"विस्मयकाे घेराबाट" लाेकार्पण
जेठ ३, २०८२, शनिबार | दिउँसो ०१:४८ बजे | 55
जेठ ३ गते
केाटेश्वरस्थित ग्रामर स्कूल/कलेजमा सिर्जना अभियान समाज भक्तपुरद्वारा प्रकाशित गजलकार विपिनचन्द्र बनेपालीकाे गजलकृति "विस्मयकाे घेराबाट" काे लाेकार्पण सम्पन्न भयाे। समाजका सचिव कथाकार/प्राज्ञ ध्रुव मधिकर्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वरिष्ठ साहित्यकार जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा जनमत साहित्यिक मासिकका प्रधान सम्पादक माेहन दुवाल , साहित्यकार इन्द्र कुमार श्रेष्ठ 'सरीत', प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य ईश्वर बुढाथोकी र ग्रामर स्कूल/कलेजका प्रमुख जय कुमार राईकाे आतिथ्यता रहेको थियो। कार्यक्रममा कवयित्री विन्दु अधिकारी ढकालले उक्त सँग्रहबाट दुईवटा गजल वाचन गर्नुभएको थियो। प्रकाश थापाकाे उद्घाेषणमा भएकाे साे कार्यक्रममा कवि/पत्रकार अभय श्रेष्ठ लगायत उपस्थित अतिथिहरुले आ-आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो।