तालिमपछि आत्मविश्वास बढेको छ
जेठ ३०, २०८२, शुक्रबार | साँझ ०५:४८ बजे | 290
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ७ धुञ्चोस्थित धुञ्चोबाघद्धार बचत तथा ऋण सहकारी संस्था अल.को आयोजना र मध्यपुर थिमि नपा ७ को सहयोगमा एकहप्ते उद्घोषण तालिम सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष रीता खड्काको सभापतित्वमा भएको उक्त तालिमको समापन गर्दै मध्यपुर थिमि नपा ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले महिलाहरुको व्यक्तित्व, नेतृत्व र सीप विकास गर्दै महिला सशक्तिकरणमा वडाले सहयोग गर्दै आएको जानकारी दिनुभयो । वडाध्यक्ष प्रजापतिले तालिममा सिकेको सीप र ज्ञान व्यवहारमा लागु गर्न आग्रह गर्दै गुरु असल भएमा शिष्य पनि असल र सफल बन्ने दृष्तान्त प्रस्तुत गर्दै महिला सशक्तिकरणमा वडा कार्यालय सदैव सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा मथिनपा ७ का नगर सभा सदस्यद्धय भक्तराज खत्री र शर्मिला विश्वकर्माले व्यक्तित्व र नेतृत्व विकास तालिमको महत्व सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । संस्थाकी व्यवस्थापक नानीमैया नापितले कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा शिक्षक एवं सञ्चारकर्मी सागर गुरागाईंले उद्घोषणको सैद्धान्तिक एवं प्रयोगात्मक विधि मार्फत प्रशिक्षण दिएकोले तालिमबाट प्राप्त सीप र ज्ञानलाई व्यवहारमा लागु गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । संस्थाकी अध्यक्ष रीता खड्काले उद्घोषण तालिमको उद्देश्य माथि प्रकाश पार्दै शिष्ट र सभ्य भएर बुदाँगत रुपमा आफ्ना भनाई राख्न तालिमबाट सहज हुने अपेक्षा गर्नुभयो । नगदेश बृद्धबिहारको सभाहलमा भएको उक्त तालिम समापन कार्यक्रममा संस्थाकी कोषाध्यक्ष उमा खत्री, व्यवस्थापक नानीमैया नापित, सञ्चालक सदस्य रेणुका खत्री, प्रशिक्षार्थीहरु मनिषा पौडेल, रोजिना नापित, रिया खड्का, सरस्वती गोतामे लगायतका प्रशिक्षार्थीहरुले एकहप्ते तालिमबाट आफुहरुमा धेरै कुराको ज्ञान भएको र कार्यक्रम सञ्चालनदेखि आप्mनो परिचय दिन र माइक्रोफोनमा बोल्नपनि आत्मविश्वास बढेको अनुभव सुनाउनु भयो । शिक्षक एंव संचारकर्मी सागर गुरागाईंले उक्त तालिममा कुशलता पुर्वक प्रशिक्षण दिनुभएको आयोजक संस्थाकी अध्यक्ष रिता खड्काले जानकारी दिनुभएको छ ।
१० दिने नेतृत्व विकास तालिम सम्पन्न
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ५ स्थित वडा युवासञ्जालको आयोजना र मध्यपुर थिमि नपा ५ को साझेदारीमा १० दिने नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । वडा युवा सञ्जालका अध्यक्ष रोचन श्रेष्ठको सभापतित्वमा भएको तालिमको समापन गर्दै मथिनपा ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले तालिमबाट सिकेको सीप र ज्ञान दैनिक व्यवहारमा प्रर्दशन गर्न आग्रह गर्दै युवावर्गले नेतृत्व विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । प्रशिक्षक सागर गुरागाईंले नेतृत्व विकास प्रत्येक व्यक्तिका लागि अपरिहार्य भएकोमा जोड दिदैं तालिमबाट सिकेको सीप दैनिक जीवनमा लागु नगरे नौ दिनमा नौलो हुने र बिस दिनमा बिर्सन सक्ने तर्क सचेत गराउँदै उत्कृष्ट प्रशिक्षार्थी सुजिता मानन्धरलाई नगद सहित पुरस्कृति गर्नुभयो । मथिनपा ५ वडा कार्यालयको सभाहलमा भएको उक्त तालिम कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै वडा युवा सञ्जालका अध्यक्ष रोचन श्रेष्ठले युवाहरुको व्यक्तित्व, नेतृत्व एवं क्षमता अभिवृद्धिका लागि तालिम फलदायी भएको अनुभव सुनाउनु भयो । वडा युवा सञ्चालकी सदस्य रश्मी भासिमाले सञ्चालन गर्नु भएको उक्त तालिमको समापन कार्यक्रममा दुर्गा ब. प्रजापति, सुबिना श्रेष्ठ, विष्णुलक्ष्मी श्रेष्ठ, सक्षम श्रेष्ठ, सबृना श्रेष्ठ, करिना प्रजापति, रिजा प्रजापति, सुजिता मानन्धर लगाएतका प्रशिक्षार्थीहरुले १० दिनमा नेतृत्व विकास तालिममा आफुहरुको व्यक्तित्व र नेतृत्व विकास भएकोमा खुशी व्यक्त गर्दै आ आप्mनो अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीहरु मध्य सुजिता मानन्धर, करिना प्रजापतिलाई मायाको चिनो सहित आयोजक वडा युवा सञ्जालका अध्यक्ष रोचन श्रेष्ठले सम्मान गर्नुभयो । उक्त समापन कार्यक्रममा रश्मि भासिमाले कुशलता पूर्वक कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि मथिनपा ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो । कार्यक्रममा प्रशिक्षकलाई कदर पत्र र प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा शिक्षक एंव सञ्चारकर्मी सागर गुरागाईंले व्यक्तित्व विकास, नेतृत्व विकास, उद्घोषण, असल वक्ता बन्ने तरिक र सैद्धान्तिक एंव व्यवहारिक र प्रयोगात्मक विधिबाट प्रशिक्षण दिनुभएको थियो ।
.jpeg)