प्याब्सन कप उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिता सम्पन्न


जेठ ३१, २०८२, शनिबार | दिउँसो १२:४६ बजे | 150


प्याब्सन कप उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिता सम्पन्न

प्याब्सन, जिल्ला कार्यसमिति भक्तपुरको आयोजनामा उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उपत्यकाको ५२ वटा विद्यालयका जम्मा २१० जना विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

प्रतियोगिताका संयोजक एवम् प्याब्सन, भक्तपुरका उपाध्यक्ष विजय कर्माचार्यको सभापतित्वमा तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतित्थ्यतामा सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार एवम् प्रमाणपत्र वितरण कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपाल, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्र हमाल, सहसंयोजक कृष्ण कार्की, खुम शर्मा लगायतले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।

समापन कार्यक्रममा टेबलटेनिसका राष्ट्रिय प्रशिक्षक मोहनदास बासुकला र पूर्व राष्ट्रिय च्याम्पियन शिबसुन्दर गोथेलाई पनि सम्मान गरिएको थियो । यो प्रतियोगिताले आगामी वर्षहरूमा समेत निरन्तरता पाउने जानकारी प्रतियोगिताका संयोजक विजय कर्माचार्यले गराउनुभयो ।

Comments