प्रथम दाङ्ग खुल्ला खो खो प्रतियोगिता शुरु
बैशाख २६, २०८२, शुक्रबार | दिउँसो ०१:३३ बजे | 15
तुलसीपुर, वैशाख २६ गते । प्रथम दाङ्ग खुल्ला खो खो प्रतियोगिता शुरु भएको छ । अरनिको रंगशालामा भएको पहिलो उद्घाटन खेलमा लुम्बिनी प्रदेशले ३ अंक विरुद्ध १९ अंकले गण्डकी प्रदेशलाई पराजित गरेको छ । यस्तै, दोश्रो खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ११ अंकविरुद्ध २५ अंकले पराजित गरेको छ । आयोजकका अनुसार विभागीय टोली आर्मी क्लबसहित ७ वटा प्रदेशका टोली सहभागी रहेका छन् । सहभागीले तीनदिनसम्म प्रतियोगिता प्रतिष्पर्धा गर्नेछन् । पहिलो हुनेले ५० हजार, दोश्रो हुनेले ३० हजार र तश्रो हुनेले १० हजार रुपियाँ नगदसहित कप र मेडल पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट हुने एक खेलाडी, बेष्ट रनर र बेष्ट चेसरलाई पनि कप र मेडलको व्यवस्था गरिएको छ । यसअघि, प्रतियोगिता उद्घाटन गर्नुहुँदै नेपाल खेलकुद परिषद, लुम्बिनी प्रदेशका सदस्य सचिव तिरनदाज गौतमले देश विकासको लागि खेलकुदको विकास अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जन, केन्द्रीय सदस्य उषा कुँवरको उपस्थिति रहेको दाङ्ग खो खो संघको अध्यक्ष वालकृष्ण शाहले जानकारी दिनुभयो । यस्तै, प्रतियोगिता सम्पन्न भएपछि नेपाल र भारतका राष्टिय टोलीले मैत्रीपूर्ण खेल खेल्नेछ । हालै प्रथम विश्वकप खो खो प्रतियोगिताको दुबै समूहमा नेपाल दोश्रो हुन सफल रहेको थियो । ्र