स्रष्टा पदयात्रा टोली प्युठान प्रस्थान


जेठ २, २०८२, शुक्रबार | दिउँसो ०२:१७ बजे | 20


स्रष्टा पदयात्रा टोली प्युठान प्रस्थान

जयराम बिडारी

जेठ २, काठमाण्डौ

‘स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’’ भन्ने मूल नारा तय गरेको स्रष्टा पदयात्रा नेपालको ९४ औं श्रृङ्खलाका क्रममा डा.वालचन्द्र मिश्रको नेतृत्वमा सत्ताइस सदस्यीय टोली प्युठान प्रस्थान गरेको छ । उक्त टोलीले प्युठानका विभिन्न भागको अध्ययन भ्रमण गरी यात्रा संस्मरण पुस्तकाकारका रुपमा प्रकाशन गरिने समेत जनाएको छ । यस अघि देशका विभिन्न भागको पदयात्रा गरी चौकोटदेवी यात्रा संस्मरण प्रकाशित गरिसकेको टोलीको मण्डनदेउपुर यात्रा संस्मरण र खोटाङ यात्रा प्रकाशनको तयारीमा रहेको छ । लेखक साहित्यकार तथा पत्रकारहरुको टोलीले यसपटकको यात्राका क्रममा शीतल गिरी (प्राचीन शासक जाट बारे, खोलाघरे साहिलो (ओखरकोट मन्दिर र पूजाविधी, मन्दिरा मधुश्री (लोकगीत र लोकसंस्कृति), विमल अर्याल (प्यूठानका धार्मिक सास्कृतिक धरोहर), डा.बालचन्द्र मिश्र (प्युठानको राजनैतिक इतिहास), गंगाप्रसाद भेटवाल (प्यूठानको लोककथा अध्ययन), नानीबाबा अधिकारी (प्यूठानको प्राकृतिक शौन्दर्य र सामाजिक अवस्था), दुर्गा भविानी भट्ट (मूर्त अमूर्त सम्पदा), घनश्याम प्रसाई (स्वर्गद्वारि मन्दिर व्यवस्थापन), जयराम बिडारी (प्यूठानको जनजातीको अवस्था र पेशा), शारदा पराजुली (प्यूठानका नारीको सामाजिक र आर्थिक अवस्था), प्रतीक घिमिरे (सन्दर्भ इतिहासको यात्रा वर्तमानको) रुबि सत्याल (प्यूठानको कृषि उत्पादनको अवस्था र जनजीवन), परशुराम पराशर (ओखरकोटले प्यूठानको विकासमा पारेको प्रभाव), वासुदेव ठकुरी (लोकगित र लोकसंस्कृति), निशा केशी (जोगी थुमको ऐतिहासिक लोकमान्यता र प्राकृतिक शौन्दर्य), एन बी जनकपुरी (प्यूठानका लोक गित संगितकारको दृष्टिले अध्ययन), वासु पौडेल (संस्कृति र इतिहास), शान्ति सापकोटा (कवि शिरोमणीको तरुण तपसी नव्यकाव्य र अध्यात्म), डिल्लीराज अर्याल (प्यूठानमा पुगेपछि लेखनको विषय दिइनेछ), सुमन पुडासैनी (प्यूठानमा पुगेपछि लेखनको विषय दिइनेछ), ध्रुवराज थापा (पछि लेखनको विषय तोकिनेछ), नन्द कुमार सुब्बा (प्यूठान र इलामको प्राकृतिक र सांस्कृतिक अध्ययन), राजन पुडासैनी (प्यूठानमा पुगेपछि लेखनको विषय दिइनेछ) एञ्जल निलु (पछि लेखनको विषय तोकिनेछ), गिता रेग्मी तथा दिपक अर्याल पछि लेखनको विषय तोकिने गरी लेखन कार्य सम्पन् गरिने समेत जनाइएको

Comments