जेठ १५, २०८२, बिहीबार | विहान ०१:०२ बजे | 110


आज नवदुर्गा देवगणको देवाली पुजा (स्वं छा)

नारायणमान वनमाला
ऐतिहासिक भक्तपुर नगरको प्रसिद्ध मल्लकालिन अवस्थाबाट संचालित मानव समाजमा आधारीत श्री नवदुर्गा भवानीको यस वर्षको देवालि पुजा (स्वं छा) अर्थात देवगणको कुल देवता पूजा एतिहासीक परम्परा अनुशार हरेक वर्षमा पूजिने देवाली पूजाबाट मानव समाजमा रितितिथि परिकारको भोजन मानव शरिरमा आवश्यक पोषण खाना सरसफाई प्रकृति संग सामाना गर्ने आधार शक्ति प्राप्त हुने सन्देसको रुपमा देवाली पूजा गर्ने परम्परा रहेको नवदुर्गा देवगणको देवाली पूजा बाट प्रष्ट देखीन्छ । वर्ष भरिमा हरेक चुनौतिहरु संग सामना गर्न शुस्वास्थ रहन परिवारहरुको मिलन रहने कूल शान्ती रहोस भनि आशाका साथ यस बर्षको देवाली पूजा आज २०८२ जेठ १५ गते तृतिया बिहीबारको दिनमा श्री नवदुर्गा मन्दिर गछे स्थित सम्पूर्ण देवगणहरुको जिम्मेवारीका साथ विहान देखि विभिन्न फुलको तोलन (स्वं खचा) बनाएर अति रंगिचंगी फुलको माला र दिवाली पुजाको सम्पुर्ण साधान भोज सामाग्रीहरु तयार गरि व्यस्त रहि देवाली पूजा सम्पन्न गरिन्छ साथै यस वर्षको देवगणहरुले वर्ष भरि विभिन्न परिकारहरुको भोजन पश्चात दिवाली दिनमा ऐतिहासिक परम्परा अनुसार आफ्नो घर परिवार बाट घरमा साफा शुद्ध गरि मुल पुजा साधाण तयार गरि प्रत्येक एक देवगण ले वलीको रुपमा भाले चढाउनु पर्नेुको साथै आफ्नो क्षमता अनुसारको नित्य कर्मको साधना गर्दै पुजा शुभारम्भ हुने गर्छ । पुजा तयारी क्रममा विहान देखि मन्दिरको चाकमा सरसफाई का साथ देवताको मुकुन्दो हरु चोक मा विराजमान गरिन्छ ।सोहि लगतै देवगणहरुले पुजा साधान मन्दिर भित्रयी क्रमस खी वाजा तं बाजा कंसबाजा भैरव महाकाली, बाराही, कुमारी, धोम्हा पोमी, दातिम्हा पोमी, झिम्हा पोमी गणेश,ब्रम्हाायणी,महेश्वरी, भद्रकाली, गर्दै अन्तिममा मन्दिरको पुजारी –नकी) बाट मुलपुजा चढाई अन्तिम बली थुम्हा  भेडा बली दिइने चलन रहेको छ । पुजा गर्ने क्रममा भैरव काली बाराही तीन जना देवगण ले सेतो जामा (घाजीनं) पहिरण गरि मन्दिरको चोक मा देवताहरुलाई फुलको मालाले झिलीमिली गर्दे क्रमश पुजा गरिन्छ । साथै दिनभरिको पुजा ऐतिहासिक किवदंति रहेको छ भने कुनै बेला बर्षा नहुदा खेरी नवदुर्गाको देवाली पुजाको दिन देखि मनसुन बर्षा हुने जनविश्वास पनि रहेको छ । नेवार जातिको सास्कृतिक परम्परा अनुसार वर्षको एक दिन सुस्वास्थ र आफ्नो गरेको काम सफलता मिलोस दिन दसा राम्रो होस भनि देवाली पुजा गर्ने परम्परा मातृ सताप्ति काल देखि नवदुर्गा देवगण बाट सुरु भएको देवाली पुजा दिसा बोध गरेको देखिन्छ । साथै सोहि दिन देवगणका सम्पूर्ण परिवार हर्ष उलास का साथ प्रसाद ग्रहण गरिन्छ । देव गण हरुको भनाइ अनुसार वर्ष भरि देवताको प्रसाद ग्रहण गरेको देवाली पुजाको दिनमा पुर्ण तयार गरि देवतालाई चढाई खाएको मुक्त हुने र फलीफाप हुने भनाइ रहको छ ।विभिन्न परिकार मध्य अण्डा ,बारा, चतामारी,जाड रक्सी, सम्हेबजी, मासुको परिकार , गोजा , अछेता, फुलका मालाहरु, फलफुल परिकारहरु, सतुङको डल्लो सम्पूर्ण परिकार चढाउनु पर्ने व्यवहारिकता छ ।यस वर्षको नवदुर्गा देवगणको जात्रा पनि अन्तिम चरणमा आठ दिन पश्चात मिति २०८२।०२।२२ गते बिहीबार दरवार क्षेत्र इछु तोलमा माछा मार्ने सम्पन्न गरिन्छ ।त्यस पछि चार दिन पछि तलेजु मुलचोकमा सिं जा नकेगु (अन्तिम भोज) असार १ गते आईतबार कालरात्रीको दिनमा नाच सम्पन्न गरिन्छ । सोही लगतै २०८२ असार ४ गते बिहीबार भलभल अस्टमीको दिनमा भक्तपुर नगर परिक्रमा गरि वडा नम्वर ९ ब्रमायणी पीठमा न्याखिं बाजा को साथमा मुकुन्दो जालाउने(जले विज्याकेगु) गरि यस वर्षको नवदुर्गाको जात्रा सम्पन्न गरिन्छ ।आशा छ यस नगर तथा सम्पुर्ण भक्तजनहरु दिवाली पुजा कायक्रममा दर्शन गर्न आउने आशा र नवदुर्गाको ऐतिहासिक परम्परा बारे जानकारी गराउन आफ्नो क्षेत्र स्थानीय तह सम्वन्धित निकाय बाट आवश्यक सहयोग को आशा एवं विश्वास गर्दै भक्तपुर नगरपालीकाको सांस्कृतिक धरोहरलाई जोगाई पहिचान रहने विश्वास दिलाउन चहान्छु ।

नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाका प्रमुख  सल्लाहकार नारायणमान वनमाला

 

द्यो बोकेगु (भोजन चढाउने)

मानव समाजमा श्री नवदुर्गा देवगण जात्राबाट द्यो बोकेगु (भोजन चढाउने) संस्कृतिबाट कुन विषयमा दिशाबोध गर्ने भन्नाले मार्तसप्टावधिकालमा मानव समाजको रहनसहन साथसाथै खानाको पनि संस्कृति देखिरहेको पाइन्छ । सोहि परम्परा अनुसार  मानव समाजमा आस्थाको आधारमा मनाउने संस्कृति मध्ये परिवारजनमा ब्रतबन्ध, शुभविवाह, भिठारोहन, गुठी पूजा सम्पन्न चितायको कार्य शिद्धि पुरा हुने बेला कुनै कार्य सफलता भएको बेला हर्ष उलासका साथ द्यो बोकेगु (भोजन चढाउने) इतिहास रहेको हरेक बर्ष परम्परा चल्दै आइरहेको अवस्था देखिन्छ । द्यो बोकेगु भन्नासाथ आफ्नो श्रद्धा र आस्था प्रदर्शन गर्ने आधारलाई मानेर श्री नवदुर्गा देवगण पुजालाई बली संगै पूजा गर्ने चल्नमा मैले बुझे अनुसार मानव परिवारमा ब्रतबन्धकै बेला होस ब्रतबन्ध पश्चात पुरुष केटा अब तिमी सत्य नागरिक भयो, लाज नैतिकताबाट प्रशिक्षित भयो । शिक्षाबाट अनुशाशन देखि मान मर्यादा, चरित्रवान व्यक्ती समानस्वरुपमा  मानव समाजमा हरेक रहनसहनको शिक्षादिने  श्री नवदुर्गा देवगण साचिराखेर द्यो बोकेगु भोजन चढाएर तिम्रो मंगल सिद्धि कार्य सम्पन्न भएको आधार मानिन्छ । साथै  शुभविवाहमा पनि नवदुर्गा देवगण परिवार जस्तै मेलमिलाप रहन सहनको आर्शिबाद प्राप्त गर्नको निमित साथै कुनै सफल कार्य सम्पन हुन्दा आफ्नो आत्मा सन्तोहिति हुन र समाजमा टोल छिमेकी, आफ्न्त, नातागोता, सम्पुर्णलाई प्रसाद ग्रहण गरि संस्कृति पहिचानका साथ द्यो बोकेगु पूजा गरिने चलन रहेको पाईन्छ । साथै यस्तै सम्वन्धमा भोजन भन्नाले पनि धेरै खानपिनको शिक्षादिने संस्कृति हाम्रो मानव समाजमा खानाको परिकार कुन चिज कसरी  भोजन गर्ने, स्वास्थ्यकर खाना कसरी भोजन गर्ने, चरणबद्ध रुपमा प्रदर्शन गरि सर्ब प्रथम माछा, अण्डा, वाढा चतामारी, मासुको परिकार, गेडागुडीको परिकार, तरकारीको परिकार, चौरासी बेन्जनको रुपमा परिकार तयारी गर्ने अन्तमा दही चिउरासंगै भोजन सम्पन्न गर्ने क्रममा झोल पदार्थमा जाड, रक्सी, दुध समेत चढाउने ऐतिहासिक परम्परा रहेकोले यस देवगण जात्रामा समाबेश रहेको पाइन्छ । साथै यस्तै  संस्कृतिको आधारमा पनि हरेक  संस्कृति परम्परामा पनि भोजन चढाउने गरेको पाईन्छ । यस देवगणबाट शाकाहारी, मांसाहारीको पहिचान, प्रकृतिबाट उत्पादित विभिन्न खाद्य परिकार समय अनुसारको खानपान, खानाको महत्व समेत यस द्यो बोकेगु  (भोजन चढाउने) संस्कृतिबाट मानव समाजमा दिशाबोध गरिरहेको प्रस्त रुपमा देखिन्छ ।  साथै द्यो बोकेगु  (भोजन चढाउने) बेला फुलको पहिरण, फलफुलको माला, अर्थात बिमिरो, भ्याम्सी, खाहिसी फलको माला चढाई शत्रु नाश राक्षेशको टाउको  माला चढाएर देवगण सन्तोष गर्ने चलनपनि रहेको पाईन्छ । साथै बिधिवत रुपमा मुल नाइकेबाट पूजा ग्रहण गर्ने  देवगणको मुल देवता भैरवनाथबाट पुजा सम्पन्न गर्ने, परिवारमा चेलिबेतिबाट खाना आदानप्रदान जस्तै कुमारी देवगणबाट सम्पूर्ण  देवगणलाई पात्र खुवाउने पंञ्च तत्व खाना परिकार जस्तै अण्डा, माछा, मासु, लसुन, अदुवाका साथ चलन रहेको पनि पाईन्छ । साथै श्रीमान श्रीमती भैरव वाली बाराही, जेष्ठ घरमुलीको मिलन संगै बाजाको तालमा मंगल सिद्धि नाच, गणेश, ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली देवगणबाट पूजा गर्ने, भक्तजनको पवित्र स्थल होस्  भनेर आर्शिबाद दिने परम्परामा शिम दुम्ह बालकुमारी पुजारी नकी समेत १९ जना देवगण समेत यस द्यो बोकेगु (भोजन चढाउने) संस्कृतिमा पंच रंगि धागोको महत्व कालो टिकाको –मोहनी) प्रसादको महत्व दही चिउराको प्रसाद ग्रहणबाट आत्मा शन्तोस्ती बारे पनि प्रस्त देखिन्छ । यस जात्रा टोल बासीहरुबाट बाजागाजाका साथ लिन जाने मन्दिर पुर्याउने गरि जात्रा द्यो बोकेगु (भोजन चढाउने) सम्पन्न गरिन्छ ।
 

Comments