पढ्नु पनि खेल्नु जस्तै हो


2025-05-21 04:26:18

News Image

कुमार लघु, भक्तपुर 
भाइबहिनीहरू नमस्कार,
आज म ज्यादै खुसी छु । मैले हिजो ख्वप अस्पतालमा गएर रगत जाँच्ने अवसर लिई शुल्क बुझाए । आज गएर रगत चेक गर्न रगत दिएर आए । आजै फेरि खाना खाई फेरि रगत चेक गर्न जाने समय पर्खेको छु । सो समय पर्खुन्जेल यो लेख कथा तयार पारूला भन्ने मनसायले बसेको छु । तपाईं, म र हामीले विध्यार्थी भएर आफ्नो स्वास्थको पनि ख्याल राख्नुपर्छ । नानीबाबू र स्कुल पढ्ने बाबुनानीहरूको स्वास्थ चेक गर्न स्कूललाई सल्लाह दिनुपर्छ । आमाबुबाले पनि स्कूलमा वन्दोवस्त गर्न लगाउन अभिभावक भेलामा अभिभावकले सल्लाह दिने गरेमा असल हुन्छ । आज मैले भन्न खोजेको कुरा निम्न विवरणमा छन् । अल्छी नगरिकन अध्ययन गर्नुहुन अनुरोध छ । 
आजकल स सानो नानी बाबुदेखी स्कुल पठाउने चलन वढेकै छ । देशले खोजेको यही हो । सयका सय नै शिक्षित भए देश उन्नत्ति गर्न सजिलो हुन्छ । देशमा शिक्षित वढेको मानिन्छ । सबै गाउँ शहर वजार टोल वडा नगरपालिकमा र जिल्लामा स्कूल खोलेर सबैले पढ्ने अवसर लिनु दिनु पर्छ । पढ्नु पनि खेल्नु जस्तै हो । कति स्कूलमा त खेलाई खेलाई गुरु गुरूआमाहरूले उबिथधबथ ःभतजयम मा अध्ययन र अध्यापन गर्दै आउनु भएको होला । हेर भाइ बहिनीहरू पढेर मनोरञ्जन पनि गर्न सकिन्छ । पढेर नै सभ्य मानिस समूह, समूदाय र समाज निर्माण गर्नु पर्छ । जताततै शिक्षाको किरण,  प्रवाह पु–र्याउनु पर्छ । शिक्षा लिएर मानिसले वुध्दि परिपक्को वनाउने मौका लिन सक्षम हुन्छ । शिक्षा ग्रहण गर्न सके मानिसले सिप सिक्न सजिलो हुनेछ । पढेर आफ्नै हातमा सीप हुनु पर्छ । सीप भए आम्दानी गर्न सकिने हुन्छ । सीप भए आफू र परिवारको लागि आय श्रोत जुटाउन सकिन्छ। लुगा जुत्ता,लाउन खाध्य सामाग्री खरिद गर्न सकिने हुन्छ । 
           स्कूलले पनि आमा बुबालाई काममा जान स्कूलले साना नानी बाबुहरूलाई ज्ञानी वनाई स साना नानीहरूलाई अनुशासित,मेहनती र मीठो बोली वचन सिकाउने र पढाएर धर्म सस्कृति रक्षा गरेर देशलाई गुरु गुरूआमाहरूले योगदान गर्नु भएकोमा समाजले स्कूललाई मन्दिरको दर्शन गर्न अभिभावक प्रत्येक दिन नानी बाबू लिएर गुरू गुरूआमाहरूलाई नानी बाबुहरू लिएर देशको निम्ति सक्षम नागरिक तयार पार्न जिम्मा दिएर रोजगारमा लाग्ने दैनिक तालिका वनेको छ।  
                 कसैले मोटरले पु–र्याउने अवसर पनि लिएका छन्।  नानीहरू स्कूलवाट फर्किन्दा घरको गेटसम्म ल्याई पु–र्याउँदा आमा बुबा र बाजै वजे खुसीको सिमा छैन्। नाति नातीनाहरू स्कूलवाट फर्किन्दा आमा बुबा र बाजेबजै खुसीले गदगद हुने अवसर पनि जुटेकाछन्।  
           भाइ बहिनीहरू पढ्नु पर्छ । देशको असल नागरिक,देशभक्त, राष्ट्भक्त र देशलाई माया गर्ने नागरिक  हुनुपर्छ। धन्यवाद ,
२०८२÷२÷०७

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *