खेलाडीहरूलाई हार र जितमा मात्र ध्यान केन्द्रित हुन नहुने
जेठ १०, २०८२, शनिबार | दिउँसो १२:३८ बजे | 35
जेठ १०, भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भएको कुमार ग्वाछा खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगिताको विजेता भारतका १५ वर्षिय विनायक सिं यादव घोषित भएका छन् । प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले पुरस्कार वितरण गर्नुभयो । समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले नेपालजस्तो गरिब मुलुकमा बुद्धिचालजस्तो कम खर्चिलो खेल जसबाट अत्यन्त राम्रो प्रतिफल प्राप्त गर्न सक्ने खेल भएको हुँदा खेलाडीहरू अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बुद्धिचाल अन्तर्राष्ट्रिय खेल भएको हुँदा अन्तर्राष्ट्रिय जगतमा सम्बन्ध कायम गर्न, घुलमिल गर्न र अन्तरक्रिया गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि गोसाईंले खेलाडीहरूलाई हार र जितमा मात्र ध्यान केन्द्रित नगरी नेपाली समाजको समस्या सम्बन्धित ठाउँसम्म पु¥याएर अपिल गर्ने जिम्मेवार नागरिक बन्नुपर्ने र बनाउनुपर्ने बताउनुभयो । खेलाडीहरू देशप्रेमी बन्नुपर्ने, खेलाडीहरू सम्वेदनशील बन्नुपर्ने र राजनीतिक चेतना पनि खेलाडीहरूमा हुनुपर्ने स्पष्ट पार्नुभयो । बुद्धिचाल आफैमा एउटा कुटनीतिक खेल भएको हुँदा खेलको माध्यमबाट कुटिनीतिक क्षेत्रमा योगदान पु¥याउनुपर्ने र फराकिलो जिम्मेवारसहित खेलाडीहरू अगाडि बढ्नुपर्ने बताउनुभयो । टीमका सल्लाहकार एवम् भक्तपुर नगरपालिका ७ नं. वडाका वडा अध्यक्ष उकेश कवांले खेलाडीले आप्mनो खेलको माध्यमबाट देश र जनताको पनि सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले खेलमा हार र जित हुन्छ तर खेलकुदबाट जोडेको मित्रता पछिसम्म कायम रहने भएकोले खेलाडीहरूले खेललाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । टीमका अर्का सल्लाहकार श्रीकृष्ण किसीले विजयी खेलाडीहरूलाई बधाई व्यक्त गर्नुहुँदै विजय हासिल गर्न नसकेका खेलाडीहरूले निरन्तर रूपमा प्रयास गरिरहनुपर्ने बताउनुभयो । जेठ ९ गतेबाट भएको प्रतियोगितामा धरानका मुहन नर्सिङ श्रेष्ठ द्वितीय हुन सफल भए भने काठमाडौंका प्रेमकृष्ण महर्जन तृतीय हुन सफल भएका छन् । प्रतियोगिताबाट उत्कृष्ट भक्तपुर जिल्ला खेलाडीको रूपमा निकेन कुसाथा, उत्कृष्ट भक्तपुर नगर खेलाडी प्रथम र द्वितीय क्रमशः पुरूषोत्तम दुवाल र गणेशमान दुवाल घोषणा भएका छन् । प्रतियोगिताबाट उत्कृष्ट महिला खेलाडी कुसुम घिसिङ, उत्कृष्ट भेट्रान खेलाडी अशोक मोहन श्रेष्ठ, १४००–१६९९ का उत्कृष्ट खेलाडी राजकुमार राई र १७००–१८९९ का उत्कृष्ट खेलाडी भगवती प्रसाद शर्मा घोषित भए । त्यस्तै उत्कृष्ट अन्रेटेड खेलाडी प्रथम कैलाश शरण बराल र दोस्रो अशोक पण्डित भए भने उत्कृष्ट १६ वर्ष मुनि, १४ वर्ष मुनि, १२ वर्ष मुनि र १० वर्ष मुनिका खेला क्रमशः सजल न्यौपाने, प्रत्युशा श्रेष्ठ, स्वातिकमान तुलाधर र हृदय बस्नेत हुन सफल भएका छन् । प्रतियोगितामा भारतका ४, इङ्गल्याण्डका १ गरी पाँच विदेशी र भक्तपुर जिल्लासहित २५ जिल्लाका १३७ जना खेलाडीहरूको सहभागिता रहेको थियो भने ५ जना महिला सहभातिा रहेको थियो । भक्तपुर युवा टीमका अध्यक्ष केशब त्वानाबासूको सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा टीमका सचिव रामेश्वर मचामसीले पनि विजेता खेलाडीहरू बधाई दिनुभएको थियो ।