पेट्रोलियम पदार्थको मूल्य घटाए
जेठ १, २०८२, बिहीबार | दिउँसो ०३:०९ बजे | 30
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले बिहीबार (आज) मध्य रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ।