सुदूरपश्चिम र कर्णाली खो खोको सेमिफाइनमा
तुलसीपुर, वैशाख २७ गते । दुईदिनदेखि जारी प्रथम राष्टिय खुल्ला पुरुष खो खो प्रतियोगितामा सुदूरपश्चिम र कर्णाली प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् ।
यहाँस्थित अरनिको रंगशालामा भइरहेको प्रतियोगितामा समूह ख मा रहेको कोशी प्रदेशलाई दुबै समूहले पराजित गरेका थिए ।
आज विहान शनिबार भएको खेलमा कर्णाली प्रदेशले १८ अंकविरुद्ध २१ अकंले पराजित गर्दै कोशीलाई घर पठाएको छ । यसअघि सूदरपश्चिमले कर्णालीलाई ९ का विरुद्ध १४ अकंले पराजित थियो ।
समूह कको समूहमा रहेको वागमति प्रदेशले गण्डकी प्रदेशलाई १५ अंकविरुद्ध २२ अंकले पराजित गरेको छ । विभागीय टोली आर्मी क्लबले १५ अकंविरुद्ध १६ अंकले लुम्बिनी प्रदेशलाई हराएको हो ।
तीनदिनसम्म हुने प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोश्रो हुनेले ३० हजार र तेश्रो हुनेले १० हजार रुपियाँ नगदसहित कप र मेडल पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट हुने एक खेलाडी, बेष्ट रनर , बेष्ट चेसर र इर्मजिगं खेलाडीलाई कप र मेडलको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जन, केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण वैद्य, केन्द्रीय सदस्य उषा कुँवर र भारतबाट प्रशिक्षक तथा रेफ्रिहरुको उपस्थिति रहेको दाङ्ग खो खो संघको अध्यक्ष वालकृष्ण शाहले जानकारी दिनुभयो ।
यस्तै, प्रतियोगिता सम्पन्न भएपछि नेपाल, भारतका राष्टिय टोली र आयोजक लुम्बिनी प्रदेशबीच मैत्रीपूर्ण खेल हुनेछन् । हालै प्रथम विश्वकप खो खो प्रतियोगिताको दुबै समूहमा नेपाल दोश्रो हुन सफल रहेको थियो ।