प्राडा पोखेरलको पुस्तकमाथि छलफल
बैशाख २४, २०८२, बुधबार | विहान १०:०६ बजे | 65
कीर्तिपुर । प्राडा राजकुमार पोखरेलद्धारा लिखित फरक दृष्टिकोणमा प्रजापरिषद् र टंकप्रसाद नामक पुस्तकमाथि बुधबार राजधानीमा छलफल भएको छ । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र त्रिवि पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा त्रिवि पत्रकारिता विभाग कीर्तिपुरमा कार्यक्रम भएको हो । कार्यक्रममा पुस्तकका लेखक प्राडा पोखरेलले आफूले लेखेको पुस्तकमा समावेश विषयवस्तुहरुबारे चर्चा गरेका थिए ।