किन गरयो मृगौला प्रत्यारोपण केन्द्रले पत्रकार सम्मेलन ?


जेठ ११, २०८२, आइतबार | विहान ०७:४३ बजे | 30


किन गरयो मृगौला प्रत्यारोपण केन्द्रले पत्रकार सम्मेलन ?

शहीद धर्मभक्त राष्टिय प्रत्योरोपण केन्द्र दूधपाटी भक्तपुरले आइतबार पत्रकार सम्मेलन गरेको छ । आफनै भबन प्रवेश गर्ने भुइतल्लामा पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले भबन अभाबको व्यंग्य गर्दै यस्तो अवस्थामा पत्रकार सम्मेलन गर्नुपरेको बाध्यता पोखे । 
प्रेश वक्तव्य
नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मृगौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक
प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृगौला र कलेजो प्रत्यारोपण नेपाली विज्ञहरुबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएको छ । संसारकै सबै भन्दा जटिल शल्यक्रिया मध्येको उक्त कार्य संसारमै बिरलै हुने गरेको छ। अर्को मृगौला एक ४२ वर्षिया महिलामा प्रत्यारोपण गरिएको छ। प्रत्यारोपित व्यक्तिहरुले स्वास्थ्य लाभ गरिरहेका छन भने केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेको छन ।
प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रयारोपणमा कलेजो तर्फ डा रोशन घिमिरे र डा प्रविण महर्जनले सघाउनु भएको थियो भने मृगौला तर्फ डा दिपेश श्रेष्ठ, डा रुपेश कुमार झा, डा हरि प्रसाद बराल, डा रोजन अधिकारी डा विकास खड्का लगायतले सघाउनु भएको थियो। एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा रेखा श्रेष्ठ, लगायतले सहयोग गर्नुभएको थियो ।
यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा लुसन सिंह, डा. सुमित आचार्य, डा सन्तोष सुवेदी डा रुबश नाथ योगी र डा. विक्रमवीर बज्राचार्य सहभागी हुनुहुन्थ्यो भने रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा जस्मिन जोशी, डा. हितेश रायमाझी, डा सुधिर जोशी, डा जी एलिनले कार्य गर्नु भएको थियो । प्यायोलोजि विभागबाट डा सविना श्रेष्ठ, डा सुस्मिता घिमिरे, ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा बादल महर्जन, तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गर्नु भएको थियो भने नर्सिङ विभागबाट निर्देशक पुजा कोइराला, इन्चार्जहरु अस्मिता कटुवाल, बबिता लवजु, अनिता कार्की, मीना खर्बुजा, एलिसा श्रेष्ठको टिमले सघाएको थियो। फोकल पर्सन गौरव पन्थ तथा राम चन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए ।
काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, काठमाण्डौमा मिति २०८१।०२।०१ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मृर्गौला र एक कलेजो प्राप्त भएको थियो । उक्त अङ्गदान कार्य सफल गर्नका लागि सोही अस्पतालका सञ्चालक माननीय सुनिल शर्मा, सर्जन डा रोशन घिमिरे, नेफ्रोलोजिष्ट डा. सुरेश महर्जन, एनेस्थेसियोलोजिष्ट डा विजय के.सी., पोष्ट मार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ, लगायत बाट सकरात्मक सहयोग प्राप्त भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. प्रदीप पौडेलज्यू मस्तिष्क मृत्यू पश्चात हुने अंगदान जस्तो पवित्र कार्यलाई थप प्रोत्साहान प्रदान गर्न अंगदाताको परिवारलाई आर्थिक सहयोग वृद्धि गरी रु २ लाख तथा अंगदाता अस्पताललाई रु ७५ हजार सहयोग गर्ने घोषणा गर्नु भएकोले यस कार्यले अब गति लिने विस्वास गरिएको छ।
भएको हुँदा यस कार्यभा सबैको सहयोगको लागि आवन गर्नु भयो। अंग फेल भएका व्यक्तिहरु अंग प्राप्त गर्नका लागि समन्वय इकाइमा सम्पर्क राधी प्रतीक्षाको सूचीमा आफ्नो नाम लेखाउन र ३÷३ महिनामा अद्यावधिक गर्न आह गर्नु भयो। आफ्नो मृत्यु पश्चात अंग गर्न चाहाने जो सुकैले घरमा बसी बसी अनलाईन मार्फत वा मोवाइल एम्स बाट फारम भर्न सकिने तथा भौतिक रुपमा केन्द्रमा आई अगदान सम्बन्धी मन्जुरीनामा दर्ता गर्ने व्यवस्था समेत मिलाइको छ।
प्रत्यारोपण सेवा विस्तारमा राष्ट्रिय प्रत्यारोपण केन्दको भूमिका र आवश्यकताः
देशको सातवटै प्रदेशमा प्रत्यारोण सेवा विस्तार गर्ने योजना बनाएको यस केन्द्रले चार वटा प्रदेशमा प्रत्यारोपण सेवा शुरु गरि सकेको बागमती, गण्डकी, कर्णली, लुम्बिनी। र बाँकी तीन बाटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको छ। तर प्रत्याारोण सेवा विस्तारका लागि आवश्क विशेषज्ञ जनशक्ति उत्पादन गर्न केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा विलम्ब भई रहेको छ भने उपयुक्त जग्गाको प्राप्त नहुँदा केन्द्र आफ्नै स्रोतबाट ३०० देखि ५०० बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको छ। केन्द्रले भक्तपुर इट्टा टायल कारखाना रहेको उद्योग मन्त्रालय मातहतको जग्गा लिज डेढ वर्ष अघि नै समाप्त भईसकेको), सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालको जग्गा मध्ये कुनै एक ठाउँको जग्गा प्रप्ती गर्न गरेको पहल हाल सम्म साकार हुन सकेको छैन।
एकै व्यक्तिमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मृगौला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षषले ठूलो फड्को मार्न सम्भब भएको छ।
अंग फेल भएका गरीब नेपाली जनताको ज्यान बचाउन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आफ्नै एक इन्य पनि भवन नभएको, उपलब्ध भवन अत्यन्तै साँघुरो भएको तथा केन्द्र आफैले ३०० बेडको भवन बनाउन सक्षम रहेको हुँदा उपयुक्त जग्गा तत्काल उपलब्ध गराउनको लागि नेपाल सरकार सँग जोडदार माग गर्दछ । मस्तिष्क मृत्यू पश्चातको अंगदान र प्रत्यारोपण संसारमै कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यस सम्बन्धि व्यापक जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्च्चिामा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यू पश्चात हुने अंगदान बाट हुन सक्दछ र देश अंग प्रत्यारोपण्मा आत्म निर्भर हुन सक्दछ ।
यो कार्य यहाँ सम्म आइपुग्न सहयोग गर्ने पत्रकार, कालाकार राजनीतिज्ञ, समाजसेवी तथा चिकित्साकमी सबैमा आभार व्यक्त गर्दछौं ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर २०८२ जेष्ठ ११ गते, आइतबार

Comments