बाेदेमा स्थलगत सम्पदा चित्रकला प्रतियाेगिता
जेठ २७, २०८२, मङ्गलबार | साँझ ०६:५१ बजे | 340
मध्यपुर थिमि नगरपालिका ८ नं. वडा कार्यालयकाे आयाेजना तथा अमेजिङ्ग आर्ट एण्ड ट्रेनिङ्ग सेन्टरकाे सहकार्यमा मध्यपुर थिमि नगरपालिका ब्यापी बिद्यालय स्तरीय स्थलगत सम्पदा चित्रकला प्रतियोगिता बाेदेमा सम्पन्न भयाे । मध्यपुर थिमि नगरका ३१ बिद्यालयका १०९ जना छात्र छात्राहरुले प्रतियोगितामा बाेदे क्षेत्र अन्तरगतका मुर्त अमुर्त सम्पदाहरुकाे स्थलगत चित्र क्यान्भ्यासमा उतारेकाे थियाे । चित्र र कला मार्फत बाेदेकाे सम्पदाहरुहरु प्रचारप्रसार तथा छात्रछात्राहरु र अभिभावकहरुलाई कला सम्पदा संरक्षणमा सहभागी गराई जागरण ल्याउने उदेश्यले बाेदेमा दाेस्राे पटक सम्पदा चित्रकला प्रतियाेगिता आयाेजना गरिएको ८ नं वडा सचिव रञ्जन प्रजापतिले जानकारी दिनु भयाे । स्कुल तहबाट नै सम्पदा कला र संस्कृतिमा सचेतना फैलाउने कार्यमा प्रतियोगिता उपयाेगी र उपलब्धिमुलक रहेका छन । प्रतियोगितामा ग्ल्याडस्टाेन एकेडेमीका जेनिस बलम्पाकी प्रथम, ईम्यानुयल ई. स्कुलका करिन राई दाेस्राे, सिद्धार्थ विद्यापीठका आराेही बल्ल तृतीय, क्रियटिभ लनर्स एकेडेमीका संजीव श्रेष्ठ चाैथाे र प्राईम एकेडेमीका उत्कर्ष पाँ सान्त्वना पुरस्कार जित्न सफल भएकाे थियाे । बाेदेकाे प्राकृतिक र साँस्कृतिक स्थल कुमारी पार्कमा आयाेजित पुरस्कार वितरण तथा समापन समाराेहमा मध्पुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेय्ठ प्रतियोगितामा विजयीहरुलाई शिल्ड, नगद, मेडल र प्रमाणपत्र तथा सहभागी छात्रछात्रारुलाई प्रशंसा पत्र वितरण गर्नु भयाे । ८ नं वडा अध्यक्ष रमेश थापा श्रेष्ठको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, प्रमुख निर्णायक बरिष्ठ चित्रकार बिष्णु पुकार श्रेष्ठ, वडा सदस्य सुरेन्द्र था श्रेष्ठ र निर्णायक मण्डलका सदस्य चित्रकार जुजुभाई बासँ श्रेष्ठ लगाययतले मन्तब्य ब्यक्त गर्नु हुँदै कला सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा बिद्यालय तहबाट नै अभियान चलाउनु पर्ने र चित्रकला त्यसमा शसक्त एंव सकारात्मक माध्यम भएकाे धारण ब्यक्त गर्नु भयाे
