मीठो बोली वचन बोलौ
जेठ ८, २०८२, बिहीबार | विहान ०३:३२ बजे | 70
कुमार लघु, ख्वप
भाइबहिनीहरू मलाई माया गर्ने सबैलाई नमस्कार,
आज तिमी हामी तपाईलाई म त मीठो बोली वचन माया ममता गरौ र बोलौ भन्न चहान्छु ।
घर आँगन, टोल छिमेक, वडा स्कूलमा कक्षामा समुदायमा समाजमा नमिल्ने व्यवहार नगरौ । मिल्ने व्यवहार, अपनाऔ । चोर चकारी नगरौ । सबैसित सध्दवुध्दि विचार पलाओस् । जहाँजता गए नि आहा ! कति राम्रा लेख्ने पढ्ने बोल्ने मिठास कुराकानी गर्ने र सधै सफा सुग्धरमा वस्ने गरौ । सबैले असल रहेछ भने, भनोस् । देश र समाज वनाउन आफू मात्र राम्रा भएर नि नहुने समुदाय समाज राम्रो वनाउन सबै तह तप्काका व्यक्तिहरू नै असल र इमान्दार भए मात्र नेपाली समाज राम्रा भन्छन् ।
यहाँ उच्च पदस्थ ओहादा ओगट्नेहरू नराम्रा देखियो । तिनीले ठूल्ला विमानस्थलहरूको एरर्पाेटहरू वनाउँदा १३ –१४ अरव सम्म भ्रष्टाचार गरेको कुरा पत्र पत्रिका र रेडियोमा सुन पाईयो । के भएको हो ? समाज देश वनाउँछु भनेर सपथ खाएका मान्छेहरू यसरी भ्रष्टाचारको गरे देश चुलुर्म नडुव्ला त ? सबैको मनले कस्ता भोलीहरू पदमा वसेर गएका रहेछन् भन्ने कुरा राष्ट्यि र अन्तराष्ट्यि रूपमा व्यापक चर्चा चलेको छ । स सानो तप्काका व्यक्तिहरू मन दुःखाएका छन् । यसो भए त के देश पर निर्भर भए त देश सकिने जनताले अनुमान गरे । स्कूल कलेज ,विश्र्व विध्यालय,यत्रतत्र चौटारो चिया पसलमा मासमा र जनसभाहरूमा भ्रष्टाचारको मात्र गनठन छ त ।
भाइबहिनीहरू देश राम्रा वनाउन पदमा वस्नेहरूहरू राम्रा हुनुपर्छ । नेपाली समाज राम्राछन् । समाजलाई नेतृत्व गर्नेहरू नराम्रो भएको देखियो। घर राम्रो वनाउन जगैदेखि राम्रो हुनु पर्छ भन्ने जस्तै नानी बाबुहरू अध्ययन गर्ने स्कूल ,स्कूलको शिक्षक , कलेज , कलेजको प्रोफेसर, विश्र्व विध्यालय ,विश्र्व विध्यालयको लेक्चररहरू राम्रावाट प्रशिक्षित भएर देश जनता र समाजको निम्ति म जीवन अर्पन गर्छु भन्ने विशाल हृदयको मन छाती भएको हुनुपर्छ ।
लौ त भाइ बहिनीहरू यो लेख पढेर देश ,जनता, समुदाय र समाजको निम्ति जिवनभर लाग्छु भनेर प्रण गर्ने नेतृत्वको आवश्यकता छ । धन्यवाद
२०८२÷२÷०८