डाइभिङ्ग संघ भक्तपुरको अध्यक्षमा बानियाँं निर्वाचित
जेठ ३, २०८२, शनिबार | दिउँसो ०१:०१ बजे | 55
भक्तपुर । डाइभिङ्ग स्कुल संघ भक्तपुरको अध्यक्षमा रामभाइ बानियाँं निर्वाचित भएका छन् । संघको शनिबार भक्तपुरमा भएको प्रथम साधारणसभाबाट बानियाँंको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षमा लालकाजी श्रेष्ठ, सचिवमा भैरबकुुमार श्रेष्ठ, कोषाध्यक्षमा भुवानीशंकर अधिकारी र सहसचिवमा नरेश दुवाल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सुनिल कपाली, भगवान बोगटी, जना सदस्य पछि मनोनित गर्ने व्यवस्था रहेको जनाइएको छ । साधारणसभाको उदघाटन भक्तपुरकै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गरेका थिए ।