सकियो शुभकामना साकोसको रजत वर्ष समापन समारोह
जेठ २४, २०८२, शनिबार | राति १०:०८ बजे | 465
भक्तपुर । शुभकामना वचत तथा श्रृण सहकारी संस्था लिमिटेड भक्तपुरको रजत वर्ष २०८१।०८२ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम समापन समारोह २०८२ विहीबार भक्तपुरमा सम्पन्न भएको छ ।
संघीय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठ, नेपाल बचत तथा श्रृण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्टिय सहकारी वैंकका सञ्चालक ध्रुबराज विष्ट, प्रोस्कुन बागमतीका महासचिव गोविन्द काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै जिल्ला सहकारी सघ भक्तपुरका अध्यक्ष ध्रुबबहादुर रायमाझी, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूलगायतले पनि जिल्लाका सहकारीहरुको अवस्थाबारे चर्चा गरे ।
कार्यक्रममा रजत वर्षको अवसरमा आयोजित निवन्ध, व्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । साथै बाँंसुरी बाजाका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो । साथसाथै रजत वर्ष स्मारिकाको पनि विमोचन गरियो ।
कार्यक्रम आयोजक सहकारीका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा भएको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष एवं रजत वर्ष व्यवस्थापन उपसमितिका संयोजक निर्मला सुवालले गरेकी थिइन् । कार्यक्रममा दस जना असल श्रृणीहरुलाई पनि सम्मान गरिएको थियो ।
