दाङमा प्रथम राष्ट्रिय खुल्ला पुरुष खो खो प्रतियोगिता हुने
बैशाख २४, २०८२, बुधबार | साँझ ०४:५२ बजे | 260
दाङ बैशाख २४
दाङ जिल्ला खो खो संघको आयोजनामा पहिलो पटक नेपाल खो खो संघको स्वीकृतिमा प्रथम राष्ट्रिय खुल्ला पुरुष खो खो प्रतियोगिता ( २०८२ यहि बैशाख २६ गते देखि २८ गतेसम्म हुने भएको छ । दाङ, तुल्सीपुरस्थित अरनिको खेल मैदानमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न नेपाल खो खो अध्यक्ष प्रदिप महर्जन सहितको प्राविधिक टोलीले निरिक्षण भ्रमण गरी आवश्यक सुझावहरु दिएको थियो ।
उक्त प्रतियोगिता लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रवद्र्धनमा तुल्सीपुर उपमहानगरपालिको आर्थिक सहयोगमा हुन लागेको कुरा अध्यक्ष एवं दाङ जिल्ला खो खो संघका अध्यक्ष बाल कृष्ण शाहकाले बताउनु भयो । आयोजक समितिकाअनुसार सो प्रतियोगिताको लागि तुल्सीपुर स्थित अरनिको खेल मैदानमा सम्पूर्ण तयारी पुरा भई सकेको बताउनु भयो । सो प्रतिायेगितामा नेपालको सातै प्रदेशका सात पुरुष टिम र नेपाली सेनाका एक विभागीय टिम सहित ८ पुरुष खो खो टिमको सहभागिता रहने बताउनु भएको छ । सो प्रतियोगितामा ९६ पुरुष खेलाडीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने छन् भने ८ जना प्रशिक्षक १५ जना निर्णायकहरुको प्रत्यक्ष समलग्नता रहनेछ । आयोजकका अनुसार तीन दिन सम्म हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमले रु. ५० हजार, दाश्रो हुनेले रु. २५ हजार र तेश्रो हुने टिमले दश हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गर्ने छन् भने बेष्ट रनर र बेष्ट चेजरलाई पनि उचित पुरस्कार प्रदान गरिने छ । सो प्रतियोगिताको उद्घाटन २६ गते विहान ९ बजे अरनिको खेल मैदान तुल्सीपुरमा हुने भएको छ । आयोजकका अनुसार सोही अवसरमा भारतको खो खो टिम सँग नेपालको मैत्रीपूर्ण एक दिवशीय खेल पनि हुने बताइएको छ ।