आफ्ना पूर्खालाई माया गराैँ


बैशाख २४, २०८२, बुधबार | विहान ०४:४३ बजे | 75


आफ्ना पूर्खालाई माया गराैँ

कुमार लघु,भक्तपुर

यो माैसम अलि ताताे छ . चिसोले सत्ताउने वेला हो। चारैतिर असिना पानी परेर हाे । विहान र साँझ चिसै छ । ताताे भयो भनेर लुगामा कमी पनि ल्याउन नहुने देखियो । रूघाले सत्ताउने भयो । सानालाई माया ठूल्लालाई सम्मान दिऊ । आफूले आफैलाई सम्हाल्न पर्ने देखियाे । कसैको भरमा छैन् जीवन त आफ्नै नियन्त्रणमा राख्न पर्ने रहेछ । छोरा वुहारी नाति नातिनाले देखभाल गर्लान भनेर छोड्ने कुरा छैन रहेछ । हामीले सोच त्यसरी वनाउने तर त्यसको ठिक विपरित्त तवरले अहिलेका पुस्ताले हेर्ने र गुणन गर्ने भैरहेछ । नेपाली समाजमा युरोपियन सिष्टम आएको युगले चाल पाएको देखियाे । त्यही आफै मात्र खाआै आफै मात्र लाऊको विचार छि-र्यो । नेपाली समाजमा सन्तानहरूले वुढावुढीको वैषमा हेर्लान भनेको त कहाँ हो र स्वार्थी समाज भैसक्यो । प्यारा भाई बहिनीहरू यो जसले जसले लेख हेर्नु हुन्छ नि समाजमा छोराछोरीहरूले जुन भूमिका निभाउनु पर्ने हो सभ्य तवर निभाउन भने तवरले यो लेख लेखेको हुँ । आमा वुवालाई स्याहार र सम्भार गर्ने सोचको विकास हाेस् भन्ने चाहानले भावना वनाउनु पर्छ । आमा बुबाको मात्र घर खेत सम्पत्ति लिऊ भने भावना गलत हो । आमा वुवालाई म पालन पोषण म गर्छु भन्ने हुनु पर्छ । आफूले माया गर्ने माया माया लिने गर्नुपर्छ । आमा बुबासित लिनलाई आफूले के दियाै सोचाै हो ? आमा बुबालाई म वाँच्नुजेल स्याहार र सम्भार गर्ने इच्छा हुनुपर्छ । आमा बुबाको सम्पत्ति आफ्नै हुन्छ के ? तिम्रो मनमा के विचार पलाएको हो ? आमा बुबा पछि पश्चाताप गरेर के गर्ने भएकाे वेला मिलेर माया ममता दिएर लिएर वस्ने हो । तिमीमा के विचार छल यो पढेर विचार कमेन्टमा पोख्नुस् । आमा बुबाको माया छोराछोरी माथी छोराछोरीकाे माया ढुङ्गामाथी झै देखेको पहिले भन्थो । आज कता कता बुबा आमाको व्यवहारले हो कि कसो समाजमा त्यस्ता कुविचारहरू पलाएको गाईगुई सुन्नमा आयाे । त्यस्ता विचार पलाएकाे हो भन्ने त्यागनुस् । कसरी परिवारलाई सुख दिएर जीवन विताउन मिल्छ सोच वदल्नुस् । आफैलाई सकारात्मक सोचमा वदलेर स्वतन्त्र पूर्बक जिऊ । सबैले सबैलाई माया दिऊ लिऊ । नमस्कार । २०८२/१//२४गते ,

Comments