मेरी आमाले भनिरहनु हुन्थ्यो ....
जेठ ६, २०८२, मङ्गलबार | विहान ०१:४९ बजे | 110
कुमार लघु,भक्तपुर
भाइबहिनीहरू शसभ विहानी,
हाम्रा बुबाआमा, दिदीबहिनी, काकीहरूलाई खेतको धन्दाले अब पिरोल्ने छैन । आज विऊ र धान रोप्नेवारेमा केही चर्चा गर्ने प्रयास गर्ने छु ।
बाबु खेत खन्नुपर्छ । अब धान रोप्ने वेला हो । जेष्ठ महिनामा खेत खन्ने पछि त धानको व्याडवाट वीऊ उखेलेर खेतको खलामा पानी भरिराखेर खेत खनेर बापास्या गर्ने, रोपाहा र विऊमा खेल्न लगाएर मानो छरेर राखेको धानको बिऊ हातले खल्लामा धान रोप्दा आहा ! क्या मज्जा आउँछ ।
भाइबहिनीहरू म वच्चा समयको याद आएको कुराहरू उल्लेख गर्ने छु । त्यो समयमा मेरो बाजे बाबुलाल लघुले कम्मरमा पटुका र मेरो बुबा मोहन बाहादुर लघुले र मैले लहरै तीन पुस्ताको वुढा र जवानहरू बसेर खेत खनेको याद आईरहेको र समय सन्दर्भ मिलेको थानेर यो बेला मोवाईलमा हातका औलाहरू यताउता दौडाउन थालेको छु । खेत खन्दै गर्दा बेला बेलामा हामी किसान बाबू खेत खन्नुपर्छ । खेत खन्दा गरमी हुन्छ । तातो घाममा वसेर खेत जेष्टमा खन्ने हो । अनि खेत बाजो रहन्दैन् खेत खन्न जानेन भने खेत बाजो रहन्छ । अन्न उत्पादन नहुनेहुन्छ त्यसैले वेलैमा खेत खनि राख्नुपर्छ भनेर भन्नू हुन्थो हो रहेछ अहिलेको सन्दर्भमा मेरा बाजे र बुबाले भनेको सत्य सावित भयो । हामीले एकदिन बिऊ व्याड राखेर मानो छरि सके तर आधा पाकेट राख्न वाकी छ। यो वर्ष मनसुन मौसम सुरू भयो ।मानिसहरूको गहुँ नै काट्न बाकी छन्।
उहिले माटो खन्न नि सजिलो थियो। किन कि खाना खाजा र पिउने कुरा सरसामानहरूको पूरा घरको खाजाले काम गर्न जागरण गराई राख्थो ।
त्यो वेला विहान अण्डा रोटी तरकारी घरैमा वन्दोवस्त हुन्थो । कतै पसल यताउता भौतारि रहन पाउँन्दैन् । ९ वजे जस्तो त खाजा खान आमा,फुपु र बहिनीहरूले खेत खन्नेको खल्लामा वाजे बुबा बाबू दाइ खाना ल्याईसके भनेको फिल्मीको दाइलक याद आए जस्तो कुराहरू मनमा खेलेकाछन् ।
ल भाइ बहिनीहरू खाजामा मकै रोटी काँक्रो र तरकारी पेटभरी काम गरेको सम्झेर खाईथ्यो खाई काममा सक्रिय हुन्थौँ । अब त मेरो पालोको जस्तै रमाई रमाई मेशिनले खनेको हेर्ने पालो भाइ बहिनीहरूको हो । अहिले पनि तिमी किसानको छोराछोरी सम्झेर खेतमा जाने गर्नुपर्छ, असारमा धान रोप्ने र पानीमा खेल्नलाई त तयार भएर विऊ ओसारे खेतमा धान रोप्ने नानी बाबुहरू र विध्यार्थीहरूको हेर्ने र सिक्ने पालो हो । असारमा पानी पर्ने समय हो । धान रोप्नलाई छाता रायनकोट पनि लिएर जानुपर्छ है । पानीमा लड्छ । किनकी चिप्लीन्छ । लुगा भिज्छ साथीभाईले पानी छ्याप्छ नाचगान र हिलोले छ्यापेर लुगा लाटो हिलो मैलो पारिदिने र आफ्नो हालत खराव वनाई साथी दुःख दिएर उसले मज्जा लिन्छ । बहुत त्यस्तो समयमा आफू पनि छट्टु वन्नुपर्छ है । आजकल मेशिनले खेत खन्छ । अब त मेरो पालोमा जस्तै कुटो र कोदालो समाटेर माटो खन्ने जमान गयो । कहि कतै ट्याकटर नजान्ने ठाउँमा मात्र कोदालोले माटो खन्ने काम हुन्छ । माटो खन्दा हातमा ठेला आएर अप्रेशन गर्न परेको र अस्पतालमा गई घाऊ सफा गर्नलाई सुई दिन्दा झन्दै ज्यान गएको थियो ।
आजलाई असारमा भन्दै नाच्दै गाउँदै मेला पातमा सरिक हुनुपर्छ । असारको खाजा खान तयार भएर वस्नुस् है भन्दै विदा हुन्छु । पढ्ने र लेख्ने कामको थालनीको विकास गरौ भनेर भन्न चहान्छु । धन्यवाद ,
२०८२÷२÷०६ ख्वप