दुई भिन्दाभिन्दै पुरस्कारद्वारा उपन्यास घिमिरे सम्मानित


जेठ ४, २०८२, आइतबार | दिउँसो १२:४४ बजे | 0


दुई भिन्दाभिन्दै पुरस्कारद्वारा उपन्यास घिमिरे सम्मानित

श्री कमला माध्यमिक विद्यालय दुधौली २ सिन्धुलीमा आयोजित एक कार्यक्रमका बीच उपन्यासकार घिमिरे गजल प्रतियोगितामा प्रथम हुदै खडानन्द-पद्मकुमारी शिक्षा पुरस्कारबाट सम्मानित भएका छन्। उपन्यासकार केशव घिमिरे। विगतका एक दशकदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका छन्। उनले २०७९ सालमा प्रकाशन गरेको "रूपिका" उपन्यासले अहिले नेपाली साहित्यमा एउटा तरङ्ग पैदा गरेको छ। घिमिरेको उपन्यास नवसर्जक साहित्य चौतारी नेपाल हेटौंडाद्वारा आयोजित प्रादेशिक पुरस्कार २०८१ बाट सम्मानित भए लगत्तै उनको कृति अझ एक हाइटमा पुगेको महसुस गर्न सकिन्छ। घिमिरे सानैदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका हुन् काठमाडौँको विभिन्न साहित्य संघसंस्थाहरूले रुपिका उपन्यासमाथि परिचर्चा गरिसकेका छन्। जस्तै बनेपामा प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोक,मनोहरामा मनहरा साहित्य समाज र नागार्जुन वाङमय प्रतिष्ठानले वैशाखको आउँदो तेस्रो शनिबार रुपिका उपन्यासमाथि परिचर्चा साथै उदयमान प्रतिभा सम्मान २०८२ द्वारा सम्मान गर्ने जनाएको छ। नागार्जुन प्रतिष्ठानका अध्यक्ष दिल पौडेल भन्छन् "नयाँ प्रतिभालाई हामी खोजी खोजी स्थान दिनेछौँ।" अन्य काठमाडौँका साहित्यिक संघसंस्थाले रुपिका उपन्यास माथि परिचर्चा गर्ने जनाएका छ । उपन्यासकार घिमिरे भन्छन् "आफ्नै विद्यालयले यसरी सम्मान गर्दा खुसी लागेकोछ। बालकक्षादेखि पढेको विद्यालयले यसरी बोलाएर सम्मान गर्दा धेरै खुसी महसुस गरेको छु। मलाई लाग्या थिएन यो दिन पनि आउला भनेर म यस विद्यालयमा पढ्दै गर्दा । तर आज सम्झन्छु ती दिनहरूलाई जुन दिन मसँग कुनै सपना थिएन । यो सुवर्ण अवसरका लागि आदरणीय गुरु प्रधानाध्यापक श्री संजय तिवारी सर लगायत सम्पूर्ण गुरु, गुरुआमाहरु र सिङ्गो विद्यालय परिवारलाई धेरै धेरै धन्यवाद।" विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका र कार्यालयमा आबद्ध सम्पूर्ण कर्मचारीहरू अत्यन्तै खुशी देखिन्थे आफूले उत्पादन गरेको विद्यार्थीलाई आफ्नै विद्यालयमा सम्मान गर्न पाउँदा अत्यन्तै खुसी भएका थिए। यसै कार्यक्रममा अर्को एउटा विषय पनि जोडिएको थियो। जसमा प्राध्यापक डाक्टर कृष्ण हरि बराल द्वारा संरक्षित शिक्षा पुरस्कार "खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार २०८२" प्रदान गर्ने कार्यक्रम रहेको थियो। जसमा श्री कमला माध्यमिक विद्यालय भलुवाहिमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका छ वर्षदेखि प्रदान गरिँदै आएको छ। जसमा कक्षा १० मा सर्वोत्कृष्ट नम्बर ल्याई प्रथम हुनेलाई प्रदान गरिदै आएको छ। उपस्थित सम्पूर्ण अग्रज व्यक्तित्व अग्रज साहित्यकार राजनीतिक दलका सम्पूर्ण पदाधिकारीहरू उपस्थित रहेको कार्यक्रम १ बजेदेखि सञ्चालन गरी ५ बजे सम्पन्न गरिएको थियो।

Comments