नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न
माघ २, २०७७, शुक्रबार | विहान ११:१८ बजे | 10
काठमाडौं । नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृति लिई २०७७पौष २९ गते बुधबार महासंघका अध्यक्ष् ाश्री सुरेन्द्र भाई शाक्यको सभापतित्वमासिमित संख्यामामहासं३को सचिवालयमा भेलाभई भर्चुअल माध्यमबाट सम्पन्नभयो ।
उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष श्री सागर समशेर राणाल गर्नु भएको थियो । सो सभामा स्रचनातथा संचार प्रविधि मन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग, सचिवश्री चन्द्र कुमार घिमिरे , वाणिज्य तथाआपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिनु भएको थियो ।
[[img2]]
त्यसैगरी व्यापार तथानिकासी प्रवद्र्धन केन्द्रकाकार्याकारी निर्देशक श्री शरद बिक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफकमर्सका उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा सानाउद्योग महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंशले भर्चुअलजुम बाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । वार्षिक सभाको बन्दशत्रमा कार्य समितिको वार्षिक प्रतिवेदन, वित्तिय प्रतिवेदन माथि छलफल भई पारित गरिएको थियो ।