नगरकोट भ्रमण वर्षको अवसरमा साइकल रयाली हुने (रुट तालिकासहित)


असार ५, २०८२, बिहीबार | विहान ११:४९ बजे | 100


नगरकोट भ्रमण वर्षको अवसरमा साइकल रयाली हुने (रुट तालिकासहित)

भक्तपुर । नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा ताथलीमा साइकल रयाली हुने भएको छ । रयाली असार ७ गते शनिबार हुने भएको हो ।
बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । 
ताथलीको श्री दक्षिणकाली युवा समूहको आयोजनामा कार्यक्रम हुन लागेको जनाइएको छ । 
आयोजक समूहका अध्यक्ष सुरेशराज गिरीले चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सहयोग पुयाई पर्यटन प्रवद्र्धनका लागि साइकलिङ गर्न लागिएको बताए ।
साइकलिङमा सहभागी हुन २०८२ असार ४ गते बुधबारभित्र नाम दर्ता गर्न आयोजकले जनाएको छ । तर इच्छुकलाई नरोक्ने जनाइएको छ । 
साइकलिङ चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको सिमानास्थित ब्रह्मायणी मन्दिरबाट सुरू हुनेछ । साइकलिङले ताथलीका विभिन्न स्थानको भ्रमण गर्नेछ ।
रुट तालिका 
रूट तालिका
प्रस्थान विन्दुमा भेला हुने समयः विहान ६:३० बजे प्रमुख अतिथिः जीवन खत्री, नगर प्रमुख धोमुनारायण नगरपालिका विशेष अतिथिः श्री पुस्कर शाह, विश्व साइकल यात्री तथा सगरमाथा आरोही अन्य अतिथिहरुः चाँगुनारायणपर्वतका सम्पूर्ण वडाध्यक्षहर र आमन्त्रित अतिथिहरु
साइकल जाली सुरुः विहान ७:०० बजे ब्रम्हायणी मन्दिर इथाचा-चुनदेवी मन्दिर (२ किमी ७:२० बजे) डाडाँपाटी-धाराकुलो फैडोका (५ किमी ७:४० बजे) कडेलापाला इक्षिणकाली मन्दिर (६ किमी ७:५० बजे) स्वागत र पानी वितरण (८:०० बजे) मिरी, बस्नेत, खड्‌का, घुका टोल-देवी मा. वि. सौडोल-गचा (७ किमी ८:१० बजे) स्वागत माथिल्लो खड्‌का, मुढाथोकी टोल (१४५ किमी ८:५० बजे) स्वागत र पानी वितरण मोठाले चौर (बस्नेत स्टोर) (५६ किमी ५:०५ बजे) ब्रेकफास्ट समय (५५ मिनेट) सावली के पुल नालाछाप चिलाउने घारी-अमलडोल (नाला मुम्बा। (१२ किमी १०:४० बजे)- मुभ्वा साइड सिन पानी विवरण (३० मिनेट) पुजारीपाटी-छहान अभिलेख साइड सिन (१४ किमी ११:२० बजे हपुर-खावा भ्यू टावर पानी वितरण (१५.५ किमी ११:३५ बजे) बालामही पैइल मात्रा १६.५ किमी १२:०५ बजे लावा भ्यू टावर फर्कने (१७.५ किमी १२:३० बजे। औपचारिक समापन तथा प्रमाणपत्र, मायाको चिनो वितरण कार्यक्रम (२:३० बजे) कलभसी-ठूली ब्रम्हायणी मन्दिर-सुडाल बनमाला, राउत, खत्री, खड्‌का टोल-विन्दबासिनी मन्दिर-वाइसिएल भानं-इजी टोल-साखकमी टोल जेइसि कलेज फैढोका (२४.५ किमी ३:०० बजे) (साइकल यात्रीहरुलाई विदाई।
साइकल याली तथा हाइकिङ कार्यक्रम
मितिः २०८२ असार ७ गते शनिबार
समयः बिहान ६.३० बजे
स्थान म्हायणी मन्दिरबाट प्रारम्भ तथा उद्घाटन
 

Comments