उद्योग व्यवसायीले भने, पुस्ता हस्तान्तरण गरौ भने छोराछोरी विदेश छन्..


जेठ ३, २०८२, शनिबार | दिउँसो ०२:१५ बजे | 40


उद्योग व्यवसायीले भने, पुस्ता हस्तान्तरण गरौ भने छोराछोरी विदेश छन्..

भक्तपुर । नयाँं पुस्तामा वढ्दो विदेश जाने ट्रेनप्रति उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालका उद्योग व्यवसायमा कामदार नै पाउन छोडेको भन्दै उनीहरुले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुर नेपालले उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जिल्लास्तरमा सरोकारवालाहरुसँंग शनिबार भक्तपुरमा गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आफनै उद्योगमा नेपाली कामदार नपाएर भारतीय कामदारबाट चलाउनुपरेको बाध्यता रहेको बताए । उद्योगीव्यवसायीसमेत रहेका स्वास्थ्यमन्त्री थापाले आफनो स्वामित्वमा प्रेस (छापाखाना)समेत रहेको र त्यहाँ काम गर्ने सवै कामदार भारतीय मुलका रहेको खुलाए । 
निर्माण क्षेत्रमा भक्तपुरमा धेरै ठाउँंमा धेरै उद्योग रहेका मन्त्री थापाले दैनिक दुई हजारदेखि दुई हजार पाँंच सयसम्म नेपाली युवा कामकै लागि विदेशिने तथ्यांक रहेको भन्दै यसलाई रोक्नुपर्ने आवश्यकता औंल्याए । सक्ने अमेरिका अष्टेलिया र नसक्ने खाडी मुलुकहरुतिर जाने वढ्दो प्रबृतिलाई रोक्न नसके नेपालका उद्योग धन्दाहरु कमदार अभाबमा ठूलो समस्या हुनेतर्फ उनले चिन्ता व्यक्त गरे । यसका लागि युवाहरुलाई सिपमुलक तालिम दिनुपर्ने खाँंचो उनले औंल्याए । 
आयोजक उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुर नेपालका कार्यालय प्रमुख रामप्रसाद कुस्माले भक्तपुरमा रहेका उद्योगहरु धमाधम बन्द हुने क्रममा रहेको सुनाए । उद्योगहरु नवीकरण नगरी बरु बन्द गराउने क्रम तीव्र रहेको भन्दै उनले जव अनुदान पाउने कुरा आउँंछ, त्यसपछि मात्रै उद्योगहरु नवीकरण वा नयाँं खोल्न आउने गरेको पाइएको अनुभब सुनाए । अनुदान लिनकै लागि मात्रै उद्योग दर्ता गर्ने वा नवीकरण गर्ने तर उद्योग सञ्चालन ृृृृृृृृृृृृृृृृृृृृृृृृृनगृृृृृृृृृृृृृृृृृृृृृृृर्ने गरेको उनको भनाई थियो । 
अन्तरक्रियामा सहभागी अन्य उद्योगी व्यवसायीहरुले आफूहरुले सिकेको सिप नयाँं पुस्तालाई सिकाउन चाहेको तर नयाँं पुस्ता नै विदेश गएपछि कसलाई कसरी सिप हस्तान्तरण गर्ने भनी प्रश्न गरे । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर चेम्वर अफ कमर्स, भक्तपुर इटा उद्योग व्यवसायी संघ, भक्तपुर जुजु धौ व्यवसायी संघ, घरेलु तथा साना उद्योग संघ कार्यालय भक्तपुर, हस्तकला महासंघ भक्तपुरलगायतका दुई दर्जन भन्दा वढी सरोकारवाला उद्योग व्यवसायसँंग सम्वन्धित संघसंस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए ।  
अन्तरक्रियामा जिल्ला प्रशाशन कार्यालय भक्तपुर, भक्तपुर उद्योग वाणिज्य संघ, राष्टिय उपभोक्ता मञ्च भक्तपुर, नेपाल पत्रकार महासंघ भक्तपुरलगायतका प्रनिनिधि अतिथिहरुले राजनीति सही ढंगले नचल्दा देशमै काम गर्ने युवाहरु निराश भएको र यही कारणले विदेश जाने प्रबृति युवाहरुमा वढ्दो रहेको बताएका थिए । 
 

Comments