जेठ १७ गते भोलि मध्यपुरको बोदेमा वः फेष्टिवल हुुने


जेठ १६, २०८२, शुक्रबार | साँझ ०५:३१ बजे | 200


जेठ १७ गते भोलि मध्यपुरको बोदेमा वः फेष्टिवल हुुने

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ८ को बोदेमा जेठ १७ गते तेस्रो वःमहोत्सव २०८२ आयोजना हुँदैछ । १३ प्रकारका वः (बारा) बारे जानकारी दिदैं मध्यपुर पर्यटन विकास समाजका अध्यक्ष रमेश प्रजापतिले थिमिको दुईपोखरीमा पहिलो, नगदेशमा गतवर्ष दोस्रो र ऐतिहासिक एवं सांस्कृतिक नगरी बोदेमा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा वः(बारा) महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले हाम्रो मौलिक खानाका प्रकार मध्ये एक वः महोत्सव मार्फत बोडे क्षेत्रका ऐतिहासिक सांस्कृतिक सम्पदा, संस्कृति, नाचगान, भजन एवं जीवनशैलीका बारेमा बुझ्न सकिने बताउनु भयो । नगरप्रमुख श्रेष्ठले सकारात्मक सोच चिन्तनको महत्वबारे प्रकाश पार्दै कमलपोखरी र निलबाराहीको ऐतिहासक, सांस्कृतिक, मौलिक र पर्यटकीय महत्वबारे नगरपालिकाले सरोकारवाला र स्थानीय बासिन्दासँग सहकार्य गरेर अघि बढिरहेको बताउनु भयो । कार्यक्रममा मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले एकहप्ते दक्षिण कोरिया भ्रमणबाट स्वास्थ्य क्षेत्रमा सुधार र पर्यटन विकासमा धेरै कुरा सिकेको जानकारी दिदैं उक्त ज्ञानलाई मध्यपुरको स्वास्थ्यको विकासमा प्रयोग गरिने बताउनु भयो । उपप्रमुख श्रेष्ठले वः महोत्सवमा स्थानीय पेशा व्यवसाय र जीवनशैली प्रस्तुत हुने अपेक्षा गर्नुभयो । मध्यपुर थिमि नपा ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठले बोदेको सम्पदा, संस्कृति, जीवनशैली एवं मौलिक पहिचानको बारेमा जानकारी दिन वः फेष्टिवल सहयोगी हुने अपेक्षा गर्दै सबैको साथ र सहयोगमा महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो । वः फेष्टिवल सम्बन्धी अन्र्तक्रिया एवं छलफल कार्यक्रममा स्थानीय समाजसेवीहरु विनोद खमू, प्रेमचन्द्र अदुवा, दिलकृष्ण बाटा, सजिव था, प्रेम के निडर, सूर्यराम था लगायत बोडे क्षेत्रमा संचालित संघसंस्था, महिला समूहका प्रतिनिधिहरुले विभिन्न सुझाव सहित आआफ्नो धारणा राख्नु भएको थियो । मध्यपुर पर्यटन विकास समाजका सचिव शिवसुन्दर श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम बोदेको निलबाराही बैंक्वेटमा भएको थियो । वः(मास, मुगिं लगायतका गेडागुडी पिसेर बनाइएको पिठो) एक प्रकारको स्वादिलो अनि स्वस्थबद्र्धक रोटी हो । जेठ १८ गते सिटिनखको दिन नेवा समुदायले पानीका मुहानहरु जस्ते इनार, ढुंगेधारा, कुँवा आदिको सरसफाई पछि विभिन्न प्रकारका वः बनाएर खाने चलन छ ।
 

Comments