अब आँखाको अपरेशन गर्न अन्त धाउन पर्दैन : कागेश्वोरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की


असार २, २०८२, सोमबार | साँझ ०६:४२ बजे | 65


अब आँखाको अपरेशन गर्न अन्त धाउन पर्दैन : कागेश्वोरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की

कागेश्वरी मनोहरा नगरापालिकाद्वारा सन्चालित "कागेश्वरी मनोहरा नगर अस्पताल" ले सेवा बिस्तार गरेको बारे नगर प्रमुख उपेन्द्र कार्किले सेवाहरु बिस्तार गर्दै आइरहेको जानकारी दिनुभएको छ । नगर प्रमुख कार्किले मिति २०८२ साल जेठ ३१ गते शनिबार देखि आँखा अपरेसन सेवा सुरु भएको बताउनुभएको छ । नगर प्रमुख कार्किले अब आखाको अपरेशन गर्न अन्त धाउन नपर्ने कुरा बताउनुहुदै अत्याधुनिक प्रविधिबाट हरेकको आँखा को उपचार कागेश्वोरी मनोहरा नगर अस्पतालबाट हुने जानकारी दिनुभएको छ । उक्त सेवाको बिस्तार भएको जानकारी दिदै नगर प्रमुख कार्किले काठमाडौंको पूर्वी क्षेत्रकै प्रतिष्ठित र सुविधासम्पन्न अस्पतालको रुपमा विकास भईरहेको कुरा बताए । नगर प्रमुख कार्किले उक्त अस्पतालमा काठमाडौं उपत्यका लगायत छिमिकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे, दोलखा लगाएतका विभिन्न जिलाहरुबाट दैनिक झण्डै १ हजारको संख्यामा स्वास्थ्य सेवा लिन आउने गरेको जानकारी दिएका छन । अहिले काठमाडौं उपत्यकामै कागेश्वोरी मनोहरा नगर अस्पताल स्वास्थ्योपचारको लागि भरोसाको केन्द्र बन्दै गईरहेको छ । नगर प्रमुख कार्किले दिएको जानकारी अनुसार अहिले नगर अस्पतालले अठार्ह (१८ )जना विशेषज्ञ डाक्टरहरु सहितको टोलीले विभिन्न उन्नाइस (१९) प्रकृतिका विशेषज्ञ सेवाहरु दिइरहेको छ ।

Comments