दुःख मेरो साथी
बैशाख ३०, २०८२, मङ्गलबार | विहान ११:४८ बजे | 50
यज्ञबहादुर कार्की
भक्तपुर गुण्डु ।
दुःख त छ, जिन्दगीमा
तर सुख भनी पिई दिएँ
देखाउँ त कसैलाई गिल्ला गरी उडाई दिन्छन्
त्यसैले चुपचाप पिई रहेँ ।
काशः भाग्य हुदैन भने पनि
भोगिन्छ दुःख जताततै
खै के मजा आँउदछ उनीहरुलाई, थाह छैन मलाई
त्यसैले पिरलो दिन्छन् सदा उनीहरु मलाई
त्यसैलाई मैले दुःख संम्झिदिएँ ।
संम्झिदिएर के बिराए ?
एक दिन मैले सोचे, यो दुःख भनेको के हो ?
भनी दिएनन् कानमा आएर कसैले, यस्तै हो दुःख भनेर
फेरि रनभुल्लमा परिरहेँ
हे भाग्यसंग खेल्ने खेलाडी !
को हौ तिमी नै बताउ मलाई ?
सुन्यो उसले मेरो पुकार
चिन्हायो उसले उ को हो भनेर
अहो ! म त दंगदाश भएँ
कति बिचित्रको खेलाडी रहेछ उ
फेरि उ त मेरो परिचित साथी पो रहेछ
व्यर्थै डराएछु, नचिनेर मेरो साथीलाई
किनकि त्यसैको भित्री तहमा
त सुख लुकीरहेकोरहेछ ।
देखेँ दुवैलाई मसंग आखँ मिचौली
खेल खेलीरहेका पो रहेछन ।
अब म सुखबाट डराएँ, दुःखबाट हैन
अब मेरो प्रिय साथी दुःखनै भइदियो ।
किनकि उसले मलाई म भित्रको तहमा पुरयायो
गिल्ला गर्नेहरु अचम्म माने, दुःख लुकाउन सक्यो भनेर
के गरुँ त म उसलाई म भित्रै नलुकाएर ?
अपमान गर्नेहरु रन्थनिए बताएन भनेर
साथी तिमीले सुनायौ आफ्नो जन्म कथा
मलाई आफ्नो ठानेर
म धन्यवाद नभनी कहाँ सक्दछु र रहन
यति कृत्यघन छैन म ।
म भद्रगोलमा परिन अब
ज्ञानतन्तुहरु के गर्दा रहेछन, बुझायौ मलाई तिमीले
देखेँ सुखी भनाउँदाहरुको बास्तविकता ।
मैले पहिचान दिलाउन खोजिन उनीहरुलाई कुनै
तिमी फन्केर हिड्यौ भने पनि
म रुने छैन
मलाई माफ गर मेरो प्यारा साथी
तिम्रो सहमति नलिई म कहाँ बताउला र तिम्रो परिचय अरुलाई
के यति सोच्नु मेरो भुल हो ?
तिमी नै भन तिमी को हौ ? ती सुखी भनाउँदाहरुलाई
सुखमा पनि रोइरहनेहरुलाई
मो नं ९८६९१९२४३३