अनुशासन


बैशाख २५, २०८२, बिहीबार | विहान ०७:४२ बजे | 150


अनुशासन

कुमार लघु,भक्तपुर

समाज सदैव अनुशासनमा रहेको हुनेछ । समाज विकास हुनलाई समाजका सदस्यले नीति नियम र अनुशासन पालना गरे मात्र समाज अहिलेको विकास थाहा लाग्छ । स साना बालवालिकाहरूदेखी नै समाजको आचरणलाई अभिभावकले ध्यान दिन लगाउनलाई स्कूलमा राख्ने हो । स्कूल संञ्चालकहरू पनि त्यस्तै विशेष अनुशासनमा वसेर र कुन परिवारवाट आएको हाे ? राम्रा समाजका सदस्यले तलदेखी माथीसम्म नै गहण अध्ययन गरेर राखनु पर्छ । पहिले त विध्यार्थी राख्नलाई नै प्रिन्सिपल कुन लेवलवाट आएको हो ? त्यसले कहाँवाट सेकेण्डरी ,कहाँवाट कलेज कहाँवाट डिग्री गरेको उसका बानी व्यहोरा उसका खलक पारिवारिक रहनसहन दैनिक कार्य स्तर, खानपान , दैनिक लवाई खवाई आदी इत्यादी हेरेर पनि अभिभावकले आफ्ना भविष्यका हेर चाहकलाई समाजमा योग्य नागरिक बनोस् भने भित्री मनसायले वालवालिकाहरू आजकल स्कूलमा भर्ना गर्छन् । आमा बुबाको इच्छा आकाँक्षा त्यो स्कूलावाट निस्केको विध्यार्थी राम्रा छन् भन्ने समाजको टिका टिप्पनी गरेको सुनेको र थाहा पाएको मानसिकताले अभिभावकले आफ्ना सन्तानहरूलाई स्कूल भर्ना गर्छन् । प्रिन्सिपलले पनि स्टाफहरू लिनलाई यस्तै गतिविधी मार्फतवाट झेलेर आएको शिक्षक लिने गर्नुपर्छ । शिक्षकहरू समाजमा वर्णन योग्य खालको लिनु पर्छ । समाजमा प्रतिष्ठा कमाई अध्ययन स्तर भएको बाल मनोविज्ञान बुझेको सिकाई तरिका शिक्षण कला भएकाे राख्ने मिठो बाेली विध्यार्थीलाई भविष्यमा के कस्तो भए अभिभावकले स्कूल र शिक्षकहरूवाट आकर्षण लेला भन्ने हिसावले प्रिन्सिपलले हेर्नुपर्छ । स्कूलदेखी नै बाल वालिकाहरू अनुशासित भएमा देश र देशका नागरिकहरू असल हुन्छ। देश हाक्नेहरू भनेका असल नागरिकहरू हुन् । अहिलेको मन्त्री , प्रधानमन्त्रीहरू र राज्य संचालकहरू जस्तै भए त देशको बेहाल हुन्छ । अहिले हेर्नुस् कस्ता विध्यालयमा पढेर आएका र उसका शिक्षकहरू कस्ता गएगुज्रीएको स्कूलमा पढेर निवार्वाचनमा कस्ता जनताले जितेर आएका भने बेज्जत्ती कमाएको हुने नहोस् भन्ने मनसायले वाल वालिकाहरूलाई स्कूलमा राख्ने छन् । आम्दानी र गरिवको कुरा छाेडे जति सुकै दु:ख कष्ट खान परे पनि अलि सभ्य समाजमा आफ्ना वाल वालिकाले देश जनता र परिवारलाई माया ममता गर्ने घुस नखाने नेपाली जनतालाई माया गर्ने र भ्रष्टाचार नगर्ने देशभक्ती भावना भएको समूहलाई हेर्ने देश संवृद्ध र सुयोग्य नागरिक नेपालीलाई बुझेर हेर्ने व्यक्तित्वको चाहान आमा बुबा र अभिभावकको मन रहेको हुन्छ। स्कूलले नागरिक भावना दिन सक्नु पर्छ । देशको निम्ति हामी लाग्ने हो । व्यक्ति एक जनाले देशमा धेरै असर परेको छ। देशलाई नेतृत्व गर्नेहरूकाे मन फराकिलाे हुनु पर्छ। परिवारवाद कहिले वनाउनु हुन्दैन् । समाजलाई कसरी उन्नत्तिको शिखरमा पु-र्याउने हो । त्यस्तो सोचको मानिस र जनशक्ति उत्पादन गर्ने स्कूलमा अभिभावकले वाल वालिकाहरू भर्ना गर्छन् । यो लेख हेरेर दिमाग परिवर्तन गर्नोस् । स्कूलको व्वस्थापन, संञ्चालकहरू, शिक्षकहरू शिक्षिकाहरू,गेट पाले , आयाहरू , स्कूलकाे रंग,अफिस आधुनिक जमानाको वनाउनुस् । विध्यार्थीलाई पुस्तकालयको अध्ययन गर्ने ताैर तरिका खेलकूद ,कम्प्युटर ,सबैको वन्दाेवस्त गरेर स्कुलमा आकर्षण दिनुस् । मेरो वच्चा आज स्कूल गएरआएर यो सिके त्यो सिकेर आए भन्ने भावना अभिभावकले राखोस् । आमा बुबाले सन्तानले मेरो गुरु गुरूआमाले सिकाउनु भएको भन्ने छाप शिक्षकले दिन सक्नु पर्छ। वचणचाहरूलाई कथा निबन्ध गित,नाटक साँस्कृति झलकिने नृत्य सपकाउनु बाजा र पूर्खाले हखेल्दै आएको खेलको पनि महत्व दर्शाउनुस् । ठिकै छ मनलाई हत्ताेसाहित नवनाउनुि् यो वर्ष नसके आर्को वर्ष योजना यो वर्ष राख्नोस् । यस्ता ठाउँको रोजाई आजकल अभिभावकले चाहाना राखेको हुन्छ । हरेक हप्तामा स्कूलहरूले आफ्ना शिक्षकहरूमा भएको कमी कमजाेरीलाई हटाउन्दै जानू अनिवार्य छ । शिक्षकले म यो स्कुल विध्यार्थीलाई आफू जस्तै ुयोग्य वनाउछु भन्ने अठाेट शिक्षक शिक्षिकाहरूमा चाहिन्छ पाउनुपर्छ । म त स्कूल संञ्चालकहरूमा विचारहरू परिवर्तन होस् भन्ने मनाेकााँक्षाले यो लेख अगाडि सारेको हुँ। कसैकोमा असर नपरोस् । यो वर्ष त भरणना गरिसकेर पनि पढाइ चालू भैसकेको अवस्था छ। स्कअंलमा हप्ता हप्तामा विध्यार्थीहरूलाई काउनसेलिङ्ग कक्षा राख्ने गर्नुपर्छ । यति भन्दै विदा हुन्छु । २०८२/१/२५ गते

Comments