साेनाम गेयर्स प्रालि सञ्चालनमा


बैशाख २९, २०८२, सोमबार | विहान ०९:०५ बजे | 90


साेनाम गेयर्स प्रालि सञ्चालनमा

स्वदेशी बस्तुकाेप्रयाेग गराै, नेपाली उद्याेगलाई प्राेत्साहन गराै भन्ने नारा बाेक्दै सानाेम ब्राण्डका सामानहरू एकैस्थानबाट प्राप्त गर्ने सकाेस् भन्ने हेतुले भक्तपुरको मध्यपुर थिमिस्थित राद्ये राद्ये नजिकै प्रजापति कम्प्लेक्समा साेनाम गेयर्स प्रालि सञ्चालनमा ल्याएकाे छ ।  आईएसओ प्रमाणपत्र प्राप्त साेनाम ब्राण्डले स्वदेशी गुणस्तरीय सामानकाे उत्पादन गर्दै वजारमा आफ्ना उत्पादनका सामानहरू ल्याएकाे छ । प्रालिले बैशाख २९ गतेदेखि सञ्चालनमा ल्याएकाे उक्त पसलमा हाल समयसापेक्ष गुणस्तरीय  लुगा, ज्याकेट, ट्रेकिङ जुत्ता, ब्याग, पञ्जालगायतका सामानहरू राखिएकाे छ । पसलकाे उद्घाटन गर्नुहुँदै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रतिष्पर्धात्मक अहिलेकाे समयमा गुणस्तरिय तथा ब्राण्डेट सामानहरूकाे बजारीकरण समयमा साेनाम ब्राण्ड पनि एक भएकाे भन्दै ब्राण्डेट सामान खरिद गर्नेहरूकाे लागि याे पसल पनि काेशेढुङ्गा सावित हुने समेत बिश्वास लिएकाे बताउनुभयाे । बिदेशीबस्तुहरूसंग प्रतिस्पर्धा गर्दै अाईरहेकाे साेनाम ब्राण्डका उत्पादनले बजारमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल भएकाे भन्दै साेनाम गेयर्स प्रालि थिमिका प्रमुख राजेन्द्रबिक्रम प्रजापतिले हाल साेनाम कम्पनीले मुलुकभरी विभिन्न २८ वटा स्थानहरूमा ५ सय जनालाई प्रत्यक्ष राेजगारी दिएकाे जनाएकाे छ ।

Comments

ताजा खबर