भक्तिसुधा सार्वजनिक


बैशाख ३०, २०८२, मङ्गलबार | विहान ०३:२० बजे | 55


भक्तिसुधा सार्वजनिक

सन्त भक्तिदिलद्वारा लिखित तथा सम्पादित ‘भक्तिसुधा’ लाई सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा सन्त ज्ञानदिलदासको जन्मजयन्तीको अवसर पारी वैशाख २९ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वामी कल्याणमित्र, कृतिकार सन्त भक्तिदिल र अतिथि साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले ‘भक्तिसुधा’ लाई सार्वजनिक गर्नुभएको हो । पुस्तकमाथि समीक्षक डा. इन्दुल केसीले टिप्पणी गर्नुभएको थियो । ‘भक्तिसुधा’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २ सय ५० औँ पुस्तक हो ।

Comments