मध्यपुर थिमिमा बैकल्पिक चिकित्सा उपचार विधि होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सुरू
जेठ २९, २०८२, बिहीबार | साँझ ०६:२० बजे | 80
मध्यपुर थिमि नगरपालिकामा बैकल्पिक चिकित्सा उपचार विधि होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सूरू गरेकाे छ । नगरापालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज वडा नं. ७ मा होमियोप्याथिक सुभारम्भ गर्दै स्वास्थ्य क्षेत्रमा आमुख परिवर्तन गर्नका लागी मध्यपुर थिमीमा हाेमियाेप्याथिक स्वास्थ्य सेवा केन्द्रकाे सुरूवात गरिएकाे बतमउनुभयाे । नगरपालिकाले कार्यविधि नै वनाएर स्थानियकाे सहजताकाे लागि हाेमियाेप्याथिक स्वास्थ्य सेवा केन्द्र सुरू गर्न २ लाख रूपैया बजेट समेत विनियाेजन भएकाे बताउनुभयाे । ७ सय ५३ वटा स्थानीय तह मध्ये मध्यपुर थिमि मा स्थानिय तहले संचालन गरेकाे प्रमुख प्रजापतिकाे दावी छ । यस्तै वडा नम्वर १ र ५ मा आयुर्वेदिक स्वास्थ्य सेवा संचालन भईरहेकाे र नेपाल काेरिया मैत्र नगरपालिका अस्पतालवाट दैनिक १ हजार विरामीकाे उपचार भईरहेकाे प्रमुख श्रेष्ठले बताउनुभयाे । नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि काम गर्दै आएकाे बताउनुभयाे । बजेट बनाउँदा आर्थिक स्थरलाई उकास्नका लागि पर्यटकीय क्षेत्र कसरी बनाउने र यस क्षेत्रलाई अझ सबल बनाउनका लागि काम गरिने उहाकाे भनाई थियाे । यसैगरी कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले ७५३ वटा स्थानीय तहमध्ये पहिलो होमियोप्याथिक सुचारु गरेको बताउनुभयो । विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको होमियोप्याथिकलाई नेपाल सरकारले समेत मान्यता दिएको बताउदैं यसले समग्र मध्यपुर बासिहरुको स्वास्थ्य सुधारमा ठुलो सहयोग गर्ने बताउनुभयो ।उद्घाटन कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष कष्ण कुमार प्रजापति, वडा नं. १ का वडा अध्यक्ष वावुकाजी डंगोल, २ का श्रीकृष्ण श्रेष्ठ, ३ का कृष्ण हरि आचार्य ,४ का बालकसष्ण पात्या श्रेष्ठ, ६ का ज्ञानदास प्रजापति, ८ का रमेश थापा श्रेष्ठ, ९ का सानुकाजी राजवाहक, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नेपाल कोरिया मैत्री अस्पतालका निर्दैशक दिपेँद्र कुमार रौशन, साथै होमीयोप्याथिक चिकित्सकहरुमा डा. रामकुमार अधिकारी, प्रेमनारायण श्रीवास्तव, अम्विका ज्ञवाली, अनुप पन्थी र डा. सुरेन्द्र श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
