सर्वप्रथम नेपालको ऐतिहासिक जनआन्दोलनहरूमा सहादत्त प्राप्त गर्नुभएका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र अन्य योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछाँै ।
बि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनपछि भक्तपुर नगरपालिकाको यो चौंथोे नीति तथा कार्यक्रम हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरी बजेट पेश गर्नुपर्ने प्रावधान छ । सोही कानुनी प्रावधानअनुसार आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौँ र बजेटको तयारी गर्दैछौँ ।
नाचगानको राजधानी, सा“स्कृतिक नगर र संसारकै ठूलो जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिका पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदैछ । नेपाल मजदुर किसान पार्टीले निर्वाचनको बेला जारी गरेको घोषणापत्र नै हामीले जनताबीच गरेको प्रतिबद्धता हो । हाम्रो कार्यकाल ३ वर्ष पूरा भइसकेको छ । यसबीचमा हामीले निर्वाचनको बेला जनतासमक्ष गरेका प्रतिबद्धताहरू एक एक गरी पूरा गर्दै आएका छाँै ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणलगायतका कार्यहरू गर्दैछौँ । राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा हो भने भावनालाई आत्मसात गर्दै सेवाकै भावनाले काम गरिरहेका छौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको दुई—दुई पटक निर्वाचन सम्पन्न भइसकेर पनि संविधानको भावनाबमोजिम संघीयता राम्रोसँग कार्यान्वयनमा आउन सकेको छैन । स—साना १–२ लाखको योजना पनि संघ र प्रदेशको बजेटमा समावेश हुनु, जिल्लास्तरीय सरकारी कार्यालयहरू यथावत रहनु, स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नहुनु, संघ र प्रदेशले स्थानीय तहलाई दिने सामानीकरण अनुदानलाई घटाउँदै लानु र स्थानीय तहबाट तलब खाने शिक्षकहरूमाथिको नियन्त्रण संघ सरकारअन्तर्गत हुनु संघीयता कार्यान्वयनका चुनौतीहरू हुन् । संघ र प्रदेश सरकारहरूले स्थानीय तहलाई आफ्नो मातहतको एकाइजस्तो व्यवहार गर्नु संविधान र संघीयताको भावना विपरीत छ । स्थानीय तह जनताको सबभन्दा नजिकको जनप्रतिनिधि संस्था हो । जनतालाई कुनै समस्या पर्दा सबभन्दा पहिले पुग्ने ठाउँ स्थानीय तह नै हो । यसर्थ स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ भन्नेमा हाम्रो जोड रही आएको छ । संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर काम गर्न सबै स्थानीय तहहरू स्वतन्त्र छन् । भक्तपुर नगरपालिकाले पूर्ण स्वायत्तताको अभ्यास गर्ने प्रयास गरिरहेको छ ।
२०७२ सालको भूकम्पले सबभन्दा बढी क्षतिग्रस्त शहरहरूमध्ये भक्तपुर नगरपालिका एक हो । यहाँका हजारौं घरहरूमा पूर्ण र आँशिक क्षति पुगेको थियो भने सयौं सम्पदाहरू ध्वस्त भएका थिए । ती प्रायःजसो सम्पदाहरू विदेशीको सहयोगविना स्थानीय जनताको साथ र सहयोगमा पुनःनिर्माण र जिर्णाेद्घार सम्पन्न गरिसकेका छौं । हाल केही सम्पदाहरू निर्माणाधीन छन् । भक्तपुर नगरपालिका जनताको साथ र सहयोगमा आत्मनिर्भर अर्थतन्त्रको विकासको निम्ति निरन्तर प्रयासरत छ ।
आ.व. २०८२।८३ को नीति तथा कार्यक्रममा निम्न विषयहरूलाई जोड दिएका छाँै ः—
– भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यसहित सा“स्कृतिक नगर घोषणा गर्न पहल गर्ने,
– भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने,
– कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गरी शिक्षा सबैको पहुँच पु¥याउने,
– सबै नगरबासीलाई सहज स्वास्थ्य उपचारमा पहुँच पु¥याउने,
– सम्पदा संरक्षण, खेलकुद र कृषिलगायतको क्षेत्रमा जोड दिने,
– भक्तपुरलाई देशकै नमुना नगर बनाउने,
– हरेक युवाहरूलाई सीपमूलक तालिमहरू दिई आत्मनिर्भर बनाउने,
– क्रमागत योजनाहरू सम्पन्न गर्ने र नयाँ नयाँ योजनाहरू अगाडि बढाउने,
– विकास निर्माणका कार्यहरूमा स्थानीय स्रोत र साधनहरूको अधिकत्तम प्रयोग गर्ने र
– सार्वजनिक, पर्ति र सरकारी जग्गा संरक्षण गर्ने ।
नगर सभासद्हरू,
अब म विषयगत रुपमा अवलम्बन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ः–
क) शिक्षा
१) भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरूमा हाल ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । नगरपालिकाले शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म जनताका छोराछोरीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । हामीले भक्तपुरका जनताको चाहनालाई ध्यानमा राखी ख्वप विश्वविद्यालय स्थापनाको लागि निरन्तर पहल गरिरहेका छौँ ।
२) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरि· कलेज र ख्वप कलेज अफ इन्जिनियरि·को संयुक्त आयोजनामा आगामी वर्ष ‘भूकम्प इन्जिनियरि·’, सम्पदा, सूचना प्रविधिलगायतका विषयमा राष्ट्रिय सम्मेलन र त्यसैगरी ‘चौंथो भूकम्प इन्जिनियरि· तथा विपद्पछिको पुनःनिर्माण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गरिनेछ ।
३) ख्वप कलेजमा विज्ञान विषयका विभिन्न प्रयोगशालाहरू सञ्चालनमा रहेकोमा ‘ख्वप अनुसन्धान केन्द्र’ स्थापना गरी सञ्चालनमा ल्याइनेछ । त्यसैगरी ख्वप इन्जिनियरि· कलेज र ख्वप कलेज अफ इन्जिनियरि· मा पनि अनुसन्धान केन्द्र स्थापना र सञ्चालन गरिनेछ । त्यसको लागि भक्तपुर नगरपालिकाबाट आवश्यक अनुदानको व्यवस्था गरिनेछ ।
४) भक्तपुरको कला, संस्कृति, इतिहास, वातावरण, पर्यटनलगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने भक्तपुर नगरबासीहरूलाई अनुसन्धानवृत्तिको व्यवस्था गरिनेछ ।
५) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ नयाँ विषयहरू थप गर्दै लगिनेछ । आगामी शैक्षिक वर्षबाट ख्वप इन्जिनियरि· कलेजमा स्नातक तहमा थप दुईवटा शैक्षिक कार्यक्रमहरू बी.सी.ए. र बी.आई.टी. का कक्षाहरू सञ्चालन गरिनेछ । सीटीईभीटीबाट सम्बन्धन प्राप्त ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सामान्य चिकित्सा (एच.ए), फार्मेसी, रेडियोग्राफी र ल्याब टेक्निसियन विषयहरू सञ्चालन गर्न स्वीकृतिको लागि प्रस्ताव गरेकोमा स्थलगत अनुगमन समेत भइसकेको हुँदा ती विषयहरूमा सम्बन्धन प्राप्त भएमा कक्षाहरू सञ्चालन गरिनेछ ।
६) नगरपालिकाले हाल ६ वटा वडाहरूमा शिशु स्याहार तथा बालविकास केन्द्र स्थापना र सञ्चालन गर्दै आएकोमा भ.न.पा. वडा नं. १० कमलविनायकमा आवश्यक पूर्वाधारको निर्माण गरी थप शिशुस्याहार केन्द्र सञ्चालन गरिनेछ साथै शिशु स्याहार केन्द्र विस्तारलाई निरन्तरता दिइनेछ ।
७) सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक शिक्षक तालिम, पूर्वाधारहरूको निर्माण तथा विद्यार्थी सङ्ख्याको आधारमा सहज पठनपाठनको व्यवस्थाको लागि आवश्यकताअनुसार अनुदानको व्यवस्था गरिनेछ । भौतिक पूर्वाधार निर्माणको लागि बजेटको व्यवस्था गरिनेछ ।
८) विद्यालय तथा कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई सीपयुक्त बनाउन चित्रकला, धातुकला, पौभा लेखन, मूर्तिकला, काष्ठकला, मृत्तिकाकला, मौलिक प्रविधिमा आधारित निर्माण विधिसम्बन्धी तालिमलगायतका प्रशिक्षणहरूको व्यवस्था मिलाइने छ ।
९) स्थानीय पाठ्यक्रम समयानुकूल परिमार्जन गरी आवश्यक सन्दर्भ सामग्रीहरू प्रकाशन गरी पठनपाठनमा सहज व्यवस्थापन गरिनेछ ।
१०) स—साना विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित गर्न वडाका विभिन्न स्थानहरूमा आवश्यकताअनुसार गृहकार्य कक्षहरू सञ्चालनको व्यवस्था गरिनेछ ।
११) विद्यालय र कलेज नजिक निश्चित दुरीमा मदिराजन्य तथा सूर्तिजन्य पदार्थ बिक्री वितरण निषेध गर्ने नीति लिइनेछ ।
१२) आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने उद्देश्यले शैक्षिक ऋणको व्यवस्था गर्दै आएकोमा हालसम्म ७५० जनाभन्दा बढी विद्यार्थीहरूलाई रु. ५ लाखसम्म ऋण स्वीकृत गरी अध्ययनको अवसर दिइआएकोमा त्यसलाई निरन्तरता दिइनेछ ।
१३) इतिहास, भूगोल, राजनीति शास्त्र, संस्कृति, नेपाल भाषा, दर्शन शास्त्र जस्ता बिषयहरू लिएर पढ्ने नगरबासी विद्यार्थीहरूका लागि विद्यावारिधिसम्म पूर्ण छात्रबृति दिएर अध्ययनको अवसर प्रदान गर्दै आएकोमा त्यसलाई निरन्तरता दिइनेछ ।
१४) विद्यार्थीहरूमा स्वयम्सेवी तथा सदाचारी भावनाको विकास गर्न विद्यालयहरूमा नैतिक शिक्षाको अध्ययन अध्यापनको साथै शील स्वभावजन्य व्यवहार सिकाउने शिक्षाको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
१५) नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई पढाईसँगै दक्ष बनाउन नगरपालिका, वडा कार्यालय तथा नगरपालिकाअन्तर्गतका विभिन्न कार्यालयहरूमा इन्टर्नसिपको व्यवस्था मिलाइनेछ ।
१६) विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय तह, प्रदेश र संघको निर्वाचन प्रणाली र संसदीयको गतिविधिबारे जानकारी दिने उद्देश्यले निर्वाचन प्रक्रिया र संसदीय नमुना अभ्यासहरू गराउने व्यवस्था मिलाइनेछ ।
१७) विभिन्न परीक्षामा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूको आधारमा विषयगत शिक्षकहरूलाई निश्चित मापदण्ड बनाई प्रोत्साहनस्वरुप सम्मान कार्यक्रम गरिनेछ ।
१८) कानुनी ज्ञानको अभावमा धेरै नागरिकहरू विभिन्न अपराधजन्य कसुरमा फस्ने गरेको पाइएको हुँदा विद्यालय तहदेखि नै कानुनी शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयहरूमा समय समयमा कानुनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालनको व्यवस्था गरिनेछ ।
१९) बढ्दो विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकहरूको अभावको कारण उचित पठनपाठन हुन नसकेको गुनासोलाई ध्यानमा राखेर त्यस्ता विद्यालयहरूमा क्रमशः स्वयम्सेवक शिक्षकको व्यवस्था गर्दै लाने नीति लिइनेछ ।
२०) मा.वि. तहका सबै विद्यालयमा विज्ञान तथा गणित प्रयोगशाला स्थापना गर्ने नीतिअनुसार क्रमशः त्यसको विस्तार गर्दै लगिनेछ र विद्यालय अनुगमनलाई थप प्रभावकारी बनाइनेछ ।
२१) सम्पदा संरक्षणलाई विद्यालय तहदेखि नै सचेत पार्न ‘एक विद्यालय एक सम्पदा सरसफाई’ नीतिलाई निरन्तरता दिइनेछ ।
२२) विद्यालयहरूमा स्वयम्सेवक दल (स्काउट ट्रुप) हरू बनाउँदै लगिनेछ र स्काउट शिक्षकहरूलाई स्वयम्सेवी भावना विकास गराइ विद्यालयहरूमा प्रिलिमिनरी ट्रेनिङ कोर्स (पी.टी.सी.) र बेसिक ट्रेनिङ कोर्स (बी.टी.सी.) तालिम प्रदान गर्ने व्यवस्था गरिनेछ ।
२३) महिलाहरूलाई निरन्तर शिक्षा सञ्चालनको व्यवस्था गरिनेछ ।
२४) जनज्योति पुस्तकालयलाई स्तरीकरण गर्दै लगिनेछ । युवा विद्यार्थीहरूमा पठन संस्कृतिको विकासको लागि नगरका अन्य पुस्तकालय तथा वाचनालयहरूलाई व्यवस्थित सञ्चालन गर्न आवश्यक सहयोग गर्ने नीति लिइने छ ।
ख) स्वास्थ्य
२५) भक्तपुर नगरपालिकाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी जनताको सेवा गर्दै आएको छ । ख्वप अस्पतालले वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएको छ । चालु वर्षको साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा ७४ जिल्लाका २ लाख ५९ हजार ७६८ जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ । त्यसैगरी श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आगामी आ.व.देखि ख्वप अस्पतालमा सीटी स्क्यान सेवा सुरु गरिनेछ साथै मृगौलास“ग सम्बन्धित विरामीहरूलाई सहजता प्रदान गर्न डायलासिसको व्यवस्थाको लागि पनि आवश्यक प्रकृया अगाडि बढाइने छ । ख्वप अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढ·ले अगाडि बढाइनेछ ।
२६) भक्तपुर नगरपालिकाले नगरबासीहरूलाई निःशुल्क अक्सिजन र निःशुल्क रगत प्रदान गर्दै आएकोमा त्यसलाई निरन्तरता दिइने छ । गम्भीर रोग लागेका बिरामीहरूलाई दिइ“दै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।
२७) वडा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा थप स्वास्थ्य उपकरणको व्यवस्था गर्दै स्तरीकरण गर्दै लगिनेछ र नियमित स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिइनेछ । ७ नं. वडाको स्वास्थ्य केन्द्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
२८) आयुर्वेदिक तथा वैकल्पिक उपचार सेवालाई प्रभावकारी बनाउँदै लगिनेछ ।
२९) विद्यालयहरूमा बालबालिकाहरूका लागि दन्त, आँखा साथै नाक, कान, घाँटीलगायतको स्वास्थ्य परीक्षण शिविर सञ्चालनको व्यवस्था मिलाइनेछ ।
३०) ख्वप तिलगंगा आँखा अस्पतालबाट प्रदान गरिने सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लगिनेछ ।
३१) वडा नर्स र स्वास्थ्य स्वयम्सेविकामार्फत सुत्केरी महिला स्याहार तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ ।
३२) घरदैलो नर्सिङ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
ग) सम्पदा, संस्कृति
३३) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार भक्तपुरलाई साँस्कृतिक नगर घोषणा गर्न बागमती प्रदेश सरकारमा पहल गरिनेछ ।
३४) ऐतिहासिक र धार्मिक महŒव रहेका विभिन्न स्थानका घाटहरू सुधारको नीतिलाई गुरुयोजना बनाई व्यवस्थित रुपमा अगाडि बढाइनेछ ।
३५) परम्परागत बाजाको बोल लिपिबद्ध गरी क्रमशः प्रकाशित गरिनेछ र दाफा भजनका थ्या साफूहरू आवश्यकताअनुसार पुनःलेखन गर्न मद्दत गरिनेछ ।
३६) विश्व सम्पदा सूचीमा सुचिकृत भक्तपुर दरबार क्षेत्रमा अवस्थित ९९ चोकको अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाइनेछ ।
३७) सम्पदा र संस्कृति प्रवद्र्धन गर्न नगरका मुख्य मुख्य सम्पदाहरूको संक्षिप्त परिचय, छोटो भिडियोहरू, मोबाइल एप र क्यूआरकोड, फोटोसहित पुस्तक प्रकाशनलगायतको व्यवस्था गरिनेछ ।
३८) स्थानीय कला र संस्कृतिबारे विद्यार्थीहरूलाई शिक्षित गर्न र परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालयहरूमा सांस्कृतिक गुरुहरूको क्रमशः व्यवस्था गर्दै लगिनेछ ।
३९) भक्तपुरको ऐतिहासिक र पुरातात्विक महŒव बोकेको जगन्नाथ क्षेत्रको अध्ययन अनुसन्धानलाई जोड दिइनेछ र उक्त क्षेत्र वरिपरिको वातावरण सुधार गरी संरक्षण गरिनेछ ।
४०) वडा वडामा रहेका निजी घरहरू धराप भई विभिन्न कारणले बनाउन नसकेको अवस्थामा नगरपालिकाले घरधनीबाट पछि लागत असुल गर्नेगरी घर निर्माण गर्ने नीति लिइनेछ ।
४१) वडा वडामा रहेका केही महŒवपूर्ण सम्पदाहरू वडास्तरबाटै स्थानीय जनताको सहयोगमा पुनःनिर्माण र जीर्णोद्धार गर्न वडास्तरीय सम्पदा संरक्षणका लागि छुट्टै बजेटको व्यवस्था गरिनेछ ।
घ) कृषि
४२) नगरपालिकाभित्र कृषि अनुसन्धान केन्द्र स्थापना गरी कृषि पकेट क्षेत्रमा कार्यरत नगरबासी किसानहरूलाई प्रोत्साहनका गतिविधिलाई अगाडि बढाइने छ ।
४३) नगरको उपयुक्त स्थानमा आधुनिक पशु वधशालाको निर्माण गरिनेछ ।
४४) किसानहरूबाट उत्पादित वस्तुहरू उपभोक्तासम्म सहज रुपमा पु¥याउन भनपा ५ मा सञ्चालित कृषि बजारलाई थप व्यवस्थित गर्दै लगिनेछ ।
४५) किसानहरूसँग जग्गा जमिन घट्दो क्रमलाई ध्यानमा राखेर कृषि उत्पादन वृद्धि गर्न सघन कृषि तालिम तथा कौसी खेतीका तालिमहरू सञ्चालन गरिनेछ ।
४६) कृषि उत्पादनलाई लामो समयसम्म सुरक्षित साथ प्रयोग गर्न तरकारी र फलफूललगायत संकलन र भण्डारण गर्न भनपा वडा नं ८ मा निर्माणाधीन चिस्यान केन्द्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
४७) सूचिकृत किसानहरूलाई परिचयपत्र वितरण गरी आवश्यक कार्यविधि बनाई कृषक ऋणको व्यवस्था गरिनेछ ।
४८) किसानहरूलाई जैविक मल तथा जैविक विषादी प्रयोगबारे अभिमुखीकरण गरी जनताको स्वास्थ्यमा नकारात्मक असर पार्ने रासायनिक मल तथा विषादी प्रयोगलाई न्यूनीकरण गर्दै लगिनेछ ।
४९) नगरभित्र रहेका भुस्याहा कुकुरहरूलाई नियन्त्रण र व्यवस्थापन गरिनेछ । रेविजविरुद्धको खोप तथा बन्ध्याकरण कार्यलाई निरन्तरता दिइनेछ ।
५०) रैथाने बाली, बिऊको संरक्षण कार्यमा जोड दिइनेछ ।
५१) माटोको उर्वरशक्ति बढाउन भक्तपुर नगरपालिकाबाट उत्पादित कम्पोष्ट मल प्रयोग विधिबारे किसानहरूलाई आवश्यक तालिम दिएर कम्पोष्ट मल प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।
ङ) पर्यटन
५२) भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा टेवा पु¥याउन समय समयमा विभिन्न उत्सवहरू, सन्ध्याकालीन पदयात्रा तथा साँस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ ।
५३) स्थानीय उत्पादन तथा हस्तकलाहरूलाई पर्यटन लक्षित गरी उपहारको व्यवस्था गर्ने र उत्पादित वस्तुहरू बिक्री वितरणका लागि उपयुक्त स्थानमा कोसेली घर सञ्चालनमा ल्याइनेछ ।
५४) आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धिलाई ध्यानमा राखी आवश्यकताअनुसार व्यवस्थित शौचालयहरू निर्माण गरिनेछ ।
५५) आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानसम्म सहज रूपमा पुग्न सक्ने गरी सानो आकारको विद्युतीय सवारीसाधनको व्यवस्था गरिनेछ ।
५६) आवश्यकताअनुसार नगरका थप नाकाहरूमा पनि पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ ।
५७) आन्तरिक र बाह्य पर्यटकहरूलाई लक्षित गरी परम्परागत साँस्कृतिक प्रदर्शनीका लागि उपयुक्त स्थानमा नियमित साँस्कृतिक गतिविधि गर्ने व्यवस्था मिलाइनेछ ।
५८) भक्तपुरमा रहेका मठ, मन्दिर, देवालय, शिवालय, पोखरी, ढु·ेधारा, पाटी, सत्तलहरूको तथ्यांकहरू संकलन गरी व्यवस्थित अभिलेख तयार गरिनेछ ।
५९) गाईजात्रामा प्रस्तुत हुने साँस्कृतिक विधाहरूको प्रतिस्पर्धा, साँस्कृतिक बाजा प्रतियोगिता, साँस्कृतिक गुरु सम्मान, साँस्कृतिक प्रशिक्षण तथा तालिमलाई निरन्तरता दिइनेछ ।
६०) सम्पदा क्षेत्र र सडकहरूमा रात्रीकालीन बत्तीको व्यवस्था गरिनेछ ।
च) विकास निर्माण
६१) नगरको गौरवको योजनाको रुपमा रहेको अरनिको सभाभवन निर्माणलाई निरन्तरता दिइनेछ र त्यसको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ । त्यसैगरी तरकारी बजार पूर्वाधार निर्माण, प्राङ्गारिक मल प्रशोधन केन्द्र, भनपा वडा नं ५ भेलुखेलमा निर्माणाधीन पार्किङ स्थल र भनपा १० स्थित स्वास्थ्य केन्द्र भवनको बाँकी निर्माण कार्य सम्पन्न गरिनेछ । भनपा वडा नं १ मा बहुउद्देश्यीय भवन निर्माण कार्य शुरु गरिनेछ । त्यसको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
६२) सम्पदातर्फ इन्द्रायणी द्यो छेँ पुनःनिर्माण, इखालाछी मठ पुनःनिर्माण, थंथु दरबार पुनःनिर्माण, दरबार क्षेत्रस्थित पाहाँ छें पुनःनिर्माण र स“ला गणेश पोखरी पुनःनिर्माण कार्यलाई निरन्तरता दिइनेछ । छुमा गणेश द्यो छेँ पुनःनिर्माण र हाडा छेँ पुनःनिर्माण कार्य सम्पन्न गरिनेछ । खोला किनारका घाटहरू पुनःनिर्माण कार्यलाई योजनाबद्ध ढंगले अगाडि बढाइनेछ । त्यसको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
६३) लिबाली आवास योजना र तुमचो दुगुरे आवास योजनाका सडकहरू क्रमशः कालोपत्रे गर्दै लगिनेछ । ख्वप कलेज, बंको हुँदै छालिङ गुडीसम्म खोला छेऊमा सडक (करिडोर) निर्माण कार्य अगाडि बढाइनेछ ।
छ) युवा तथा खेलकुद
६४) हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको अन्तर नगर खेलकुद प्रतियोगिता र अन्तर विद्यालय खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ । नियमित खेलकुद प्रशिक्षणलाई निरन्तरता दिंदै थप खेलहरूको पनि प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
६५) उपयुक्त पोखरीलाई बालबालिकाहरूका लागि पौडी प्रशिक्षण पोखरीको रुपमा पूर्वाधार तयारी गरी सञ्चालनमा ल्याइनेछ ।
६६) विद्यालयहरूमा क्रमशः खेलकुद प्रशिक्षकको बन्दोबस्त गरी विद्यालय तहमा नै विभिन्न खेलहरूको नियमित प्रशिक्षणको व्यवस्था मिलाइनेछ । साथै विद्यालयहरूमा आत्मरक्षाको तालिम सञ्चालन गरिनेछ ।
६७) नगरभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय तथा कलेजहरूमा नगरपालिकाको सिफारिसमा छात्रवृत्तिको व्यवस्था गरिनेछ । खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
६८) खेलकुद प्रशिक्षक र प्रशिक्षार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य बीमाको व्यवस्था गरिनेछ ।
६९) खेलमैदानको आवश्यकतालाई ध्यानमा राखी भनपा वडा नं. २ स्थित शहीद स्मृति खेलमैदान र भनपा वडा नं. ७ स्थित महेश्वरी खेलमैदानलाई व्यवस्थित बनाउने प्रक्रियालाई अगाडि बढाइनेछ । नगरका उपयुक्त स्थानमा फुटसलको व्यवस्था गरिनेछ ।
७०) वडा खेलकुद समितिहरूलाई सक्रिय बनाइ अन्तर वडा खेलकुद प्रतियोगिताहरूको आयोजना गर्न प्रोत्साहित गरिनेछ । त्यसको लागि आर्थिक सहयोगको व्यवस्था गरिनेछ ।
७१) वडा वडामा रहेका खुला व्यायामशालाहरू थप व्यवस्थित गर्दै आवश्यकताअनुसार व्यायामशालाहरू निर्माण गर्दै लगिनेछ ।
७२) नगरका विभिन्न स्थानमा रहेका टीम क्लबहरू परिचालन गरी वडास्तरमा पनि खेलकुद प्रशिक्षणलाई विस्तार गरिनेछ ।
७३) वडा वडामा नियमित प्रशिक्षण दिइरहेको छिकोङ शारीरिक व्यायाम प्रशिक्षणलाई विद्यालय स्तरमा विस्तार गरिनेछ ।
ज) सहकारी
७४) सहकारी संस्थामार्फत नगरबासीहरूलाई वित्तीय साक्षरता तथा सामाजिक, साँस्कृतिक एवं आर्थिक स्तर विकासका लागि कक्षा सञ्चालन गरिनेछ ।
७५) सहकारी संस्थाहरूलाई प्रविधिमैत्री बनाउन डिजिटल अभिलेखीकरणको व्यवस्था गरिनेछ ।
७६) सहकारीमा रहेका रकम समाजसेवाको निम्ति पनि खर्च गर्न आदर निकेतन, शिशु स्याहार केन्द्र, स्वास्थ्य केन्द्र, उपभोक्ता पसलजस्ता सेवामूलक संस्था खोल्न प्रेरित गरिनेछ । यस्ता कार्यहरू नगरपालिकाले कार्यविधि बनाई साझेदारीमा सञ्चालन गर्न सकिने व्यवस्था मिलाइनेछ ।
७७) सहकारीहरूलाई उद्योग तथा अन्य उत्पादनमूलक गतिविधिमा आकर्षित गर्न सरोकारवालाहरूसित छलफल र अन्तरक्रियाहरू गरी विभिन्न कार्यक्रमहरू तय गरिनेछ ।
७८) नगर क्षेत्रभित्रका सहकारी संस्थाहरूको नियमित अनुगमनलाई निरन्तरता दिँदै समयानुकूल तालिमको व्यवस्था गरिनेछ ।
७९) गरिबीको कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नदिन सहकारी सदस्यहरूलाई शैक्षिक ऋणको व्यवस्था गर्न उत्साहित गरिनेछ ।
८०) बचत तथा ऋण सहकारी संस्थाहरूलाई पर्यटन उद्योग लक्षित होम स्टे, फेमिली स्टे सञ्चालनमा प्रोत्साहित गरिनेछ ।
८१) उत्कृष्ट सहकारी संस्थालाई मापदण्ड बनाई पुरस्कृत गरिनेछ ।
८२) ‘एक सहकारी एक क्षेत्र सरसफाई’ कार्यक्रम तथा साँस्कृतिक प्रशिक्षणलाई निरन्तरता दिंदै थप प्रभावकारी बनाउँदै लगिनेछ ।
झ) वातावरण
८३) नगरभित्रका खोलाहरू नापी नक्साअनुसार पर्खाल उठाई सुधार कार्यलाई निरन्तरता दिइने र खोलाका किनाराहरूमा रुख–बिरुवा रोपी हरियाली प्रबद्र्धन गरिनेछ ।
८४) भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा हरियालीसहित उपयुक्त क्षेत्रहरूमा आकर्षक पार्कहरूको निर्माण गरिनेछ ।
८५) नगर क्षेत्रमा प्लाष्टिकको विकल्प तयार गरी प्लाष्टिकको प्रयोग न्युनीकरण गर्दै लगिनेछ । घरदैलोबाटै प्लाष्टिकजन्य, कागजजन्य र अन्य पुनःप्रयोग गर्न मिल्ने फोहरहरू सङ्कलनको आवश्यक व्यवस्था गरिनेछ ।
८६) नगरका पोखरीलाई सौन्दर्यकरण गर्नुका साथै आयस्रोतको रूपमा विकास गर्दै लगिनेछ ।
८७) पुरानो नगर क्षेत्रमा क्रमशः सवारीसाधन निषेध गर्दै लगिनेछ । भविष्यमा नगरभित्र सवारीसाधन निषेध गर्न आवश्यक योजनाहरू तयार गरिनेछ ।
८८) पार्किङको समस्या दिनानुदिन भइरहेको कुरालाई ध्यानमा राखी मापदण्ड बनाई घरले चर्चेको क्षेत्रफलको आधारमा घरधनीहरूलाई नक्सापाससँगै सवारीसाधनको ग्यारेजको व्यवस्था आफैले बनाउनुपर्ने नीति लिइनेछ ।
ञ) खानेपानी
८९) खानेपानीको प्राचीन स्रोतहरू इनार, ढुँगेधारा, पोखरीलगायतलाई परम्परागत शैलीमै संरक्षण गरिनेछ ।
९०) नगरकोटलाई जलाधार क्षेत्र घोषणा गराउन भइरहेको पहललाई निरन्तरता दिइनेछ र उक्त क्षेत्रको संरक्षणका लागि आवश्यक व्यवस्था गरिनेछ ।
९१) आकाशे पानी सड्ढकलन कार्यका लागि नगरबासीहरूलाई प्रोत्साहित गरिनेछ । जल पुर्नभरणका लागि जोड दिइनेछ ।
९२) नगरभरि सबै क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई मेलम्चीको पानी घर घरसम्म पु¥याइ खानेपानीको समस्या समाधान गर्न आवश्यक व्यवस्था गरिनेछ ।
ट) आत्मनिर्भरता
९३) नगरबासी युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याजदरमा युवा उद्यमशीलता ऋणको व्यवस्था गर्दै आएकोमा सो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
९४) भक्तपुर नगरपालिकाले युवाहरूलाई सीपमूलक तालिमहरू सिकर्मी, डकर्मी, कम्प्युटर, बेकरी, सिलाई, कुक, हेयर कटिङ, जुत्ता बनाउने, जग्गा नापजाँच, बुटिक, प्लम्बर, विद्युतलगायतका तालिमहरू सञ्चालन गरिआएकोमा थप व्यापक बनाउँदै लगिनेछ । फ्रिज, वासिङ मेसिन, पानी तान्ने पम्प मर्मतलगायतका तालिमहरू सञ्चालनमा जोड दिइनेछ । होम स्टे र फेमिली स्टेको तालिमलाई अगाडि बढाइनेछ ।
ठ) विपद् व्यवस्थापन
९५) प्राकृतिक, स्वास्थ्यजन्य तथा मानवीय गतिविधिका कारण आउन सक्ने सम्भावित विपद् न्यूनीकरणका उपायहरूबारे सचेतना अभियान सञ्चालन गरिनेछ । युवाहरूलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिनेछ ।
९६) विपद् प्रतिकार्यका आवश्यक सामग्रीहरू नगरपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयहरूमा आकस्मिक प्रयोगका लागि व्यवस्था गरिनेछ ।
ड) सुशासन
९७) कर्मचारी प्रशासनलाई चुस्त तथा सेवाग्राहीमैत्री बनाइनेछ ।
९८) कर्मचारीको मनोबल उच्च बनाउन कार्यसम्पादनमा आधारित दण्ड पुरस्कारको व्यवस्था गरिनेछ ।
९९) नगरपालिकाको संगठन तथा व्यवस्थापन (ओ. एण्ड. एम.) सर्वेक्षण सञ्चालन गरिनेछ ।
१००) समय समयमा कर्मचारीहरूको क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिनेछ ।
ढ) विविध
१०१) भक्तपुरका मुख्य मुख्य पर्यटकीय स्थलहरूमा क्रमशः फ्रि वाइफाइको व्यवस्था गर्दै लगिनेछ ।
१०२) नगरपालिकाको आवश्यक विवरणहरू समावेश गरी नगर प्रोफाइल निर्माण गरिनेछ ।
१०३) नयाँ पुस्तामा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक नीति बनाइनेछ ।
१०४) भक्तपुर नगरको पूर्वी क्षेत्रमा बढिरहेको यातायातको चापलाई ध्यानमा राखी यातायात व्यवस्थापनमा सहजता प्रदान गर्न भनपा वडा. नं. ८ स्थित लिवाली आवास क्षेत्रको खोला किनाराको सडक पिच गरी वैकल्पिक बाटोको रुपमा विकास गरिनेछ ।
१०५) नगरमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न नगरका बाँकी स्थानहरूमा क्रमशः सीसी क्यामेरा जडान गर्दै लाने र रात्रीकालीन बत्तीको व्यवस्था गरी नगरबासीहरूलाई सुरक्षा प्रबन्धको प्रत्याभूति दिइनेछ ।
१०६) घरदैलो कर टोलीको गठन गरी कर संकलनलाई अझ व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
१०७) नगरका सडक तथा सम्पदाहरूको नियमित मर्मत सम्भार टोलीको व्यवस्था गरिनेछ ।
१०८) भक्तपुर नगरपालिकाको पूर्ण स्वामित्वमा रहेको औद्योगिक क्षेत्रस्थित पेपर रिसाइक्लिङ तथा हस्तकला उद्योगमा आवश्यक जनशक्तिको व्यवस्था गरी व्यवस्थित सञ्चालन गरिनेछ ।
१०९) हनुमन्त्ते खोला दायाँबाँया सडक (करिडोर) निर्माण कार्यलाई अगाडि बढाइनेछ ।
११०) नगरभित्रका पर्ती, सरकारी र सार्वजनिक जग्गाको संरक्षणका साथै नगरभित्र रहेका दाफा, भजन, सम्पदाहरूको व्यवस्थित अभिलेखीकरण गरिनेछ ।
१११) भक्तपुरको मौलिकता संरक्षण गर्न माटो जोडाइको घर निर्माण गर्ने नगरबासीहरूलाई विशेष सुविधा दिई प्रोत्साहन दिने नीति लिइनेछ ।
११२) नक्सापास प्रक्रिया तथा कर संकलन सेवा अनलाइन मार्फत प्रदान गरिनेछ ।
११३) नगरका विभिन्न स्थानमा आवश्यकताअनुसार पार्किङ स्थलको व्यवस्थापन गरिनेछ ।
११४) सुर्यविनायक चोकबाट राममन्दिर हुँदै टौमढी आउने र वंशगोपालबाट बाराही मन्दिर हुँदै सुर्यविनायक जाने बाटोलाई एकतर्र्फी बनाइनेछ ।
११५) उद्योग क्षेत्रहरू उपत्यका बाहिर स्थानान्तरण गर्ने नेपाल सरकारको नीतिलाई सहयोग पु¥याउन भक्तपुरको घना बस्ती रहेको भक्तपुर औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर्न पहल गरिनेछ र त्यस क्षेत्रलाई घरेलु उत्पादनमा आधारित औद्योगिक ग्रामको रुपमा विकास गरिनेछ ।
११६) भनपा ६ महाकाली अँचा पोखरीस्थित हालै निर्माण सम्पन्न भएको आदर निकेतनमा आवश्यक जनशक्तिको व्यवस्था गरी सञ्चालनमा ल्याइनेछ ।
११७) उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर नियमित रूपमा गर्दै आएको बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
११८) जुजु धौ, ताइच्यून चिउरा, हाकुपटासी, भादगाउँले टोपी, तोरीको तेल, काष्ठकला, धातुकला, हस्तकला, मुकुण्डो निर्माणलगायत घरेलु उत्पादनलाई प्रोत्साहित गरिनेछ । समय समयमा घरेलु उत्पादन मेलाको आयोजना गरी प्रचारप्रसारमा जोड दिइनेछ ।
११९) देको मिवा इतापाके जग्गा एकीकरण आयोजनामा बाँकी भौतिक संरचना निर्माणलाई तीव्रता दिइनेछ र जग्गाधनी तथा मोहीहरूको जग्गा फिर्तालाई निरन्तरता दिइनेछ । गुठी जग्गा कमाउने किसानहरूको समस्या समाधानको लागि निरन्तर पहल जारी राखिनेछ ।
१२०) भक्तपुर नगरभित्रका व्यवसायीहरूलाई सहजताका लागि सम्बन्धित पक्षहरूसँग समन्वय गरी ढक तराजु नवीकरणको व्यवस्था नगरपालिकाभित्रै गर्ने व्यवस्था मिलाइनेछ ।
१२१) युवाहरूलाई लागु औषधिको दुब्र्यसनबाट टाढा राख्न नियन्त्रण र निषेधको नीति लिइनेछ ।
१२२) अपाङ्ता भएका र बालबालिकाहरूको लागि विशेष कार्यक्रमहरू संचालन गरिने छ ।
अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रमलाई व्यापक छलफल गरी सभासदहरूले पारित गर्न हार्दिक अनुरोध गर्दछौं ।
मितिः२०८२।३।६
सुनिल प्रजापति
प्रमुख
भक्तपुर नगरपालिका