वागीश्वरीमा आ.व. २०८२।८३ को बजेटबारे अन्तरक्रिया
जेठ ३०, २०८२, शुक्रबार | दिउँसो ०२:०६ बजे | 125
जेष्ठ ३०, भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आ.व. २०८२÷८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने बताउनुभयो ।
अर्थशास्त्रका विद्यार्थीहरुले नारायणमान बिजुक्छेंद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तक पनि पढ्न सुझाव दिंदै संयोजक प्रजापतिले सरकारको परनिर्भर बजेटले देशको सार्वभौमिकता नै कमजोर हुने दृष्टान्तरहरु दिनुभयो ।
भ्रष्टाचार देशको महारोग भन्दै उहा“ले भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्न नसकेसम्म बजेट सा“चो अर्थमा कार्यान्वयन हु“दैन भन्दै उहा“ले शिक्षामा बजेट सबभन्दा बढी देखिए पनि प्रतिशतका दृष्टिले प्रत्येक वर्ष बजेट घटाउ“दै ल्याएको बताउनुभयो । उहा“ले शिक्षा मावि तहसम्म निःशुल्क र अनिवार्य हुनुपर्ने र उच्च शिक्षा पनि निःशुल्क हुनुपर्नेमा जोड दि“दै उहा“ले विद्यार्थीहरुले सरकारको बजेटमा गरेको यो अन्तरक्रिया र निष्कर्ष प्रशंसनीय छ भन्नुभयो ।
वागीश्वरी कलेज अफ मानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले बजेट प्रस्तुत गर्ने संसारको विभिन्न देशको उदाहरण दि“ंदै नेपालको इतिहासमा सुवर्ण समशेरले २००८ सालदेखि शुरु भएको जानकारी दिनुभयो ।
बजेटलाई आम जनताले आआÇनो स्वार्थको आ“खाले हेर्ने गरेको चर्चा गर्दै उहा“ले बजेटबारे विद्यार्थीहरुले आत्मविश्वासका साथ प्रस्तुती दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी अर्थशास्त्र विभागका प्रमुख मुरज दिदियाले संविधान उन्मुख संविधानअन्तर्गतको सरकारद्वारा प्रस्तुत बजेटले निजी क्षेत्रलाई आर्थिक संवाहक मान्नु विडम्वनापूर्ण छ भन्नुभयो ।
बजेटमा चालु पूजी ६० प्रतिशत र पुजीगत खर्च २० प्रतिशत मात्र हुनु अत्यन्त डरलाग्दो स्थिति हो भन्दै कर नतिर्नेहरुलाई दण्ड दिनुपर्नेमा झन कर छुट दिने सरकारी नीति गलत छ भन्दै उहा“ले ४४.५ प्रतिशत नेपाली युवा बिदेसिनु चित्ताजनक छ भन्नुभयो ।
अर्थशास्त्र विषय शिक्षक बालगोपाल श्रेष्ठ बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती अन्य हुनुपर्नेमा जोड दिनुभएको सो कार्यक्रममा विद्यार्थीहरु अनमोल दुङ्गाना, अनिता लिगल, सोनु तामाङ, प्रविणा तामाङ, रुवि स्यामाजु, रोजी प्रजापति र सुमित्रा कार्कीले बजेटका फरक फरक विषयमा सकारात्मक र नकारात्मक पक्ष माथि प्रकाश पार्नुभएको थियो ।