कवि जी. शाह श्री ५ ज्ञानेन्द्र


जेठ २०, २०८२, मङ्गलबार | दिउँसो ०१:५१ बजे | 210


 कवि जी. शाह श्री ५ ज्ञानेन्द्र

ए मेरो देशका वासी
तिमी खूब नराख बेदना
शुभ दिन आज यस्तो
नाचेको सूर्य चन्द्र इन्दा

तिमी नभुल अरु तिमी जस्ता
तिमी जस्तै आशा राखेका
 बोल्नलाई खोज्नु उनी पनि
तिमी भन्दा केही कम नभएका

आँखामा राख्नु आफ्ना चाहना
मुटुमा पाल्नु आफ्ना देश
 दिलमा भर्नु आफ्ना सपना
ओठमा ल्याउनु आफ्ना नरेश

समय आज तिम्रो सार्थी
सुवर्णमय आज तिम्रो महारथी
आनन्दमय आज तिम्रो भगिरथी
तापोमय आज तिम्रो कायस्थी
         कवि जी. शाह (श्री ५ ज्ञानेन्द्र

Comments