सकियो भक्तपुर जिल्लास्तरीय खुल्ला एकल नृत्य प्रतियोगिताको दोश्रो चरण 


जेठ १०, २०८२, शनिबार | विहान १०:४५ बजे | 150


सकियो भक्तपुर जिल्लास्तरीय खुल्ला एकल नृत्य प्रतियोगिताको दोश्रो चरण 

भक्तपुर । राइजिंग स्टार डान्स सेन्टर चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोट भक्तपुरको आयोजनामा भएको भक्तपुर जिल्लास्तरीय खुल्ला एकल नृत्य प्रतियोगिताको दोश्रो चरणको छनोट प्रतियोगिता शनिबार भक्तपुरमा सम्पन्न भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा सुरु भएको प्रतियोगिता पाँंच चरणमा हुने प्रतियोगिता संयोजक दिनेश अवालले जानकारी गराए । यसअघि पहिलो चरणको प्रतियोगिता गतहप्ता भएको थियो ।
प्रतियोगितामा प्रथम हुने प्रतियोगिलाई नगद रु एक लाखसहित पुरस्कार तथा प्रमाणपत्र विरतण गरिने आयोजकले जनाएको छ । दितीय हुनेलाई ५० हजार, तृतीयलाई २५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र पनि वितरण गरिने जनाइएको छ । साथै सान्त्वना हुने दुई जनालाई प्रति प्रतियोगी दसदसहजार नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिने आयोजक राइजिंग स्टार डान्स सेन्टरले जनायो । 
प्रतियोगितामा जिल्लाका चार वटा नगरपालिकाहरुबाट कुल एक सय ३६ प्रतिस्पर्धी सहभागी रहेका छन् । उनीहरुमध्ये छनौट हुँंदै हुँंदै अन्तिम पाँैचौ चरणमा फाइनलबाट विजयीहरु छनौट गरिने जनाइएको छ ।  
दोश्रो चरणको प्रतियोगिताको उदघाटन शनिबार चाँंगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र त्यस क्षेत्रका प्रदेश सांसद् सुरेश श्रेष्ठले संयुक्त रुपमा गरे । त्यस अवसरमा दुवैले नगरकोट महोत्सव सम्भ अनि भव्य रुपमा सम्पन्न गर्न अरु पनि विभिन्न प्रतियोगिताहरुको आयोजना गर्ने योजनामा रहेको जानकारी गराए । प्रतियोगिताका लागि चाँंगुनारायण नगरपालिकाले सहयोग गरेको बताइएको छ । प्रतियोगिता चाँंगुनारायण नगरपालिकाको हल हेलमेट डाँंडा चाँंगुनारायणमा भएको थियो । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरु सवैलाई एउटाएउटा टिशर्ट पनि वितरण गरिएको थियो । यस क्रममा शनिबार दुवै प्रमुख अतिथिहरुले वितरण गरे । 
 

Comments