के हो सिठी नखा ? किन मनाइन्छ यो ?


जेठ १८, २०८२, आइतबार | विहान ०७:५१ बजे | 150


के हो सिठी नखा ? किन मनाइन्छ यो ?

उज्ज्वल प्रजापति सिठी नखा नेपालका अनेकन जात जातिका आ(आफ्नै छुट्टा छुट्टै चाडपर्वहरुको मौलिक विशेषताहरु छन् ्र नेपालको काठमाण्डौ उपत्यका भित्र बसोबास गर्ने नेवार जातिको प्रत्येक पर्व, जात्रा, चाल चलन, रिति तिथि र संस्कारहरुमा नियालेर हेर्ने हो भने भिन्नै खालको ऐतिहासिक र पुरातात्विक महत्व भेटिन्छ, तर त्यसभित्र पनि गहिरो गरि दृष्टिपात गर्यौ भने त्यसमा वैज्ञानिकता र पुरातन इन्जिनियरिंग भेटिन्छ ्र त्यस्तै गहिरो बिशेषता बोकेको एक पर्वको नाम हो सिठी नखा ्र सिठी नखा ९क्ष्तजष् ल्बपजब० नेवार समुदायको एक महत्वपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष जेठ शुक्ल षष्ठी ९चन्द्रमाको उज्यालो पखको छैठौं दिन० मा मनाइन्छ। यो पर्व विशेषगरी वर्षायामको सुरुवातसँग सम्बन्धित छ । धार्मिक पृष्ठभूमि ूसिठीू शब्द संस्कृतको ूषष्ठीू छैठौंबाट आएको हो भने ूनखाू नेवार भाषामा पर्व वा चाडलाई जनाउँछ। यस दिनलाई भगवान कुमार कार्तिकेयको जन्मोत्सवको रूपमा मनाइन्छ, जो भगवान शिव र पार्वतीका जेठा पुत्र हुन्। उहाँलाई शक्तिशाली र क्रोधित स्वभावको देवता मानिन्छ, जसले वर्षा र धानको उत्पादनमा प्रभाव पार्न सक्छ। त्यसैले, उहाँलाई प्रसन्न पार्न विशेष पूजा गरिन्छ । केहि ऐतिहासिक तथ्यहरू पानीको स्रोत मानव इतिहाससँग प्रत्यक्ष सम्बन्धित छन् । मानव समाजको विकाशक्रम पानीका स्रोतहरु वरपरबाट विकसित भएका हुन् । सिन्धु घाँटीको सभ्यता, मेसोपोटामियाको सभ्यता, ह्वांगहो नदीको सभ्यताहरू पनि पानीका स्रोत, मानव विकास र सभ्यता सँग अन्योन्याश्रित रुपमा सम्बन्धित छन् । काठमाण्डौ उपत्यका भित्रका बागमती, विष्णुमती, हनुमती र मनोहरा जस्ता नदीहरु पनि काठमाण्डौ उपत्यकाको सभ्यताका परिचायकहरु नै हुन् ्र त्यस्तै गरि काठमाण्डौ उपत्यका भित्र रहेका पानीका मुहानहरु जस्तै इनार, पोखरी, ढुंगेधारा, जलद्रोणी र राजकुलोहरुको ऐतिहासिक, पुरातात्विक एवं बैज्ञानिक रहस्यहरु अध्ययनका विषयहरु हुन् ्र यसरी पानीसँगको सम्बन्ध केलाउदै जाने हो भने सिठी नखा पर्व मानव जीवनको सभ्यतासँग जोडिएको पर्व हो ्र दैनिक जीवनमा पानीका स्रोतहरुको उपयोग, त्यसको मर्मत र संरक्षण निम्ति सदियौ देखि चलिआएको नेवारी विश्व वातावरण दिवस भन्दा फरक नपर्ला ्र सिठी नखा पर्वको मुख्य उद्देश्य वर्षायामको तयारी गर्नु पनि हो। यस अवसरमा समुदायका सदस्यहरू मिलेर इनार, पोखरी, ढुंगे धारा जस्ता जलस्रोतहरू सफा गर्छन्। यसले वर्षायाममा पानीको स्रोतहरू स्वच्छ राख्न र सरुवा रोगहरू फैलने सम्भावना कम गर्न मद्दत गर्छ ्र नेपालको हिति प्रणालीको शुरुवात प्राचिन कालबाट भएको हुनुपर्छ र त्यसको विकास समय क्रमसंगै विकसित भएको हो भन्ने कुराको जिकिर पद्मसुन्दर जोशीको किताब हिति प्रणालीमा गरिएको छ ्र काठमाण्डौ उपत्यकामा विकसित यस हिति प्रणालीको हृदयंगम कुराहरु बुझ्न यस पुस्तक अत्यन्त उपयोगी छ ्र जोशीकै भनाइ अनुसार भक्तपुरको बागेश्वरी प्रणाली बनाउने श्रेय बार्हौ शताव्दीका राजा जितामित्र मल्ललाई दिइएको छ ्र यो भन्दा अघि किराँतकालका प्रणालीहरुको खासै प्रमाण नभेटिए पनि लिच्छवीकालका दत्तात्रय मन्दिर पछाडिको भीमसेन हिति, सुर्यमढिको टुलुटुलु हिति, गोलामढि हिति, हनुमान घाटको बाकु हिति र खौमाको धस्वा हिति लगायत प्रणाली निर्माण भैसकेको जनाइएको छ ्र मल्लकालमा काठमाण्डौका प्रतापी राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गर्दा भक्तपुर भित्र पस्न नसकेर यहावाट फर्किनु अघि महाकालीको पिठ नजिकै अरिं हिति स्थापना गरि १०१२ रोपनी जग्गा हिति प्रणाली संरक्षणको निम्ति राखिएको कुरा अभिलेखमा छ ्र त्यस्तै भक्तपुरमा राजा जित्तामित्र मल्ले भक्तपुरको थन्थु राजदरवार भित्रको सुन्धारासम्म पुग्ने राजकुलो निर्माण तथा रेखदेख एवं मर्मत कार्यको लागि गुठीको व्यवस्था गरिएको कुरा अध्ययन गर्न पाइन्छ ्र यसरी हिति प्रणाली प्राचिन कालदेखि विकसित हुँदै मल्लकालमा हितिको कला, कौशल र आकृति झनै परिस्कृत भएर गएको देखिन्छ ्र भक्तपुर नगरपालिका भित्र १०३ हिति र ३९ पोखरीहरु विद्यमान छन् ्र ब्रम्हायनी मन्दिर जाने बाटोमा पर्ने भक्तपुर न।पा।(९ स्थिति एक पाटिमा राखिएको श्री ब्रंलापनीको ढुंगेधाराको नक्सा उल्लेखित शिलालेख देख्न सकिन्छ ९हेर्नुहोस चित्र २ ० ्र उक्त हिति सम्भवत सोहि पाटि अगाडि रहेको ढुंगेधाराको नक्शांकन चित्र हुनुपर्छ ्र उक्त शिलालेखमा वि।सं। २०२८र१र१० गतेका दिन आसामरु प्रजापति र वीकुलक्ष्मीको छोरा आसराम र मायादेवीका प्रति भनि उल्लेख गरिएको छ ्र सो शिलालेखमा हिति प्रणालीको मुहान देखि हिति सम्मको नक्सा प्रस्ट कोरिएको छ ्र मुहान र हिति बिचको ठाउँ ठाउँमा माटो र वालुवा थिग्र्याउने खाल्डोहरु र त्यसको दुरी पनि उल्लेखित छ ्र हाम्रा पुर्खाहरुले धर्म कर्मको नाममा यस्तै कैयन हिति प्रणाली, इनार, पोखरी र कुवा जस्ता संरचनाहरु निर्माण गरि छोडेका छन् ्र यसरी हाम्रो पुरानो हिति प्रणाली र राजकुलोहरुको नक्शांकन चित्रहरु कहिँ कतै लेखेर राखिएको पो छ कि भक्तपुरमा विद्यमान पोखरीहरुमा तस् पुखु ९सिद्ध पोखरी०, बार्हे पुखु ९कमल पोखरी०, भाजु पोखरी, न्हु पुखु ९रानी पोखरी०, नस् पुखु, नाग पुखु ९नाग पोखरी०, सलाँ गणेश पुखु, खचां पुखु लगायत दर्जनौ पोखरीहरुको दृष्यावलोकन नगरभरि नै गर्न सकिन्छ ्र भक्तपुर नगरको सिद्ध पोखरी अर्थात तस् पुखु वि। स। १६८७ मा राजा जगज्योति मल्लले निर्माण गर्न लगाएको कुरा डा। पेशल आचार्यको पुस्तक नेपालको इतिहासमा उल्लेख छ ्र साथै यसको जिर्नोद्वार भीमसेन थापाको पालामा भएको कुरा इतिहास अध्ययनबाट ज्ञात हुन्छ ्र वि। सं। १७१७ मा राजा श्रीनिवास मल्ल र प्रताप मल्ले संयुक्त रुपमा भक्तपुर आक्रमण गर्दा भक्तपुरको अग्ला पर्खालहरु भत्काई भित्र पस्न नसकेपछि रिशले चुर भएर रानीपोखरी अर्थात न्हु पुखुको सबै देवल, पाटि भात्काएर महत्वपुर्ण सामानहरु हनुमानढोका दरवार लागिएको कुरा पनि अत्यन्त रोचक छ ्र त्यसै गरि भक्तपुरको भाजु पुखु पनि भारदार भाजुकसले आफ्नो कृति स्थापित गर्न्न उक्त पोखरी निर्माण गरेको कुरा ज्ञात हुन आउछ ्र भक्तपुरको खचां पोखरीमा ङतापोंल ९पांचतल्ले मन्दिर० को छायाँ प्रतिरुप देखिन्छ भन्ने विश्वास छ ्र यसरी समग्र रुपमा भक्तपुरमा रहेका पोखरीहरुको बारेमा नियाल्दै जाने हो भने त्यससँग सम्बन्धित गहिरो इतिहास झल्किन्दै जान्छ ्र भक्तपुरको इनारहरुपनि पानीको महत्वपूर्ण मुख्य स्रोत हुन् ्र भूमिगत पानीको स्रोतका रुपमा इनारको आफ्नै अस्तित्व काठमाण्डौ उपत्यका भित्र सदियौंदेखि अस्तिवमा छन् ्र भक्तपुरको तलातुन्छी इनारमा इन्द्रजात्राको दिन इन्द्रको वहान एरावत हात्तीलाई ३ पल्ट पानी खुवाउने चलन अझै जीवित नै छ ्र सो पानी हात्तीले पिईसकेपछी पानीको सतह तुलनात्मक रुपमा घट्छ भन्ने जनविश्वास अझै जीवित छ ्र यसरी मानिसहरुको दैनिक जीवन पद्धती नगरभित्र रहेका पानीका स्रोतहरुसँग सम्बन्धित छन् भने त्यससँग जोडिएका अनेकन जात्रा र पर्वहरुले दैनिक जीवनमा आम मानिसहरुसँग प्रत्यक्ष रुपमा जोडिएको नजिकको सम्बन्ध छ ्र परम्परागत परिकार नेवार जातिको मौलिक परम्पराका साथसाथै विभिन्न परिकारहरुको पनि आफ्नै पर्व विशेष खानपान र चालचलनहरु छन् ्र योमरी पुर्णिमाको दिन धानको पिठो र चाकुबाट निर्मित योमरी, सकिमाना पुर्णिमाको दिन पिडालु, सखरखण्ड र तरुल, भक्तपुरको इन्द्रजात्राको दिन कर्कलोबाट बनेको साराङ्ग ९एक प्रकारको कर्कलोको अचार०, बिषेशत देवालीको दिन चटामरी पकाएर खाने चलन रहेको छ ्र एवं तरिकाले हरेक चाडपर्व भित्र एक प्रकारको परिकार पनि त्यो जात्रा र पर्व संगै जोडिएर आएको हामी पाउछौं ्र यस्तै सिठी नखा पर्व बिशेष परिकारको नाम हो “व चटामरी”९बारा चटामरी० ्र यस दिन हरेक घरमा एक विशेस प्रकारको परिकार पाकेको हुन्छ त्यो हो व ९बारा० र चटामरी ्र यस दिन विशेषगरी नेवारी परिकारहरू जस्तै ूवू ९मसुरो वा मुगको पिठोबाट बनेको प्यानकेक० र ूचटामरीू ९चामलको पिठोबाट बनेको परिकार० तयार पारिन्छ। यी परिकारहरू प्रोटिन र पोषणले भरिपूर्ण हुन्छन्, जसले वर्षायाममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । वातावरणीय र सामाजिक पक्ष सिठी नखा वरपरको समय भनेको बार्षिक समय चक्रको लामो दिनको पनि हो ्र यहि पर्वको लगभग ठिक एक महिना पछि भलभल अष्टमी ९भगस्ती० पनि पर्दछ ्र जुन दिन सम्भवत नेपालकै सबैभन्दा लामो जात्राको रुपमा परिचित नवदुर्गा नाचको बार्षिक ङ्आ लाकेगु जात्राको पनि विधिवत रुपमा समाप्ति हुन्छ ्र यस दिन नवदुर्गा अन्तर्गतको अष्टमातृका देवताहरुको अन्त्य हुन्छ भन्ने मान्यता रहेको छ ्र सिठी नखाको दिनबाट भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको करिब नौ महिना सम्मको ङ्आ लाकेगु जात्रा पनि समाप्त हुन्छ ्र लगभग अक्षय तृतीयाका दिनवाट शुरु भएको दिगु पूजा ९कुल देवता पूजा० करिब सात हप्ता पछि सिठी नखाको दिनवाट औपचारिकं रुपमा सकिन्छ ्र सिठी नखाको दिन समुदायमा भएका इनार, पोखरी र ढुंगेधाराहरुको मर्मत सरसफाई गरि आउंदै गरेको बर्खा यामलाइ स्वागत गरिन्छ ्र यस्तै गरि यस दिन ढुंगे धाराहरुमा बग्ने पानीको मूल तथा दुंड ९ऋब्ल्ल्ब्ी० सफा गर्ने प्रक्रिया पनि अत्यन्त रोचक छ ्र दुंडको उकालो भागमा रहेको कुनै एउटा पानीको स्त्रोतमा माछा वा सर्पहरु छोडेको हुन्छ ्र जब ती जीवहरु पौडिदै तैरिदै ओरालो भागतिर बहन्छ, त्यहाबाट उक्त दुंडभित्रका लेउ र थिग्रिएर रहेका माटोका स(साना कणहरु पनि संगै बगेर दुंड सफा गर्ने काम प्राकृतिक तवरले गरिन्छ ्र यस्तो तरिकाले दुंड सफा गर्ने काम केहि समय अगि सम्म पनि काठमाण्डौ उपत्यका भित्र देख्न सकिन्थ्यो ्र यहि समयबाट ग्रिष्म ऋतुको अन्त्य भएर बर्खा ऋतुको आगमन हुन्छ ्र भक्तपुरका किसानहरु रोपाइँ सुरु गर्न धानको ब्याड लगाउने काम पनि शुरु हुन्छ ्र अन्त्यमा हाम्रो वरपर रहेका ऐतिहासिक पानीका स्रोतको रुपमा रहेको इनार, ढुंगेधारा, जलद्रोणी र पोखरीहरुको महत्व मानिसको दैनिक जीवनसँग सम्बन्धित छ ्र दैनिक दिनचर्या , पूजापाठ, धार्मिक अनुष्ठान, श्राद्ध, बिहे पास्नी लगायत अनेकौ क्रियाकलापमा यीनै पानीका स्रोतहरुको उपयोग गरिन्छ ्र तर हाल उपत्यका भित्रको ढुंगेधारामा जोडिएको मुख्य दुंड ९ऋयिकभम ऋबलब०ि नै भत्किंदा वा बिगारिंदा उक्त हितिमा पानी नै बग्दैन ्र जुन हितिमा पानी बग्छ त्यहाँ पनि निकासको राम्रो बन्दोबस्त नहुँदा हिति नै पोखरीमा परिनत भएको उदाहरण हाम्रो सम्मुने छ ्र हितिको महत्व बोध नहुँदा कति पानीका स्रोतहरु पुरिएको छ ्र जलद्रोणीहरुको उपयोगितामा ध्यान पुर्याउन नसक्दा यतिकै बेवारिशे अवस्थामा छन् ्र केहि समय अघि सम्म खेति किसानी गर्न जाँदा पानी खाने स्रोंत ब्वंगाचा ९कुवा० आजभोली लोपोन्मुख भइसकेका छन् ्र के अब पानी नबग्ने ढुंगे धाराहरुमा फेरी कलकल पानी बग्न सम्भव छ रु के निकास थुनिएका हितिहरुमा फेरी विहानै उठेर नित्य कर्म शुरुवात गर्न सकिन्छ रु के पुराना पुरिएका हितिहरु फेरी उस्तै स्वरुपमा पुनरुथान हुन्छ रु के हाम्रो इनारहरुमा फेरी पिउन योग्य पानी संकलन गरेर दैनिक जीवनमा उपयोग गर्न सक्छौं रु के हाम्रो पोखरीहरुको पुरानो वस्तुगत प्रणाली फेरी उही स्वरुपमा उभिन सम्भव छ रु के पुराना कुवाहरु पहिले जस्तै देख्न पाइन्छ रु यी नै प्रश्न हाम्रो चुनौतिहरु हुन् ्र सन्दर्भ सामग्रीहरुस् १। आचार्य, डा। पेशल। नेपालको इतिहास। स् हिति अफसेट प्रिन्टर्स प्रा। लि।, २०५५। २। जोशी, पद्मसुन्दर। हिति प्रणाली । काठमाडौँ स् नेपालय, २०२२। वा ????️ परम्पराग ९द्द०त परिकार यस दिन विशेषगरी नेवारी परिकारहरू जस्तै ूवोू ९मसुरो वा मुगको पिठोबाट बनेको प्यानकेक० र ूचटामरीू ९चामलको पिठोबाट बनेको ९घ०परिकार० तयार पारिन्छ। यी परिकारहरू प्रोटिन र पोषणले भरिपूर्ण हुन्छन्, जसले वर्षायाममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ मुगको पिठोबाट बनेको प्यानकेक० र ूचटामरीू ९चामलको पिठोबाट बनेको परिकार० तयार पारिन्छ। यी परिकारहरू प्रोटिन र पोषणले भरिपूर्ण हुन्छन्, जसले वर्षायाममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यस दिन विशेषगरी नेवारी परिकारहरू जस्तै ूवोू ९मसुरो वा मुगको पिठोबाट बनेको प्यानकेक०

Comments