भक्तपुर जिालास्तरीय एकल नृत्य प्रतियोगिता सुरु
जेठ १, २०८२, बिहीबार | दिउँसो ०२:१४ बजे | 550
चाँगुनारायण । वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित भएका छन् । आजदेखि सुरु भएको भक्तपुर जिालास्तरीय एकल नृत्य प्रतियोगिताको उद्घाटनको अवसरमा कलाकार श्रेष्ठ सम्मानित भएका हुन । तप्पा डंफोस्थित चाँगुनारायण नगरपालिकाको हलमा आयोजित नृत्य प्रतियोगिता बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उदघाटन गरे । सोही अवसरमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई पनि उहाँ र चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मानित गर्नुभयो ।
नृत्य प्रतियोगिता अन्तर्गत आज चाँगुनारायण क्षेत्रका नृत्यांगनाहरुबीच प्रतियोगिता आयोजना भएको आयोजक राइजिङ स्तार डान्स सेन्टरले जनाएको छ । भोलि मध्यपुर थिमि नगरपालिकास्तरीय र पर्सि सूर्यविनायक नगरपालिकास्तरीय नृत्य प्रतियोगिता आयोजना हुने बताइएको छ ।