भक्तपुरको विभिन्न आन्दोलनमध्ये सहकारी आन्दोलनको छुट्टै महत्व
जेठ १०, २०८२, शनिबार | विहान ०७:५६ बजे | 80
भक्तपुर, बैशाख
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सहकारी ऐन, नियमावली तथा राष्ट्र बैकको निर्देशन र मापदण्ड सम्बन्धी छलफल तथा संस्था नगरस्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार र ६८ औं सहकारी दिवसको प्रभातफेरि ¥यालीमा उत्कृष्ट सहभागीता पुरस्कारबाट सम्मानित भएको अवसरमा धन्यवाद ज्ञापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभा सदस्य सृजना सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सैंजुले सहकारी संस्था समाजको अभिन्न अड्डको रुपमा विकास भइरहेकोले सहकारीबाट सुव्यवस्थित एवं समुन्नत समाज निर्माणमा अहम भूमिका खेल्नुपर्ने बताउनु भयो । भक्तपुरको विभिन्न आन्दोलनमध्ये सहकारी आन्दोलनको छुट्टै महत्व रहेको र त्यस्तो आन्दोलन महिला सहभागीताले सफल भएको चर्चा गर्दै नेतृत्वतहमा महिला पुग्नु पर्ने औल्याउनु भयो । समाजवादी देशमा सहकारी आन्दोलनको अन्तर्राष्ट्रिय घटनाक्रमहरुको चर्चा गर्दै लेनिन र माओ त्सेतुड्डबाट ती देशमा नेतृत्वतहले गरेका संघर्षबाट हामीले सिक्नुपर्ने बताउनु भयो । उहा“ले सहकारी र बैंकको भिन्नतालाई औल्याउ“दै बैंक पू“जीपती वर्गको हितको लागि र सहकारी गरिव तथा शोषित पिडित वर्गको हितको लागि संचालन गर्ने बताउनु भयो । तसर्थ समाजवादी राष्ट्र निर्माणका साथै समाजको व्यापक एवं चौतार्फी हितका लागि नै सहकारी संस्था संचालन हुनुपर्ने कुरा स्पष्ट पार्नु भयो ।
भक्तपुर नगरपालिका २ वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाबाट संचालित विभिन्न विकास निर्माण एवं समुदाय हितका लागि भइ रहेका गतिविधिहरुको बारेमा बताउनु भयो । उहा“ले भक्तपुर नपा सबै क्षेत्रमा नमुना हु“दै आएकोले सहकारीलाई पनि नमुनाको रुपमा विकास गर्नका सम्पूर्ण सहकारीकर्मीहरुमा अपिल गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी क्षेत्रमा आएका वर्तमान समस्याहरु र संशोधित सहकारी ऐन, नियमावली तथा राष्ट्र बैंकबाट जारी निर्देशिका र मापडण्द सम्बन्धी जानकारी मूलक प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।
भनपा वडा नं. २ का वडा सदस्य एवं संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले नगरमा सहकारी क्षेत्रको सुधारका लागि पालिकबाट नियमित रुपमा संस्थाहरुको अनुगमन गर्दै आएको र अनुगमनाका क्रममा देखिएका चुनौति एवं सहकारी समस्याहरुको बारेमा जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले संस्थाले स्थापनाकाल देखि नै सदस्य केन्द्रीत विभिन्न शीपमूलक तालिम, प्रशिक्षण कार्यक्रम तथा गोष्ठि, अध्ययन अवलोकन भ्रमण र सा“स्कृतिक बाजागाजा तथा नृत्यको प्रशिक्षण, समुदाय लक्षित सचेतनामूलक विभिन्न गतिविधिहरु संचालन गर्दै आएको कुरा बताउनु भयो । साथै उहा“ले सरकार र राष्ट्र बैंकबाट जारी निर्देशन समुदायमा आधारित सहकारीको हित विपरित रहेको औल्याउदै ऐन नियमावली संशोधनको माग गर्नुभयोे । संस्थाले विभिन्न सहकारीहरुमा देखिएको समस्याहरुको मिहिन विश्लेषण गर्दै सदस्यहरुले सहकारी चिनेर समुदायमा आधारित सहकारीमा मात्र आफ्नो बचत जम्मा गर्नुपर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका सचिव राजु छुकां र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...