मेरो बाजे भन्नुहुन्थ्यो ....
जेठ ४, २०८२, आइतबार | विहान ०३:१८ बजे | 60
कुमार लघु, भक्तपुर
नमस्कार भाइबहिनीहरू सबैलाई आरामको कामना छ ।
मेरो बाजेले भन्नुहुन्थो, घडीको सुई कहिले रोक्दैन । जुनसुकै काम समयमै सिध्याउनु पर्छ । हामी म तपाईले आआफ्नो काम भनेको समय मै सिध्याउन पर्छ । अनि गरौला पछि गरौला भोलि गरौलाको कुरा कहिले नगर्नुस् । आजको काम आज गर्दा मनलाई आनन्द हुन्छ । काम सकिन्छ । त्यसैले भनिन्छ “लगनपछिको पोतेको के काम“ । हो रहेछ ।
मेरो बाजेको साथ बसेर केही सिक्ने र जिवनलाई सहयोग पुगेको कति कुरामा सार्थक महसूस गरेको छु । अहिलेको महिना जेष्ठ हो सबैलाई बताउन पर्दैन् । जेष्ठ पछि असार आउँछ। जेष्ठमा असारमा धान रोप्नलाई व्याडमा विऊ धानको विऊ छरेर, मानो छर्ने वेला हो । विऊ वेलैमा राख्न पर्छ है । विऊ राख्ने समय हो । त्यस्तै विध्यार्थीहरूलाई पढ्ने अवसर यो जेष्टको आधा आधिमा मध्य परीक्षा हुन्छ यो बाकी जेष्टको समयमा धुलन्दर पढ्ने ,अभ्यास र सिक्ने समय हो ।
हेर भाइ बहिनीहरू आफ्नो कर्तव्य र दायित्व निर्वाह गरिरहनु पर्छ । समयको जति तपाईले प्रयोग गर्नु हुन्छ नि त्यो तपाईं म हामीले नै फाईदा लिने समय हो । बितेको समय कसैले फर्काई लिन सक्नु हुन्दैन् है ।
समय फर्केर नआउने भएकोले समय मै कुनै पनि कामहरू समय मै गर्नु हुन मेरो सबैलाई अनुरोध हो। मलाई लाग्छ अनुरोध सबै विध्यार्थी भाइ बहिनीहरू र अन्य तप्काका वर्गले पनि सहर्स स्विकार गर्ने आसा गर्दछु ।
विऊ राख्ने ढिला गर्नु हुन्दैन् । त्यस्तै पढ्न पनि पछि पार्नु हुन्दैन् परीक्षा नजिक आईसकेको छ । तपाईको स्कूलको क्यालेण्डर हेर्नुस् । ल भाइ बहिनी र किसान दाजु भाईहरू विऊ त राख्ने वेला हो । हुन त मौसम विदहरूको विचार र सूचना अनुसार अलि यो मनसुन चाँडो आएको अनुमान छ । मेरा हाम्रा किसान दाजु भाइ दिदी बहिनीहरूले गहुँ नै काट्न भ्याएको छैन् । मनसुन सुरू भएर दिनको दिन विहान दिउँसो र वेलुका पानी धमाधम पर्न थाल्यो है । जुनसुकै काम आँधीबेरी हुरी बतास र पानी सित सामना गरेर सम्पूर्ण काम समय मै सिध्याउन समयले हामीलाई घचघच्याउन थालेको छ । मैले पनि पेले भनेर मनले नलिनु होला । समयले पेलेको जानकारी गर्दछु । त्यसैले त समयको कुरा म तपाईं हामीले महसूस गर्नु परिरहेका छन् ।
गहुँ काट्नलाई घाम पनि आवश्यक छ । घामले दुःख र दुः ख दिईरहेकाछन् । सामना गर्ने आँट हामीमा ल्याउनु पर्छ। गहुँ काट्न तन मनले योजना वनाउनुस् । विध्यार्थीले योजना वनाउनुस् । आफू भविष्यको निम्ति कसरी सक्षम वनाउनु पर्छ आफ्नै हातमा छ। म त भविष्यमा सीप सिकेर आफूनो खुट्टामा आफै उभिन्छु भने अठोट पनि चाहिन्छ । मैले खालि सम्झाएको मात्र हुँ । तपाईहरू आफ्ना विषयमा लगनशील मेहनती हुनुहुन्छ ।
अन्तमा तपाईको समय तपाईं आफै सदुपयोग गर्नुस् । धन्यवाद ,
२०८२÷२÷४ , ख्वप