जगातीका कुमार ग्वाछाको सम्झनामा चेस प्रतियोगिता हुने
बैशाख २७, २०८२, शनिबार | विहान ०७:२९ बजे | 25
भक्तपुर, बैशाख २७
आगामी जेष्ठ ९ र १० गते भक्तपुरमा कुमार ग्वाछा मेमोरियल ओपन फिडे रापिड रेटिङ विलो २००० चेस प्रतियोगिता गर्नेे भएको छ । भक्तपुर युवा टिम गोल्मढीको आयोजना र भक्तपुर चेस संघको प्राविधिक सहयोगमा हुने सो प्रतियोगिताका उत्कृष्ट खोलाडीहरुलाई नगद पुरस्कारसहित ट्रफिको व्यवस्था गरेको आयोजक समितिका सदस्य सुरेश कवांले जनाए ।
प्रतियोगितामा उत्कृष्ठलाई नगद रु. २५ हजार, दोस्रो हुनेलाई रु.१५ हजार, तेस्रोलाई १० हजार तथा चौथौलाई ७ र पाँचौलाई ६ हजार एवं ६ देखि १० औं स्थान हासिल गर्न सफल हुनेलाई नगद रु. ५।५ हजार नगद पुरस्कार दिने छन् । नगद रु १ लाख २० हजारसम्म नगद पुरस्कार सहित हुने सो प्रतियोगितामा सहभागि हुने चाहेन खेलाडीहरुको नाम दर्ता १६ वर्ष मुनिका महिलाकालागि रु. ५ सय र अरु खेलाडीहरुलाई रु. १ हजार शुल्क लाग्ने पनि आयोजक समितिले जनाएको छ । स्वीच लिगको आधारम खेलाइने प्रतियोगिता जेष्ठ ९ गते विहान १० बजेदेखि गोल्मढी भक्तपुरमा आयोजना हुने जनाइएको छ ।