तीनदिने कौशी खेती तालिम सुरु
जेठ १४, २०८२, बुधबार | विहान ०५:२३ बजे | 535
भक्तपुर । कमलविनायक नगांचा कृषि समूहका कृषकहरूलाई कौशी खेती प्रर्वद्धन कार्यक्रम अन्तर्गत ३ दिने कौशी खेती तालिम दिन सुरु भएको छ । तालिम जेठ १४ देखि १६ गतेसम्म चल्ने जनाइएको छ । भक्तपुर नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अथिति भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष एवं भक्तपुर नगरपालिका कृषि समितिका संयोजक राजकृष्ण गोरा रहेका थिए ।