सकियो ४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण
जेठ ९, २०८२, शुक्रबार | दिउँसो ०२:३३ बजे | 75
काठमाडौं । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको “४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम – २०८२” आज शितल निवासमा एक समारोहवीच सम्पन्न भयो । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा एक समारोह बिच सम्पन्न भएको कार्यक्रममा देशभरको विभिन्न जिल्लाका धर्मगुरु, गुम्बाको प्रमुख लामा तथा अध्यक्ष लगायतलाई बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारिणी होम दोङ तामाङबाट सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष श्रद्धेय धर्मगुरु डाड्ड खेम्बो जिक्टोलबाट दिप प्रज्वलनको साथ टासी मंगलपाठ गरी भ्रमणको प्रारम्भ भएको थियो । ४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम–२०८२ काठमाडौं हुदै बुद्ध जन्मस्थल, शाक्य मुनि सिद्धर्थको दरबार तिलौराकोट, बुद्धको आस्तु धातु रहेको रामग्राम स्तुपा, पोखराको बिश्र्व शान्ति स्तुपा, बिशाल शिव मुर्ति दर्शन, महेन्द्र गुफाको साथ पर्यटकिय क्षत्र फेवातालसम्मको अवलोकन, दर्शन तथा धार्मिक प्रवचन सहितको देश दर्शन कार्यक्रममा अध्यक्ष श्रद्धेय धर्मगुरु डाड्ड खेम्बो जिक्टोलबाट प्रत्येक स्थलगत जानकारी गर्नुभएको थियो ।
कार्यक्रम संचालन भने योजना शाखाका कर्मचारी रामबहादुर सापकोटले गरेका थिए । बौद्ध दर्शन अध्ययन भ्रमण यसवर्ष बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षको नेतुत्र्वमा ५ दिवसिया ज्ञानवर्तक भएको निष्कर्ष अभियन्ता टेकराज तामाङ्ले बताउनु भएको थियो ।
आज “४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम–२०८२“ समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिबाट बौद्ध धर्म गुरुहरुको देश दर्शन धर्म भ्रमणले समाजमा शान्ती, वातावरण समय अनुकुल जसरी परिवर्तन हुन्छ यसैगरि गाउ समाज, समुदाय र देशमा धर्म गुरुहरुको योगदानले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतार्नुपर्ने बताएका छन् ।
४७ औं लामा देशदर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई शुक्रबार शीतल निवासमा सम्बोधन गर्दै उनले बौद्ध धर्मले अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताएका हुन् । सु शासन शान्ति हुने बिश्वास ब्यक्त गर्नुहुदै राष्ट्रपति पौडेलले मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जाने बताउदै “४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम–२०८२झ“ मा सहभागीहरुलाई धन्यवाद को साथ कदर– पत्र वितरण गर्नुभयो ।
अध्यक्ष धर्मगुरु डाड्ड खेम्बो जिक्टोलबाट यस कार्यक्रमले देश तथा बिदेशमा बुद्ध भुमिबाट राम्रो सन्देश जाने यस कार्यक्रम निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो । यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रवद्र्धनमा टेवा पु¥याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।
कार्यक्रम तालिका अनुसार बुद्ध जन्मभुमि लुम्बिनी, कपिलबस्तु, तिलौराकोट, रामग्राम र पोखरा शान्ती स्तुपा हुंदै बौद्ध, स्वयम्भु धार्मिक स्थल दर्शन गर्दै राष्ट्र प्रमुखको प्रमुख समपस्थितिमा समापन कार्यक्रमलाई धन्यवाद राख्दै कार्यक्रम समापन को घोषणा गर्नुभयो ।