स्वर्गीय धर्मराज अर्याल स्मृति अक्षयकोषद्वारा कोष घोषणा तथा अभिभावक भेला सम्पन्न


2025-05-19 14:57:46

News Image

भीमाद नगरपालिका वडा नम्बर ६ मा अवस्थित धर्म माध्यमिक विद्यालयमा स्वर्गीय धर्मराज अर्याल स्मृति कोषले २०८१ साल फाल्गुन १ गते स्वर्गीय धर्मराज अर्यालको सालिक स्थापना गरेको थियो। २०५० साल फाल्गुन १ गते धर्मराज अर्यालका जेष्ठ सुपुत्र स्वर्गीय डोलराज अर्यालको सक्रियतामा बुबाको नाममा विद्यालय रहने गर्ने गरी सो जमिन विद्यालय खोल्नको लागि प्रदान गर्नुभएको थियो। सो विद्यालय स्थापना गर्नका लागि प्रमुख भूमिका खेल्ने व्यक्तित्वहरूमा विष्णु वीर आले,यज्ञ नारायण सुवेदी, स्वर्गीय टंकनाथ पराजुली, रामभक्त खनाल, खिमकान्त पराजुली, पुष्पराज पराजुली, बामदेव अर्याल तथा स्थानीय व्यक्तित्वहरू रहनुभएको थियो | गाउँ र बेसीलाई जोड्ने संगम स्थलको रूपमा धर्म माविको आवश्यकता तथा डोलराज अर्याललाई आग्रह गर्दा एकै वचनमा जमिन उपलब्ध गराउनु भएको कथन विष्णुवीर आले बताउनुहुन्छ | सो विद्यालयको शिलान्यास तत्कालीन शिक्षामन्त्री गोविन्दराज जोशीले गर्नुभएको थियो। २०८२ जेष्ठ ३ गते शनिबार भिमाद नगरपालिका वडा नम्बर ६ मा अवस्थित धर्म माविमा धर्मराज अर्यालका सन्ततिहरूद्वारा अक्षय कोषको स्थापना गर्नुभएको छ। सो रकमको ब्याजबाट जेहनदार तथा लगनशील शिक्षकलाई प्रोत्साहन स्वरूप पुरस्कार वितरण गरिने अक्षय कोष सहजकर्ता सदस्य विश्वराज अर्यालले घोषणा गर्नुभएको थियो | भगवती अर्याल पाण्डेद्वारा सान्दर्भिक कविता वाचन गर्नुभएको थियो। जेठ ३ गते विद्यालय द्वारा आयोजित औपचारिक कार्यक्रमको आयोजना भएको थियो | सो कार्यक्रमका अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज भण्डारी ले गर्नुभएको थियो। प्रमुख अतिथि भीमाद नगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सन्दिप पौडेल रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, जग्गादाता सदस्य ध्रुवराज शर्मा अर्याल, उदयराज अर्याल हुनुहुन्थ्यो। अतिथिहरूमा विभिन्न टोल विकास समितिका पदाधिकारी तथा धर्मराज अर्याल स्मृति कोषका सदस्यहरू रहनुभएको थियो। सो कार्यक्रम शैक्षिक सत्र २०८१ साल मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि पुरस्कारले सम्मान गरिएको थियो। सो कार्यक्रममा पूर्व प्र. अ हरूको उपस्थिति थियो। सो कार्यक्रममा मन्तव्य राख्नेहरूमा नारायण कैलाश सिग्देल, वेदनिधि अर्याल, विश्वराज अर्याल, धर्मराज अर्यालका कनिष्ठ सुपुत्र ध्रुवराज शर्मा अर्याल, चन्द्रप्रकाश सुवेदी, शालिग्राम गहतराज, विद्यालय प्र अ मथुरा खनाल, भीमाद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम जोशी, प्रमुख अतिथि भिमाद नगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सन्दिप पौडेल हुनुहुन्थ्यो। मन्तव्यको क्रममा भीमद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम जोशीले २०८१ साल फागुन १ गते धर्मराज अर्यालको सालिक अनावरण गरियो |आज अर्याल परिवारले स्वर्गीय धर्मराज अर्याल स्मृति कोष द्वारा अक्षयकोष स्थापना गरी विद्यालयको शैक्षिक उन्नयनको लागि प्रयत्नरत रहेको कुरा व्यक्त गर्नुभयो। अर्याल परिवार भनेको शैक्षिक क्षेत्रमा लामो समयदेखि लाग्नुभएको परिवार तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा भीमदमा स्वर्गीय डोलराज अर्यालको अतुलनीय योगदान भएको समेत स्मरण गराउनुभयो। कार्यक्रम को अध्यक्षता गर्नुभएका व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज भण्डारीले स्वर्गीय धर्मराज अर्याल तथा उहाँका परिवारजनहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो। सो कार्यक्रममा चितवनदेखि सो विद्यालयमा धर्मराज अर्याल सन्तति ४४ जनाको सहभागिता रहेको थियो | धर्मराज अर्यालको सालिकमा पुष्प गुच्छा तथा माल्यार्पण कार्यक्रममा सहभागी सम्पूर्णले स्वर्गीय धर्मराज अर्यालको आत्माको चिर शान्तिको कामना गर्नुभएको थियो।विद्यालयको तर्फबाट जग्गादाता डोलराज अर्यालको धर्मपत्नी हरिमाया अर्याललाई प्रशंसापत्र सहित सम्मान गरेको थियो। अक्षय कोष को संरक्षक धर्मराज अर्यालका जेष्ठ नाती दयानिधि अर्याल संयोजक हुने गर्ने गरी अक्षय कोष स्थापना गरिएको छ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *