खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
जेठ १७, २०८२, शनिबार | विहान ११:३८ बजे | 135
भक्तपुर
कमलविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड युवा तथा खेलकुद समितिकाे आयाेजाामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयाे । सहकारी शेयर सदस्य एवं स्थानिय बासिन्दाकाे उपस्थितिमा १४ जना महिला तथा ४६ जना पुरुष गरी जम्मा ६० जना सहभागी भएकाे थियाे ।
रक्तदान जिवन दान हाे भन्ने मुल नारा साथ कमलविनायक बसपार्कमा बिहान ७ बजे देखि ११ बजे सम्म संचालन भएकाे थियाे । नेपाल रेड्क्रस साेसाईटी भक्तपुर जिल्ला समितिकाे प्राविधिक सहयाेगमा भक्तपुर नगर पालिकाकाे अनुमतिमा उक्त कार्यक्रम संचालन भएकाे आयाेजक समितिका संयाेजक विश्वराम मगजुले जानकारी दिनुभयाे
