आर्मी र लुम्बिनी खो खोको फाइनमा 


2025-05-10 16:26:17

News Image

तुलसीपुर, वैशाख २७ गते । दुईदिनदेखि जारी प्रथम राष्टिय खुल्ला पुरुष खो खो प्रतियोगितामा आर्मी र लुम्बिनी खो खोको फाइनमा प्रवेश गरेका छन् । 
यहाँस्थित अरनिको रंगशालामा भइरहेको प्रतियोगितामा आर्मीले कर्णालीलाई ७ काविरुद्ध २८ अंकले  पराजित गरेर फाइनलको यात्रा तय गरेको हो ।
आज शनिबार भएको अर्काे खेलमा सूदरपश्चिमलाई लुम्बिनीले ६ का विरुद्ध १९ अकंले पराजित थियो । ।आइतबार विहान हुने खेलमा फाइनसहित तेश्रो समूहको विजेताको लागि दुईवटा खेल हुनेछन् ।
पहिलो हुनेले ५० हजार, दोश्रो हुनेले ३० हजार र तेश्रो हुनेले १० हजार रुपियाँ नगदसहित कप र मेडल पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट हुने एक खेलाडी, बेष्ट रनर , बेष्ट चेसर र इर्मजिगं खेलाडीलाई कप र मेडलको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जन, केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण वैद्य, केन्द्रीय सदस्य उषा कंवरमगर भण्डारी र भारतबाट प्रशिक्षक तथा रेफ्रिहरुको उपस्थिति रहेको दाङ्ग खो खो संघको अध्यक्ष वालकृष्ण शाहले जानकारी दिनुभयो ।
यस्तै, प्रतियोगिता सम्पन्न भएपछि नेपाल, भारतका राष्टिय टोली र आयोजक लुम्बिनी प्रदेशबीच मैत्रीपूर्ण खेल हुनेछन् । हालै प्रथम विश्वकप खो खो प्रतियोगिताको दुबै समूहमा नेपाल दोश्रो हुन सफल रहेको थियो ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *