भोलिदेखि भक्तपुरमा कुमार ग्वाछा चेस प्रतियोगिता
जेठ ८, २०८२, बिहीबार | दिउँसो ०२:१३ बजे | 35
भक्तपुर । भक्तपुर युवा टिम गोल्मढीको आयोजना भोलि शुक्रबारदेखि भक्तपुरमा कुमार ग्वाछा मेमोरियल ओपन फिडे रापिड रेटिङ विलो २००० चेस प्रतियोगिता हुने भएको छ । भक्तपुर चेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका उत्कृष्ट खोलाडीहरुलाई नगद पुरस्कारसहित ट्रफिको व्यवस्था गरेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने उत्कृष्टलाई नगद रु. २५ हजार प्रदान गर्ने जनाइएको छ । साथै, दोस्रो हुनेलाई रु.१५ हजार, तेस्रोलाई १० हजार तथा चौथौलाई ७ र पाँचौलाई ६ हजार एवं ६ देखि १० औं स्थान हासिल गर्न सफल हुनेलाई नगद रु. ५।५ हजार नगद पुरस्कार दिने छन् ।
नगद रु १ लाख ५० हजारसम्म नगद पुरस्कारसहित हुने प्रतियोगितामा सहभागी हुन चाहेन खेलाडीहरुको नाम दर्ता १६ वर्ष मुनिका महिलाका लागि रु. ५ सय र अरु खेलाडीहरुलाई रु. १ हजार शुल्क लाग्ने पनि आयोजक समितिले जनाएको छ । स्वीच लिगको आधारम खेलाइने प्रतियोगिता जेष्ठ ९ गते विहान १० बजेदेखि जनाइएको छ । कार्यक्रम महेश्वरी बैक्वेटमा हुने जनाइएको छ ।