चीनमा भएको बक्सर मुभमेन्टबारे बुझनुपर्ने
जेठ ४, २०८२, आइतबार | विहान ०१:४४ बजे | 50
भक्तपुर, ३ जेठ । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा भारत र पाकिस्तान युद्ध र त्यसले पारेको प्रभावबारे प्रवचन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष तथा नगर खेलकुद समितिका पूर्व संयोजक उकेश कवाँको प्रमुख आतिथ्यतामा शनिवार बालाखुमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँले चीनमा भएको बक्सर मुभमेन्ट अथवा बक्सर आन्दोलन अध्ययन गर्नुपर्ने बताउँदै युवाहरुलाई अफिमको कुलतमा फसाई चीनलाई साम्राज्यवादी देशहरुले टुक्राटुक्रा गरी उपनिवेश गरेको विरुद्ध विना हतियार खेलाडीहरुले संघर्ष गरेको बताउनुभयो । उहाँले खेलाडीहरुले झन राजनीतिक कुरा बुझ्नुपर्ने बताउँदै खेलकुदबाट आफ्नो देशको झण्डा विदेशमा फहराउने भएकोले देश भक्ति हुने भएकोले सामान्य रुपमा हेर्न नहेरी राष्ट्रिय र अन्तर्राष्ट्रियबारे जानकार हुनुपर्ने बताउनुभयो ।
उहाँले जनतालाई शिक्षित पार्न नेमकिपाले प्रकासनमा बढी जोड दिएकोले अध्ययन गर्नुपर्ने बताउँदै कामदार जनताले दिनभर काममा व्यस्त हुनुपर्ने भएकोले राती अध्ययन गर्न निन्दालाई जित्न नसके भविष्य राम्रो नहुने भएकोले अध्ययनबाट नयाँ नयाँ कुराहरु थाहा पाउने बताउनुभयो । उहाँले प्रतियोगिता भन्दा पनि एकतालाई जोड दिनुपर्ने बताउँदै बक्सिङको अन्तरनगर गर्न खेलाडी तयार हुनेपर्ने बताउनुभयो । उहाँले सार्कमा भारत र पाकिस्तान भएकोले सार्क सम्मेलन हुन नसकेको बताउँदै १९४७ मा भारत स्वतन्त्रता आन्दोलनबाट स्वतन्त्र भएपछि पश्चिमा देशले पाकिस्तान टुक्रा गरेको बताउँदै पाकिस्तानलाई मुक्ति बाहिनीको नाममा पूर्व पाकिस्तानलाई बंगलादेशको नाममा टुक्रा गरेको बताउनुभयो ।
उहाँले बंगलादेश सुरुमा भारत नजिक थियो भने त्यसपछि अमेरिका र हाल चीनसंग नजिक भएको बताउनुभयो । उहाँले पाकिस्तानलाई चीन र टर्किको र भारतलाई रुस, अमेरिका र फ्रान्सले हतियार किन्ने गरेकोमा चीनको हतियारलाई जित्न नसकेपछि भारतले युद्ध विराम गरेको बताउनुभयो । उहाँले भारतको मोदी हिन्दुवादी भएकोले फासिवाद तर्फ उन्मुख भएको बताउँदै चुनावमा भोटको राजनीतिको लागि युद्ध गरेर देशभक्ति देखाउन पनि दुवै देशले एक अर्का प्रति आक्रमण गर्ने गरेको बताउनुभयो । उहाँले भर्खरै भएको युद्ध पनि भारतको नियोजित वेलगाममा आतंककारी हमला गरी पाकिस्तान विरुद्ध युद्ध छेर्ने च्याखा च्यापेको बताउँदै चिनिया हतियारले पाकिस्तानको सफलताले मात्र युद्ध विराम भएको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र संघले चीन, पाकिस्तान र भारत युद्ध भए विश्वले ठेग्न नसक्ने बताएको कुरा सुनाउँदै युद्धको हतियारमा लगानी गर्नुको सट्टा शिक्षा, स्वास्थ्य र रोजगारमा गरेको भए विश्वको मुहार फेर्ने बतउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले मौर्य शासन हिन्दुहरुको साम्राज्य अन्तर्गतको जम्मु कश्मिर १५८६ पछि मुगल अन्तर्गत डुरानी अफ्गानीले शासन गर्यो त्यसपछि पञ्जावका महाराजा रणजीत सिंहले जितेर शिख साम्राज्य स्थापना गरेको बताउनुभयो । उहाँले भारतमा आएको इष्ट ईण्डिया कम्पनिबाट छिरेका अंग्रेजहरुले गुलावसिंहको सहयोगमा शिख शासनमाथि विजय प्राप्त गरेपछि राजा घोषित गरेको थियोभने तिनैका छोरा हरिहर सिंह भारत स्वतन्त्रता पछि भारत र पाकिस्तानमा नगाभि स्वतन्त्र बनेको जम्मु काश्मिर माथि पाकिस्तानले हमला गरेपछि भारतसंग अभिगमन सम्झौता गरी सहयोग मागेपछि भारतमा गाभेको जम्मुकश्मिरमा सत्तरी प्रतिशत मुस्लिम नमानेपछि समस्या देखिएको बताउनुभयो । उहाँले काश्मिरमा भएको आतंककारी हमला ऐतिहासिक, राजनीतिक र धार्मिक जतिलतामा भारत र पाकिस्तानवीचको प्रमुख व्दन्द भएको बताउँदै भूराजनीतिक व्दन्द, मुस्लिम संगठनहरु, स्थानीयको असंतुष्टि र धार्मिक ध्रुविकरणले तीन भागमा बाँडिएको भारतीय प्रशासित जम्मुकश्मीर, पाकिस्तान प्रशासित काश्मीर, चीन नियन्त्रित अक्साई चीन भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले भक्तपुरको खेलकुद गतिविधि बृद्धि र विकासमा नगर खेलकुद समितिको जग भएको बताउँदै किसान परिवारबाट आएका खेलाडीहरुलाई बाहिर जिल्लाहरुमा जाँदा हेलाहोचोबाट बच्न अब्बल हुनुपर्ने भएकोले हरेर विषयमा जानकार हुन यस्तो प्रवचनहरु आवश्यक रहेको बताउनुभयो । उहाँले बक्सिङ संघ र खेलाडीहरुको एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी र रेफ्रिहरु तयार भई रहेको बताउनुभयो । भने सचिव साजन लघु र केदार तुईतुईले पनि बोल्नु भएको थियो ।
ृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृ